प्रसूति गृहमा सुत्केरीको मृत्यु भएपछि तनाव, बच्चा गायब पारिएको आरोप [भिडियोसहित]

अनुपम भट्टराई
अनुपम भट्टराई

भट्टराई लोकान्तर डटकमका मल्टिमिडिया संवाददाता हुन् ।

काठमाडौं- सुत्केरीको मृत्यु भएपछि राजधानीको थापाथलीस्थित प्रसूति गृह तनाव ग्रस्त बनेको छ ।

नुवाकोट घर भई काठमाडौंको लैनचौर बस्दै आएकी कल्पना तामाङको मृत्यु भएपछि आफन्तहरूको प्रदर्शनका कारण अस्पताल परिसरको स्थिति तनावग्रस्त बनेको हो ।


Advertisement

अस्पतालले आमाको मृत्यु भएको भनेर शव देखाएपनि बच्चा लुकाएको आरोप आफन्तको छ । पहिला बच्चा जीवित रहेको भनेर डाक्टरले भनेपनि पछि बच्चाको पनि मृत्यु भयो भनेपछि स्थिति तनावग्रस्त बनेको हो ।


Advertisement

मृतकका आफन्तहरूले डीएनए परीक्षण गरेर घटनाको सत्यतथ्य सार्वजनिक गर्न माग गरेका छन् । अप्रेशन अगाडि केही नभएको बिरामीलाई अप्रेशनपछि ज्यान गएको र बच्चा बेपत्ता पारिएको भन्दै उनीहरू आक्रोशित बनेका छन् । अहिले अस्पताल हातामा प्रहरीले सुरक्षा दिइरहेको छ । 

फोटो/भिडियो : सुरेन्द्र श्रेष्ठ

अनुपम भट्टराई
अनुपम भट्टराई

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्