खुम्चिँदै चारकोसे जंगल, दुई जिल्लामा मात्र ११ हजार हेक्टर घट्यो

प्रतिकात्मक तस्वीर

मोरङ – सुनसरीको चारकोसे जंगल तीन दशकमा झन्डै ११ हजार हेक्टर घटेको छ ।

अहिले पनि कागजी रूपमा ५५ हजार ५ सय हेक्टरमा फैलिएको चारकोसे जंगल दुई वर्षअघिको नापी सर्भेअनुसार भने ४४ हजार ५ सय ४० हेक्टरमा सीमित भएको हो ।


Advertisement

घना जंगल रहेको ठाउँमा अहिले बाक्लो बस्ती र बजार विस्तार भएको खबर कान्तिपुर दैनिकले छापेको छ ।

डिभिजन वन कार्यालय मोरङका प्रमुख विशाल घिमिरेले तीन दशकमा जंगल क्षेत्र करिब ११ हजार हेक्टर घटेको बताए ।

अहिलेको लेटाङ, बेलबारी, डाँगीहाट, भाउन्ने, पथरी, कानेपोखरी, मंगलबारे, उर्लाबारी, मधुमल्ला, केराबारी र सुन्दर हरैंचालगायत क्षेत्रमा घनाजंगल थियो ।

अहिले ती सबै ठाउँमा बाक्लो बस्ती र बजार विस्तार भएको छ । जंगलको बीचमा रहेको लेटाङ नगरपालिकाको बजार क्षेत्र सबै चारकोसेको जमिन हो ।

यहाँ वन अतिक्रमण गरेर बसोवास गर्ने परिवारको संख्या ३ हजारभन्दा बढी रहेको नगर प्रमुख शंकर राईले बताए । ०२४ सालमा चिसाङ खोलाले बस्ती उठाएपछि त्यहाँका बासिन्दा यता सरेको उनको भनाइ छ ।

कमेन्ट गर्नुहोस्