×

NIC ASIA

धनगढी- सुदूरपश्चिम प्रदेशमा डेढ लाख भन्दा बढी स्वास्थ्य बीमामा आबद्ध भएका छन् । २०७२ साल चैत २५ गते कैलालीबाटै शुरू भएको स्वास्थ्य बीमा कार्यक्रम सुदूरपश्चिमको ५ जिल्लामा लागू गरिएको छ । जहाँ १ लाख ६७ हजार १ सय १६ जना बिमित रहेका छन् ।

स्वास्थ्य बीमा बोर्ड सुदूरपश्चिम प्रदेश कार्यालयले सोमबार धनगढीमा पत्रकार सम्मेलगन गरी सो कुरा जनाएको हो । बोर्डका अनुसार कैलालीमा मात्रै १ लाख २ हजार ५ सय २२ जना बिमित रहेका छन् । कैलाली, बैतडी, अछाम, बाजुरा र बझाङमा कार्यक्रम जारी रहेकोमा दार्चुला र कञ्चनपुर जिल्लामा पनि बीमाको सदस्यता दर्ता शुभारम्भ भएको जनाइएको छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

स्वास्थ्य बीमा हालसम्म मुलुकको ४२ जिल्लामा लागू गरिएको छ । जसमा १५ लाख ७१ हजार ४ सय ८८ जना बिमित छन् । तर जुन रुपमा बीमाप्रति आकर्षण बढ्नुपर्ने हो, त्यो अनुसार आकर्षण बढ्न नसकेको बताइएको छ ।


Advertisment
Rupse Holidays
Nabil box

स्वास्थ्य बीमा बोर्डको सूचीकृत सरकारी सेवा प्रदायक संस्थाहरुमा बिरामीको चाप अनुसार संघीय तथा प्रदेश सरकारले जनशक्तिको व्यवस्थापन गर्न नसक्नु, बोर्डसँगको सम्झौता अनुसार बीमा कार्यक्रममा मेसिन, एक्स–रे, अटो–एनालाइजर, तथा इसिजी मेसिनहरुबाट तालिम प्राप्त जनशक्तिको उचित व्यवस्थापन, फार्मेसी सञ्चालन र व्यवस्थापन नै बोर्डको प्रमुख समस्या र चुनौती रहेको बोर्डका कैलाली जिल्ला प्रबन्धक नरेश चौधरीले बताए ।

Vianet communication

यी समस्या र चुनौतीको समाधान गरिए बीमाप्रति थप आकर्षण बढाउन सकिने उनले विश्वास व्यक्त गरे । यसैबीच सुदूरपश्चिम प्रदेशका सामाजिक विकास मन्त्री कृष्णराज सुवेदीले बीमाप्रति आकर्षण बढाउन देखिएका चुनौतीलाई समाधान गरिने बताए ।

स्वास्थ्य बीमाका प्रक्रिया

स्वास्थ्य बीमा गराउँदा ५ जना सदस्य बराबर १ परिवारको वार्षिक बीमा शुल्क ३ हजार ५ सय गरिएको छ भने, बिमितले वर्षभरी १ लाख रुपैयाँ बराबरको स्वास्थ्य सेवा प्राप्त गर्नेछन् । यसअघि, ५ जना सदस्य बराबर वार्षिक २ हजार ५ सय रुपैयाँ बीमा शुल्क तिर्नुपर्ने र वर्षमा ५० हजार रुपैयाँ बराबरको स्वास्थ्योपचार सेवा पाउने व्यवस्था थियो ।

अब ५ जनाभन्दा बढी सदस्य भएका परिवारले थपिएका प्रति व्यक्तिबापत थप ७ सय रुपैयाँ बीमा शुल्क तिर्नुपर्ने व्यवस्था गरिएको छ । ५ जना भन्दा बढी सदस्य भएका परिवारले प्रतिव्यक्ति २० हजारका दरले वर्षमा अधिकतम २ लाख रुपैयाँको स्वास्थ्य सेवा प्राप्त गर्न सकिने व्यवस्था गरिएको छ ।

त्यस्तै, अपाङ्गता भएका विपन्न व्यक्ति, असहायका लागि निःशुल्क स्वास्थ्य बीमा गरिने जनाइएको छ । ७० वर्षभन्दामाथिका ज्येष्ठ नागरिकले पनि १ लाख रुपैयाँ बराबरको स्वास्थ्योपचार सेवा प्राप्त गर्न सक्ने बार्डले जनाएको छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २५, २०८०

कानेगुजीलाई बेवास्ता नगर्नुस् । यसले एमआरआई र एक्सरे नगरिकनै तपाईंको स्वास्थ्य समस्याका बारेमा बताइदिन्छ । १  तपाईंको कानेगुजीले गर्दा कान असाध्यै चिलाउँछ र तपाईं कान कन्याइरहनुहुन्छ भने तपाईंमा संक्रमण ...

कात्तिक १६, २०८०

काठमाडौं –छिट्टै उर्जा प्रदान गर्ने फलको रुपमा चिनिने केराले तपाईलाई स्वस्थ्य मात्रै राख्दैन, केही जटिल प्रकारका रोगबाट पनि बचाउँछ ।  पूर्ण रुपमा पाकेको केराले तपाईको शरीरलाई धेरै प्रकारका र...

पुस २८, २०८०

काठमाडौंको चन्द्रागिरिस्थित सेतो पहरामा शनिवार दिउँसो कार दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ । काठमाडौंबाट चित्लाङका लागि छुटेको प्रदेश - ३ - ०१ - ०२३ च ६९८५ नम्बरको कार दुर्घट...

मंसिर १७, २०८०

मुख शरीरको महत्वपूर्ण अंग हो । खान, बोल्न र हाँस्नमा मुखको विशेष भूमिका हुन्छ । त्यसैले मुखको सरसफाइमा कुनै लापरबाही गर्नुहुँदैन । मुखको सफाइ नगर्दा गन्ध आउने मात्रै होइन, दाँत र गिजामा विभिन्न रोग निम्तिन पनि...

कात्तिक २२, २०८०

 मुखबाट –याल निस्कनु राम्रो कुरा हो किनकि –यालले नै मुखलाई गिलो राख्छ । तर कतिपय मानिसको सामान्यभन्दा बढी नै –याल आउँछ । उठेको बेलामा भन्दा सुतेका बेलामा मुखभित्र धेर –याल ...

मंसिर १४, २०८०

काठमाडौं- खान–पिनमा शौकीन व्यक्तिलाई कुनै विशेष खाद्य पदार्थको लाभ तथा हानीबारे जानकारी हुँदैन । उनीहरुलाई त्यो कुराले फरक पनि पर्दैन । किनकी त्यस्ता व्यक्तिलाई जुन खानेकुराको स्वाद मनपर्यो, त्यसलाई नखाइ ...

प्रकृतिको नियम

प्रकृतिको नियम

जेठ १९, २०८१

प्रकृतिको नियम के भने जति माथि पुग्यो उति झुक्नुपर्ने, गएको ठाउँ हेर्नैपर्ने, गएको ठाउँमा फर्कनै पर्ने । ठूलाठूला बोइङ्गहरू आकाशमा उड्छन्, बादलपारीको मुलुकमा पुग्छन्, समुद्रपारीको मुलुकसम्म पुग्छन् तर, पनि उनीहरू त्...

कर्मचारीले भन्ने 'माथि' कहाँ हो ? को हो ?

कर्मचारीले भन्ने 'माथि' कहाँ हो ? को हो ?

जेठ १८, २०८१

राणा शासनकालको प्रशासनिक व्यवस्थामा 'माथि' भन्नाले प्रधानमन्त्रीलाई बुझाउँदथ्यो । राजाको शासनकालमा दरबार वा राजालाई माथि भनिन्थ्यो । कर्मचारीले इमान्दारिता छाडेमा वा अनैतिक काम गरेमा कुरा माथि पुग्दथ्यो ...

मधेशमा चीनको उपस्थिति र सुरक्षा संवेदनशीलताका नाममा नेपालीले भोग्नुपर्ने सम्भावित सास्ती

मधेशमा चीनको उपस्थिति र सुरक्षा संवेदनशीलताका नाममा नेपालीले भोग्नुपर्ने सम्भावित सास्ती

जेठ १६, २०८१

जेठ ६ गते नेपाल–चीनमैत्री मञ्चद्वारा आयोजित एक कार्यक्रममा नेपालका लागि चिनियाँ राजदूत छन सोङले नेपाल एक चीन नीतिमा प्रतिबद्ध रहेको बताउनुका साथै नेपालले कुनै पनि तत्त्वलाई चीनविरुद्धको गतिविधिमा लाग्न ...

x