साउन २४, २०७९
झापा उद्योग वाणिज्य संघले शान्ति सुरक्षा माग गर्दै भद्रपुर नगरपालिकामा ज्ञापनपत्र बुझाएको छ । नगर क्षेत्रमा चोरीको घटना बढेको भन्दै शान्ति सुरक्षाको माग गर्दै संघले मंगलवार नगरपालिकामा ज्ञापनपत्र बुझाएको हो ।&n...
काठमान्डौ- जिल्लाका अधिकांश स्थानीय तहमा लामो समयदेखि कानुनी सल्लाहकार नहुँदा त्यहाँका न्यायिक समिति अलमलमा पर्ने गरेका छन् ।
नौ वटा स्थानीय तह रहेको डोटीमा अहिलेसम्म पनि कुनै स्थानीय तहले कानुनी सल्लाहकार राख्न सकेका छैनन् । यति मात्र नभई यहाँका स्थानीय तहमा गठन गरिएका न्यायिक समितिले इजलाससमेत बनाउन सकेका छैनन् ।
नगर तथा गाउँपालिकाको न्यायिक समितिमा अन्यायमा परेका व्यक्तिले उजूरी दिने गरे पनि बहसका लागि इजलास बन्न नसक्दा नागरिक मारमा परेको दिपायल सिलगढी नगरपालिका –४ राजपुरका नेकपाका नेता यज्ञराज जोशीले बताए । उनले भने, 'न्यायिक समितिमा न्याय माग्न उजूरी पर्छ तर इजलास नहुँदा खुला चौरमा बसेर मुद्दा फैसला गर्नुपर्ने अवस्था आएको छ ।'
समितिमा उजूरी आउन थालेपछि स्थानीय तहका नगर तथा गाउँपालिकाले आआफ्नै कानूनी सल्लाहकार नराख्दा न्याय सम्पादनमा सकस हुने गरेको बोगटान फुड्सिल गाउँपालिकाका अध्यक्ष कमलबहादुर गडसिलाले बताए । उनले भने, 'न्यायिक समितिमा उजूरी आउँछन तर हामीसँग कानुनी सल्लाहकार नहुँदा कतिपय मुद्दाको टुङ्गो लगाउन मुश्किल पर्ने गरेको छ ।'
त्यस्तै यहाँको प्रदेश सरकारले न्यायिक समितिका संयोजक र सदस्यलाई न्याय सम्पादनका बारेमा तालीम र प्रशिक्षण नदिँदा न्याय सम्पादन गर्नमा झन् समस्या आएको जोरायल गाउँपालिका, न्यायिक समितिका संयोजक तथा उपाध्यक्ष जमुना बोहराले बताए ।
उनले भने, 'न्यायिक समितिका पदाधिकारीलाई न्याय सम्पादनका विषयमा तालीमै दिइएको छैन, कसरी न्याय सम्पादन गर्नू हामीले ?' समितिमा आएका उजूरी सम्पादन गर्नेबारेमा अनभिज्ञ हुँदा सास्ती हुने गरेको समितिका संयोजकहरुको भनाइ छ ।
नगरपालिका र गाउँपालिकाले कानूनी सल्लाहकार कार्यविधि बनाएर नियुक्त नगरेका कारण न्याय सम्पादन गर्न असहज हुँदै आएको कानुन व्यवसायी शङ्करदीप मडैले बताए । उनले भने, 'स्थानीय तहले प्रेस सल्लाहकार राख्नु हुने तर कानूनी सल्लाहकार राख्नमा बाधा के ?'
समितिलाई न्याय सम्पादनमा सहयोग पुर्याउने गरी कानूनी सल्लाहकार राख्नुपर्ने भए पनि हालसम्म सो व्यवस्था हुन नसकेका कारण समस्या हुँदै आएको जोरायल गाउँपालिकाका अध्यक्ष दुर्गादत्त ओझाले बताए । 'न्याय सम्पादन गर्न कानूनी सल्लाहकार नभएका कारण समस्या हुँदै आएको छ', उनले भने, “हाम्रो गाउँपालिका कानूनी सल्लाहकार कार्यविधि बनाएर सल्लाहकार नियुक्त गर्ने तयारीमा रहेको छ ।”
झापा उद्योग वाणिज्य संघले शान्ति सुरक्षा माग गर्दै भद्रपुर नगरपालिकामा ज्ञापनपत्र बुझाएको छ । नगर क्षेत्रमा चोरीको घटना बढेको भन्दै शान्ति सुरक्षाको माग गर्दै संघले मंगलवार नगरपालिकामा ज्ञापनपत्र बुझाएको हो ।&n...
राजस्व छलीको समानसहित १ जना पक्राउ परेका छन् । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट १ हजार ९०६ थान छालाको पेटी र ५ हजार २९४ थान पर्ससहित सप्तरी राजविराज नगरपालिका&...
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कालिकोटका उपभोक्ता समितिका अध्यक्षसहित ३ जनाविरुद्ध गैरकानूनी लाभ तथा हानी पु¥याई भ्रष्टाचार गरेको भन्दै विशेष अदालतमा मंगलवार मुद्दा दर्ता गरेको छ । साविक जिल्ला विका...
रूपन्देहीको लुम्बिनी सांस्कृतिक नगरपालिकाका प्रमुख र प्रमुख प्रशासकीय अधिकृतले कर्मचारी नियुक्तिमा मनपरी गरेका छन् । उनीहरूले आफन्तलाई कर्मचारीका रूपमा नियुक्ति दिएका हुन् । नगर प्रमुख सजरुद्धिन मुसलमानले न...
कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुने अधिकांश खोप नलगाएका रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीका अनुसार हालसम्म मृत्यु भएकामध्ये ७५ प्रतिशतले कोरोना भ...
७४ लाख रुपैयाँ हुण्डीको पैसासहित ३ जना पक्राउ परेका छन् । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले हिजो (सोमवार) काठमाडौंको अनामनगरबाट ७४ लाख नगद अवैध हुण्डीको पैसा र २६ लाख ३२ हजार रुपैयाँको ९ वटा चेक...
नेपालको आर्थिक विकासमा सार्वजनिक, निजी र सहकारी ३ खम्बे नीतिलाई अवलम्बन गरिएको छ । संविधानमा समाजवादको परिकल्पनासहित सार्वजनिक, निजी र सहकारी क्षेत्रको प्रवर्द्धन गरी तीब्र दीगो आर्थिक विकासको मार्गनिर्देशन भएको ...
थुक्क कुकुर्नी भनेर कडा स्वभावका आमाहरूले आफ्ना छोरीलाई गाली गर्दा 'त्यसो नभन्नु न यार' भनेर मैले धेरैपटक खिन्नता प्रकट गरेको छु । तर, मलाई पनि आमाले यदाकदा कुकुर भनेर सम्बोधन गर्नुभएको छ । धन्न पण्डित ...
राजनीति एउटा त्यस्तो विशेष नीति, दर्शन वा मार्गचित्र हो जसका माध्यमबाट नागरिक जीवनलाई सुखद्, सहज र प्रतिष्ठापूर्ण बनाउन सकिन्छ । यो कठोर साधना पनि हो । राजनीतिले सार्वजनिक जीवनलाई सदैव उच्च महत्त्व दिन्छ र आफ्नो घो...