×

NMB BANK
NIC ASIA

मापसे गर्ने १४५ चालकको सवारी चालक अनुमतिपत्रमा प्वाल

साउन २६, २०७६

NTC
फाइल फोटो
Premier Steels

मकवानपुर- जिल्ला ट्राफिक प्रहरी कार्यालय मकवानपुरले आर्थिक वर्ष ०७५र७६ मा मादकपदार्थ सेवन (मापसे) गरी सवारी चलाउने एकसय ४५ चालकको सवारी चालक अनुमतिपत्र (लाइसेन्स) मा प्वाल पारेको छ । कारवाहीस्वरूप लाइसेन्स प्वालसँगै प्रतिचालक रु एक हजार जरिवानासमेत असूली गरेर सवारी चालक अनुमतिपत्र प्वाल पारेको हो ।

Muktinath Bank

त्यसैगरी लाइसेन्स नभएका ५९ चालकबाट प्रतिचालक रु दुई हजारका दरले जरिवाना उठाइनुका साथै स्मार्ट लाइसेन्स भएकालाई अभिलेख बनाउन सम्बन्धित यातायात व्यवस्था विभागमा पठाइएको ट्राफिक प्रहरीले जनाएको छ । मापसे गर्ने चालकबाट जरिवानास्वरुप गतवर्ष रु एक लाख ५६ हजार ८०० सङ्कलन भएको ट्राफिक प्रहरी काशी थापाले बताए । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

अघिल्लो आर्थिक वर्ष ०७४र७५ मा मापसे गरी सवारी चलाएका ५५६ चालकको अनुमतिपत्रमा प्वाल पारिएको थियो । त्यस्तैगरी ५६ जना लाइसेन्स नभएकालाई दोब्बर दस्तुर जरिवाना गरी कारवाही गरिएको थापाले बताउनुभयो । सो वर्ष चालक अनुमतिपत्र भएका चालकबाट प्रतिचालक रु एक हजार र नभएकाबाट प्रति चालक दुई हजारका दरले रु छ लाख ६८ हजार राजश्व सङ्कलन गरिएको थियो ।


Advertisment
Nabil box
Kumari

त्यस्तै आर्थिक वर्ष ०७३र७४ मा ४३८ चालकको लाइसेन्समा प्वाल पारिएको थियो । मापसे सेवन गरी सवारी चलाउने चालकको सवारी अनुमति पत्रमा प्वाल पार्नुका साथै रु चार लाख ३८ हजार राजश्वसमेत सङ्कलन गरिएको थियो ।

Vianet communication

वार्षिक तथ्याङ्कको विश्वलेषण गर्दा मापसे सेवन गरी सवारी चलाउने चालकको सङ्ख्यामा पछिल्ला वर्षहमा कमी हुँदै आएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय मकवानपुरका प्रहरी निरीक्षक हरिविष्णु ढकालले ट्राफिक प्रहरीले कडाइका साथ मापसे जाँच गरिरहेको जानकारी दिए । उनले पछिल्लो समय चालक सचेत भएकाले कारवाही सङ्ख्या घटेको बताए । 

चालक आफ्नो स्वास्थ्यलाई लिएर सचेत भएको र मापसे सेवन गर्ने समय पनि परिवर्तन गरेको हुनसक्ने उनको तर्क छ । सवारी नियम, २०४९ को दफा ४२ अनुसार मापसे गरेर सवारी चलाउनेलाई कारवाहीस्वरूप लाइसेन्स प्वाल पार्न सकिने व्यवस्था छ । पाँच पटकसम्म मापसे गरी कारवाहीमा परेर अनुमतिपत्र प्वाल भए अनुमतिपत्र नै खारेज हुने व्यवस्था छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
चैत २७, २०८०

नेपाली सेनामा कार्यरत तीन जना सैनिकको मृत्यु भएको छ । डोल्पाको  दुनैस्थित ठुलीभेरी नगरपालिका–४ मा पर्ने तिप्लामष्टा भवानी सामुदायिक वनमा लागेको आगो निभाउन परिचालित सदरमुकाम सुरक्षा गुल्मका तीन सै...

मंसिर ५, २०८०

​कोका–कोला इन्डियाले आईसीसी मेन्स क्रिकेट वर्ल्डकप २०२३ मा एक विशेष पहलको शुरूवात गरेको छ । कोका–कोलाले अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी)सँगको साझेदारीमा पूरै रिसाइकल गरिएको पेट बोतलहरू...

मंसिर १६, २०८०

नेकपा एमालेको समृद्धिको लागि संकल्प यात्रा अछामको मंगलसेन पुगेको छ । झुलाघाट-चिवाभञ्ज्याङ समृद्धिका लागि संकल्प यात्राअन्तर्गत एमालेको टोली शनिवार मंगलसेन पुगेको हो ।

कात्तिक २५, २०८०

पृथ्वीराजमार्गअन्तर्गत तनहुँको म्याग्दे गाउँपालिका–३ धयरेमा भएको सवारी दुर्घटनामा बाबुको मृत्यु भएको छ भने छोरा घाइते भएका छन् । पोखराबाट दमौलीतर्फ आउँदै गरेको ग १ ख २९४१ नम्बरको माइक्रोले विपरित दिशा...

मंसिर १४, २०८०

स्किल सेवाले घर निर्माणसम्बन्धी निःशुल्क प्राविधिक परामर्श कार्यक्रम गर्दै आइरहेको छ । घरसम्बन्धी चुनौतीहरूको पहिचान र समाधान गर्न विगत पाँच वर्षदेखि सेवाले आफ्ना ३ शाखाहरूमार्फत काम गर्दै आइरहेको छ । सेवाले ...

चैत ८, २०८०

काठमाडौँ । गृह मन्त्रालयले आफ्नो विवादित निर्णय सच्याएको छ । साइबर अपराध नियन्त्रणको नाममा पत्रपत्रिका र अनलाइन सञ्चारमाध्यमलाई कारबाही गर्ने अधिकार प्रमुख जिल्ला अधिकारीहरुलाई दिने गरी भएको निर्णय विवादमा तानिएप...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

x