×

NIC ASIA

मल्लराजाबीचको टसलले शुरु भएको पाटनको घोडेजात्रा [फोटो फिचर]

कात्तिक २०, २०७४

Prabhu Bank
NTC
Premier Steels

ललितपुर, १४ चैत्र– परापूर्वकालमा घोडा चढ्न राजामहाराजालाई मात्र अधिकार हुन्थ्यो । सर्वसाधारणले घोडा चढ्न नपाउने नियम बसालिएको थियो । ललितपुरको बालकुमारीमा मनाइने घोडेजात्रा भने ललितपुर वल्खुटोलका स्थानीयले घोडा सवारी गरेर मन्दिर दर्शन गर्ने पुरानो प्रचलन छ ।


घोडा चढ्न पाउने अधिकार ललितपुर महानगरपालिका १२ वडा, वल्खुटोलका स्थानीय गुठीका सदस्यलाई मात्रै छ । मल्ल राजा शिवसिंहको पालामा वल्खुटोलका एक महर्जन थरका व्यक्ति दरबारमा घोडा स्याहार गर्ने काम गर्ने गरेको र राजाले पछि आफ्नो खड्ग र घोडा उपहार दिएर उनलाई विदाई गरेको कथन पाइन्छ ।


उक्त घोडेजात्रा वल्खुटोलका भिमसेन गुठी च्योःखलले चलाउने गरिन्छ । यसपाली उक्त टोलका लक्ष्मण महर्जनले घोडा सवारी गरेको थिए । उनले विगत ३ बर्षदेखि घोडा सवारी गर्दै आएका थिए ।


घोडेजात्रा उपत्यकाको प्रमुख जात्रा मध्ये पर्दछ । काठमाडौंको टुँडिखेलमा नेपाली सेनाले घोडजात्रामा विभिन्न कलाकौशल प्रदर्शन गरिन्छ ।


ललितपुरमा मनाइने उक्त घोडालाई मंगलबजारभित्र लगी दानापानी खुवाएर वल्खुटोलमा लगेर पुजाविधि गरेर घोडेजात्रा शुरु गरिन्छ ।


उक्त घोडालाई ललितपुर मंगलवजार ,वल्खुटोल, च्यासल हुँदै बालकुमारी मन्दिरसम्म पु–याइन्छ । बालकुमारी मन्दिरमा घोडालाई पुजा गरेर पानसुपारीका साथमा उक्त घोडालाई सेनालाई जिम्मा लगाइन्छ ।


नेपाली सेनाको सिंहदरबारभित्र रहेको क्याबलरी शाखाबाट घोडेजात्राको लागि ललितपुरमा एकल घोडा ल्याउने चलन छ । यस जात्रा कहिलेदेखि शुरु भएको भनेर यकिन तथ्य नभएपनि यस जात्राको शुरु भएकोप्रति भने दुईथरी मान्यता रहेको पाइन्छ ।


काठमाडौंमा मल्ल राज्य भएको बेला काठमाडौंको टुँडिखेलमा घोडेजात्रा मनाइने परम्परा रहेको थियो र काठमाडौं र ललितपुरका मल्लराजाबीच टसल परेर प्रतिस्पर्धीका रुपमा ललितपुरको बालकुमारीमा पनि एकल घोडा दौडाएर घोडेजात्रा परम्परा बसालेको मान्यता छ । यसले गर्दा ललितपुरबासी घोडेजात्रा हेर्नको लागि काठमाडौंसम्म पुग्न नपरोस् ।


ललितपुर च्यासलबासी प्रकाश अवालेले यो जात्रा ३ सय ५० बर्ष अगाडि नेपाल संवत ७७७ मा चलेको हुनसक्ने बताए । ललितपुरको बुंगमतिमा पनि घोडेजात्राको दिन कृत्रिम घोडा बनाई घोडेजात्रा मनाइन्छ ।








Muktinath Bank

Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

Advertisment
Nabil box
Kumari
Vianet communication
hAMROPATRO BELOW NEWS
TATA Below
फागुन ५, २०८०

श्रीमान्–श्रीमती नैं शाखा अधिकृत, त्यो पनि एकसाथ । यस्तो सुखद संयोग सरकारी सेवामा प्रवेश गर्न चाहनेमध्ये कमैलाई मात्र जुर्ने गर्छ । तर, गुल्मीको धुर्कोट गाउँपालिका वडा नम्बर–६ का सुरेन्द्र पाण्डे र रमित...

फागुन २६, २०८०

पोखराका अशोक खड्काको पारिवारिक वातावरण सानैदेखि उद्यमशीलताको थियो । उनका बुवा सधैं एकै सुझाव दिइरहन्थे– नेपालमै केही गर्नुपर्छ । उनको बालमस्तिष्कमा त्यही छाप पर्यो । विदेश जाने सोच कहिल्यै बनाएनन् । नेप...

कात्तिक १९, २०८०

समय : आइतवार बिहान ७ बजे  स्थान : नलगाड नगरपालिका, १ चिउरी, जाजरकोट (भूकम्पले सबैभन्दा धेरै क्षति पुर्‍याएको ठाउँ)  ‘मेरी आमालाई किन यस्तो भयो ? मलाई पनि बाँच्न मन छैन,...

कात्तिक २५, २०८०

बुटवलका कुलचन्द्र पाण्डे सफल पर्यटन व्यवसायी हुन् । कुनै समय भारतको एउटा कम्पनीमा काम गरेका पाण्डे अहिले रूपन्देहीमा ‘एसियन ब्राण्ड’ चम्काउने ‘टुरिजम’ उद्यमीका रूपमा चिनिन्छन् । तीन दशकअघि...

मंसिर ३०, २०८०

बुधवार काभ्रेको धुलिखेलस्थित काठमाडौं विश्वविद्यालयका १ हजार ८३८ जना विद्यार्थीमाझ सनम ढकाल दृश्यमा आए । एमबीबीएसमा सर्वोत्कृष्ट भएर गोल्ड मेडल ल्याउँदै सनम दीक्षित भएसँगै सबैमाझ परिचित भएका हुन् ।  काठम...

माघ १३, २०८०

रोल्पाका देवराज बुढामगर गाउँकै साधारण किसान हुन् । परिवर्तन गाउँपालिका–४ पाथावाङ निवासी देवराजका ६ छोरी र एक छोरा सरकारी जागिरे छन् । छोराको आसमा ६ छोरी जन्माए देवराज र उनकी श्रीमती नन्दाले । हुन पन...

समानुपातिक, समावेशिताः सिद्धान्त र व्यवहार

समानुपातिक, समावेशिताः सिद्धान्त र व्यवहार

जेठ १२, २०८१

नेपालमा भएका जनयुद्ध, जनआन्दोलन, मधेश आन्दोलन लगायतका आन्दोलनहरूको मूल आशय एकल जातीय एकात्मक राज्य संरचनालाई पुनर्संरचना गरी बहुलतामा आधारित समावेशी राज्य निर्माण गर्ने रहेको थियो । अर्थात्, जातीय उत्पीडन र आन्त...

काग र सुगाको सन्देश

काग र सुगाको सन्देश

जेठ १२, २०८१

एक दिन प्रातः भ्रमणमा गएको बेला कुनै एक सज्जनले सोधे– ‘कागहरू किन स्वतन्त्र हुन्छन् र सुगाहरू किन बन्धनमा पर्छन् थाहा छ ?’ मैले भनेँ– अहँ, थाहा छैन, भन्नुस् न किन त्यस्तो हुन्छ ?’ उत्त...

कस्तो बजेट ? कत्रो बजेट ?

कस्तो बजेट ? कत्रो बजेट ?

जेठ ११, २०८१

आगामी वर्ष २०८१/०८२ को बजेट तथा वार्षिक विकास कार्यक्रम प्रस्तुत हुने संवैधानिक समयसीमा एकदमै नजिक छ । अर्थशास्त्री, सर्वसाधारण, राजनैतिक कार्यकर्ता, विकास साझेदार, उद्यमी, लगानीकर्ता र बेतनभोगीहरू आ–आफ्नै ...

x