भरुवा बन्दुकसहित पक्राउ

झापा – जिल्लाको हल्दिबारी गाउँपालिका–५ स्थित शान्ति सामुदायिक वनबाट भरुवा बन्दुकसहित १ जना पक्राउ परेका छन् ।

सोही वडाका ६० वर्षीय ताराहाङ राईलाई प्रहरी चौकी जलथलबाट गस्तीमा रहेको टोलीले भरुवा बन्दुकसहित शुक्रवार राति ८ः३० बजे नियन्त्रणमा लिएको हो । 


Advertisement

उनलाई जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखी थप अनुसन्धान भइरहेको प्रहरी प्रवक्ता महेन्द्रकुमार श्रेष्ठले बताए । 

वनभित्र रहेका वन्यजन्तुको शिकार गर्न राई बन्दुक लिएर गएको हुनसक्ने प्रहरीले जनाएको छ ।


Advertisement

कमेन्ट गर्नुहोस्