आईएमई पेएसँग कामनाको कारोबार शुभारम्भ

काठमाडौं – ‘प्रगतिको आधार कामना सेवासँग कारोबार’ भन्ने मूल नाराका साथ आमजनतामाझ विभिन्न बैंकिङ सेवा सुविधा प्रदान गर्दै आइरहेको कामना सेवा विकास बैंकले आईएमईको आईएमई पेए डिजिटल वालेट सुविधा समेत प्रदान गर्ने गरी कम्पनीसँग सम्झौता गरी सेवा सञ्चालनमा ल्याएको छ । 

बैंकको मोवाईल बैंकिङ सेवा लिएका ग्राहकले आफ्नो खातामा भएको रकम मोबाइल बैैंकिङमार्फत आईएमई पेए डिजिटल वालेटमा फण्ड लोड गर्ने सुविधा प्रदान गरिएको छ । आईएमई पेए वालेटमार्फत ग्राहकले चन्द्रागिरी केवलकारको टिकटको भुक्तानी, विद्युत् महसुल भुक्तानी, खानेपानी महसुल भुक्तानी, मोबाइल टप अप गर्ने लगायत अन्य विभिन्न भुक्तानीमा सहयोगी हुने बैंकले जनाएको छ । 


Advertisement

काठमाडौं महानगरपालिका–३० ज्ञानेश्वरमा केन्द्रीय कार्यालय रहेको बैंकले देशका विभिन्न भागमा ९७ वटा शाखा तथा ४५ वटा एटीएममार्फत ग्राहकलाई आफ्नो सेवा प्रदान गर्दै आएको छ । 

बैंकले एबीबीएस, एसएमएस बैंकिङ, मोबाइल बैंकिङ, सी–आस्बा लगायतका माध्यमबाट समेत सम्पूर्ण बैैंकिङ सेवा उपलब्ध गराउँदै आएको तथा समयसापेक्ष आफ्ना सेवा थप गर्दै जाने बैंकको योजना रहेको छ ।


Advertisement

कमेन्ट गर्नुहोस्