×

NMB BANK
NIC ASIA

व्यवस्थापनमा बेवास्ता

खुम्चिएर भद्रगोल बन्यो जिसस कार्यालय, गुणस्तर जाँच्ने उपकरण प्रयोगविहीन

साउन ९, २०७६

NTC
Premier Steels

धनगढी – २ वर्षअघिसम्म कैलालीको सबैभन्दा व्यस्त विकासे अड्डाको रुपमा परिचित थियो, जिल्ला विकास समिति कैलाली । 

Muktinath Bank

नयाँ संरचनासँगै जिल्ला विकास समितिलाई जिल्ला समन्वय समिति (जिसस) मा रुपान्तरण गरिएपछि सो कार्यालयमा एकाएक सन्नाटा छायो । यहाँसम्म कि अचेल सो अड्डा अस्तव्यस्त बनेको छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

जिल्ला समन्वय समिति कार्यालय भवनसँगै जोडिएको भवनमा हाल सुदूरपश्चिम प्रदेशसभा सचिवालय र सभा हललाई स्तरोन्नति गरी प्रदेशसभा बनाइएको छ । जहाँ दिनहुँ मन्त्री, सांसदलगायत नेताको दौडधुप हुन्छ । रंगरोगन, पानी फोहरा सहितको बगैचा उत्तिकै आकर्षक बनाइएको छ त्यहाँ ।


Advertisment
Nabil box
Kumari

तर आफ्नै परिसरमा खुम्चिएको जिल्ला समन्वय समितिको भने हरिबिजोग छ । स्तरोन्नति हुन नपाएको जीर्ण संरचना । अस्तव्यस्त कार्यालय । यताउता छरपस्ट फिजाइएका पुराना कागजातका पोका, फोटोकपी मेसिन, प्रिन्टर, सोफा, दराज, टेबल लगायत सामग्रीले कुरुप बनाएको छ कार्यालयलाई ।

Vianet communication

तर जिससभित्र नियाल्दै जाँदा अलि पृथक दृश्य पनि देखिन्छन् । जिससका सभापति सहितका पदाधिकारी बस्ने अर्को भवनलाई भने नयाँ शैलीमा सजावट गर्ने प्रयास गरिएको छ । जिसस सभापति सूर्यबहादुर थापाले आफ्नो कार्यकक्षमा नयाँ मेसिनरी सामग्री मात्रै प्रयोग गर्दै आएका छन् ।

‘पुराना सामग्री रहेकाले प्रयोग गर्न नसकिने । लिलाम गरे कस्ले लिने ?’ जिसस सभापति थापाले प्रतिप्रश्न गरे । सरकारी कार्यालय रहेकाले भाडामा दिन पनि अप्ठ्यारो रहेको उनको भनाई छ ।

जिसस कर्मचारी भने आफ्नै पीडा सुनाउँछन् । नाम उल्लेख नगर्ने शर्तमा एक जना कर्मचारीले भने, ‘मेरो त अब धेरै समय छैन । केही महिनामा नै अवकाश हुने भएकाले यहाँ आएको हुँ । काम पनि छैन ।’

भएका कर्मचारी आफ्नो कार्यकक्षमा बस्दैनन् । मर्मत सम्भारको काम चलिरहेको भन्दै ग्यालरीमै बात मार्छन् । हाजिर लगाउँछन् र घर फर्केर आफ्नो दिनचर्या सकाउँछन् ।

१३ जना कर्मचारीको दरबन्दी रहेको जिल्ला समन्वय समितिमा हाल कार्यालय सहयोगीसहित १० जना कार्यरत रहेको जिल्ला समन्वय अधिकारी वीरबहादुर शाहीले बताए ।

‘संविधानतः जिल्ला समन्वय समितिलाई अनुगमन र समन्वयकारी निकाय भनेर तोकेको छ,’ शाहीले भने, ‘तर के गर्ने अन्योल उत्तिकै छ ।’ कार्यालममा सबैभन्दा बढी आवश्यक पर्ने इन्जिनियर, सबइन्जिनियर र अधिकृत नभएकाले काममा समस्या भएको जिसस अधिकारी शाहीले जिकिर गरे ।

जिससका सेवाग्राही जिल्लाका १३ स्थानीय तहमा बाँडिएको बताउँदै उनले संसद विकास कोषमार्फत हुने विकास निर्माण योजनामा समन्वय गरिरहेको उल्लेख गरे ।

प्रयोगविहीन प्रयोगशाला कबाडमा परिणत

जिल्ला समन्वय समितिको स्वामित्वमा रहेको विकास निर्माणको गुणस्तर जाँच्न अतिआवश्यक प्रयोगशाला जीर्ण भई कबाडमा परिणत हुँदै गएको छ । करोडौं बजेटमा स्थापना गरिएको प्रयोगशाला लामो समयदेखि प्रयोगमा नआएपछि जीर्ण हुँदै गएको हो ।

‘साविकको जिल्ला विकास समिति हुँदादेखि नै प्रयोगशाला प्रयोगविहीन थियो,’ जिसस सभापति थापाले भने, ‘प्राविधिकहरू नहुँदा सञ्चालनमा नआएको हो ।’ २०७२ सालदेखि प्रयोगशाला प्रयोगमा नआएको बताउँदै उनले बजेटको व्यवस्था गरेर सञ्चालनमा ल्याउने तयारी गरिरहेको बताए ।

पूर्वाधार निर्माणको क्रममा माटो, गिट्टी, बालुवालगायत निर्माण सामग्रीको गुणस्तर अनिवार्य जाँच गर्नुपर्छ तर प्रयोगशाला हुँदाहुँदै पनि जिल्लामा विना जाँच विभिन्न भौतिक संरचना धमाधम निर्माण भइरहेका छन् ।

२०६१ सालमा ग्रामीण पहुँच सुधार तथा विकेन्द्रित परियोजना (आरएआईडीपी) र राष्ट्रिय ग्रामीण यातायात सुदृढीकरण कार्यक्रम (एसएनआरटीपी) को सहयोगमा प्रयोगशाला निर्माण गरिएको थियो ।

प्रयोगशालामा गिट्टीको क्षमता जाँच, गिट्टीको भार थाम्ने क्षमता, गिट्टीको क्रसिङ भ्यालु, माटोको प्लास्टिसिटी र ढलानमा प्रयोग हुने मसलाको ‘कम्प्रिहेन्सिभ स्ट्रेन्थ टेस्ट’ गरिन्छ । पक्की पूल, ठूला भवन निर्माण, कालोपत्रे, सडक ग्राभेल गर्दा प्रयोगशालामा सामग्रीको गुणस्तर मापन गरिनुपर्छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

कात्तिक २०, २०७४

काठमाडौँ, २२ चैत –निर्वाचन आयोगले न्यायपरिषद्को परामर्शमा ७५ जिल्लाका जिल्ला न्यायाधीशलाई मुख्य निर्वाचन अधिकृत नियुक्त गरेको छ । आगामी वैशाख ३१ गते हुने स्थानीय तह निर्वाचनका लागि आयोगले उनीहरुलाई मुख्...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x