×

NMB BANK
NIC ASIA

राजपाको किल्लामा समाजवादीको नजर, थारु रिझाउँदै उपेन्द्र र बाबुराम

जेठ २३, २०७६

NTC
Premier Steels

धनगढी – आवधिक आमनिर्वाचन आउन पूरै साढे ३ वर्ष बाँकी छ तर राजनीतिक दलका शीर्ष नेताहरूको सुदूरपश्चिममा निर्वाचनझै देखिने दौडधुप शुरू भइसकेको छ ।

Muktinath Bank

चाहे नेपाली कांग्रेसकी नेतृ डा. आरजु देउवा हुन्, चाहे विवेकशील साझा पार्टीका रविन्द्र मिश्र ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

तत्कालीन नयाँ शक्ति पार्टी नेपालका संयोजक डा. बाबुराम भट्टराई तथा उनकी पत्नी हिसिला यमीको सुदूरपश्चिम बसाई पनि कम छैन । उपप्रधान एवं स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरमसँग एकीकरण गरी समाजवादी पार्टी नेपाल गठन गरेका भट्टराई आजभोलि झनै कस्सिएका छन् ।


Advertisment
Nabil box
Kumari

लोकतन्त्रमा लोकमत मापन गर्ने वैधानिक प्रक्रिया निर्वाचन हो । जसले राजनीतिक दलको लोकप्रियताको क्रम निर्धारण गर्छ । २०७४ सालको आमनिर्वाचनमा मुलुकको अन्य क्षेत्रझै सुदूरपश्चिम प्रदेशमा पनि नेकपाले कब्जा गर्‍यो । दोसो र तेस्रो क्रममा नेपाली कांग्रेस र राष्ट्रिय जनता पार्टीले चित्त बुझाए ।

Vianet communication

निर्वाचनमा आफ्नो किल्ला सुरक्षित गर्न नसकेको डा. बाबुराम भट्टराई नेतृत्वको तत्कालीन नयाँ शक्ति र उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरम अहिलेदेखि नै लिगलिग दौडमा धावकले घुुँडामा तेलले मसाज गरेझै कस्सिएका छन् ।

नसेलाएको थरुहट मुद्दा

सुदूरपश्चिमको राजधानी रहेको जिल्ला कैलाली र कञ्चनपुर थारु बाहुल क्षेत्र हो । हरेक निर्वाचनमा राजनीतिक दलको वक्रदृष्टि थारु समुदायमाथि नै रहन्छ । तत्कालीन नेकपा माओवादीले सञ्चालन गरेको १० वर्षे जनयुद्धताका ठूलो संख्यामा थारु समुदायका व्यक्तिले सहादत प्राप्त गर्नुले पनि पुष्ट्याइँ गर्छ । अन्ततः थारुवान मुद्दा उचालेको तत्कालीन माओवादीको भोट माग्ने कचौरा नै थारुवान स्वायत्त प्रदेश थियो । उही थारुवान तथा थरुहट भावनाकै जगमा गएको २०६४ सालको आमनिर्वाचनमा पनि माओवादीले आफ्नो साख सुुरक्षित गर्‍यो ।

२०७२ ताका यस क्षेत्रमा भएको २ परस्पर विरोधी अखण्ड सुदूरपश्चिम र थरुहट/थारुवान आन्दोलन उत्कर्षमा पुग्यो । थरुहट आन्दोलनकारी र प्रहरीबीच दोहोरो झडप हुँदा भदौं ७ गते १ नाबालकसहित ८ जना प्रहरीको ज्यान जाने गरी टीकापुर घटना घट्यो । त्यसको भोलिपल्ट कर्फ्यू जारी गरेकै अवस्थामा करीब ८० जनाको हाराहारीमा थारु समुदायका व्यक्तिका घर, पसल, एफएममा छानीछानी आगजनी भयो ।

असोज २ गते नयाँ संविधान जारी भयो । मुलुकमा मौजुदा सुदूरपश्चिमाञ्चल विकास क्षेत्रको सुदूरपश्चिम प्रदेश सहितको ७ वटा प्रादेशिक संरचना लागू भयो । यहाँसम्मको राजनीतिक परिवर्तनले अलग्गै पहिचान सहितको प्रादेशिक संरचनाको लागि लडाइँ लड्दै आएकाको लागि त्योभन्दा विडम्बना के होला ? टीकापुुर घटनापछि राज्यको दमन थारु केन्द्रीत भयो । थारु नेताहरूसहित २७ जना गिरफ्तारीमा परे । जसले क्रमशः थारु आन्दोलनमा शिथिलता आयो ।

हाल त्यही थरुहट मुद्दा र शिथिलतामा थारु आन्दोलन गाँजिएको हो । त्यसैमा राजनीतिक खेल भइरहेका छन् । थरुहट भावनाकै कारण २०७४ सालको निर्वाचनमा राष्ट्रिय जनता पार्टीले केही स्थानमा बाजी मार्‍यो ।

यद्यपि त्यही भावनालाई आधार बनाई अगाडि बढेका उपेन्द्र यादवको संघीय समाजवादी फोरम र डा. बाबुराम भट्टराईको नयाँ शक्तिले हावा खायो । हाल एकीकरण भइसकेपछि भट्टराई र यादवले त्यही थरुहट क्षेत्र राजपाको किल्लामा आफ्नो झण्डा गाड्ने दौड थालेका छन् ।

टीकापुरमा ‘अराजक भाषण’ गरेयता जेठ २१ गते दोस्रो पटक मात्रै कैलाली छिरेका नेता यादवले टीकापुरलाई खुुब सम्झे । कैलाली–कञ्चनपुर जिल्लास्थित थारु अगुुवासँग छुट्टै भेटघाटको क्रममा नेता यादवले भने, ‘थरुहट आन्दोलनमा मेरो पनि संलग्नता छ । टीकापुर घटनाभन्दा केही दिन पहिले आउँदा राजमार्गको बाटोमा अवरोध हुँदा जंगलको बाटो भएर भागेका थियौं । यो मुद्दासँगको हाम्रो सरोकार हिजो पनि थियो । आज पनि छ । भोलि पनि रहिरहने छ ।’

१० जोड १ को प्रादेशिक संरचनामा मत संकलन र थारु अगुवाको मनसुवा बुझ्न पुगेका यादवले खुलेरै भने, ‘हाम्रो अडान १० प्लस १ मा नै छ । वैज्ञानिक छ । धेरै समस्याको हल यसैबाट हुन्छ । फेरि पनि तराई मधेशमा यसैको लागि आन्दोलन हुने मैले सम्भावना देखेको छु । तपाई एकजुट हुनुस् ।’

उसैपनि आफ्नो प्रधानमन्त्री कालमा टीकापुरस्थित मुक्तकमैया बस्तीका पूर्वकमैया बाबुराम चौधरीको घरमा बास बसेका डा. भट्टराईले यादवको भनाईको होस्टेमा हैसै मिलाए ।

मिल्ने, न मिले निल्ने

राष्ट्रिय जनता पार्टीभित्रै किचलो छ । जसको असर कैलालीमा बेलाबखत प्रदर्शन हुँदै आएको छ । २ जना मात्रै प्रदेश सांसद रहेकाबीच पनि कुरो नमिल्दा हालसम्म संसदीय दलको नेताको टुंगो लागेको छैन । जसको कमजोरीको फाइदा उठाउन हालको समाजवादी पार्टी कस्सिएको छ । 

तराई केन्द्रीत दल धुव्रीकरणको लहर पनि नचलेको होइन । समाजवादीको शक्ति सञ्चयले हाल राष्ट्रिय जनता पार्टी बिच्किएको छ । जसको असर कैलाली कञ्चनपुरमा पोखियो । फलतः अध्यक्षद्वय यादव र डा. भट्टराई नेतृत्वको समाजवादी पार्टीले राजपासँग मिले मिल्ने, नमिले निल्ने रणनीतिमा लागेको स्रोतको दावी छ ।

तराई मधेश केन्द्रीत दलको धुव्रीकरणले आउँदो निर्वाचनमा हालको सत्तापक्ष नेकपा र प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसलाई भारी हुने निश्चित छ । जसको ज्वलन्त उदाहरण रेशमलाल चौधरीको सर्वाधिक बहुमतको जीत पनि हो ।

hAMROPATRO BELOW NEWS
TATA Below
माघ १८, २०८०

चरम आर्थिक संकटबाट गुज्रिएको श्रीलंकाले सन् २०२२ को अन्त्यतिर औषधि किन्ने क्षमता पनि गुमाएको थियो । ५० अर्ब डलरभन्दा बढीको विदेशी ऋण 'डिफल्ट' भएको थियो भने लाखौंले रोजगारी गुमाएका थिए । दशौं लाख मान्छे...

मंसिर २६, २०८०

दुई–दुईपटक मिर्गौला फेरेको शरीर । मध्यजाडो नजिकिँदै गरेका मंसिरका चिसा दिन । त्यसमाथि वृद्धावस्था । यस्तो बेला ७० नाघेकाहरूको अधिकांश समय ओछ्यानमै बित्छ । नभए पनि घरको चार दिबारभित्र आराम गरेर अनि तात...

मंसिर १०, २०८०

सरकारमा सहभागी मन्त्रीको कार्यक्षमतालाई लिएर प्रश्न उठेपछि अहिले सरकारमा रहेका मन्त्रीलाई फिर्ता बोलाएर मन्त्रिमण्डल पुनर्गठन गर्न सत्तारुढ दलहरूभित्र दबाब बढ्न थालेको छ । अपवादबाहेक सरकारमा सहभागी मन्त्रीले जनअपे...

पुस १८, २०८०

देशका विभिन्न शहरमा गरिब–मजदूरहरूले छाक काटेर सहकारीमा जम्मा गरेको पैसा बदनियतपूर्ण ढंगले हिनामिना गरेर टेलिभिजनमा लगानी गरेको विषयले बजार तातिरहेको छ, जसमा जोडिएका छन् रास्वपा सभापति रवि लामिछाने...

बैशाख ११, २०८१

फागुन २१ मा नाटकीय ढंगले सत्ता समीकरण बदलिएको दुई महिना पनि नबित्दै नयाँ समीकरणका लागि कसरत भइरहेको संकेत देखिएको छ । नेपाली राजनीति तथा सत्ताका खेलाडीसँग निकट विश्वसनीय स्रोतले भित्रभित्रै अर्को नयाँ स...

चैत १, २०८०

सर्वोच्च अदालतको परमादेशले प्रधानमन्त्रीबाट पदमुक्त भएपछि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली बालुवाटारबाट रित्तो हात फर्केका थिए, २०७८ असार ३० गते । संसद् विघटनको अवगाल छँदै थियो, लामो समय सँगै राजनीति गर...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x