घाँटी रेटेर साढे दुई वर्षीय बालकको हत्या

अजय अनुरागी
अजय अनुरागी

अजय अनुरागी लोकान्तरका लागि प्रदेश नम्बर दुई प्रतिनिधि हुन् । 

जनकपुरधाम- धनुषाको मिथिला नागरपालिकामा मंगलवार एक बालकको हत्या गरिएको छ ।

मिथिला नागरपालिकाको ढल्केवरमा साढे दुई वर्षका बालक आर्यन शाहको घाँटी रेटेर हत्या गरिएको हो ।


Advertisement

इलाका प्रहरी कार्यालय ढल्केवरका प्रहरी निरीक्षक सरोज रायका अनुसार हिजोदेखि हराइरहेका बालक आर्यनको शव आज बेबारिसे अवस्थामा घाँटी काटेर फालिएको अवस्थामा बरामद गरिएको हो ।

आर्यनका बुवा शम्भु शाहले हिजोदेखि नै बालक हराइरहेको उजुरी गरेका थिए । रायका अनुसार प्रहरीले घटनाको अनुसन्धान गरिरहेको छ ।

कमेन्ट गर्नुहोस्