विश्वकर्मा सुनचाँदी व्यवसायीको भेला, अग्रज र स्थापित व्यक्तित्वहरूलाई सम्मान

काठमाडौँ - शनिवार २५ गते विश्वकर्मा सुनचाँदी व्यवसायी सञ्जालको दोश्रो राष्ट्रिय भेला सम्पन्न भएको छ ।

भेला ओपेरा रेस्ट्रो काठमान्डूमा सम्पन्न भएको थियो । उक्त भेलामा देशैभरिबाट हजार बढी व्यवसायीहरु उपस्थित थिए ।


Advertisement

भेलामा नेपाल सुनचादी व्यवसायी महासंघका अध्यक्ष मोहन सुनार, नेपाल प्रहरीका डीएसपी डम्बर बहादुर विश्वकर्मा, दलित कर्मचारी संघका अध्यक्ष महेन्द्र बिश्वकर्मा, नेपाल हस्तकला कलिगढ़ संघका अध्यक्ष हरि सेन्चुरी , विश्वकर्मा सुनचादी व्यवसायी संजालका संयोजक अर्जुन रसाइली, दलित साहित्य प्रतिष्ठानका अध्यक्ष खगेन्द्र बराइली, मानवअधिकारकर्मी सरु सुनार लगायतले सम्बोधन गरेका थिए ।

उक्त भेलाले दोहोरी गायक कुलेन्द्र बिसी, लोकगायक प्रकास सपुत, दुई पटकको सगरमाथा आरोही विजय बिक, नेपाल आइडल दोश्रो सिजनका बिजेता रवी ओड, चर्चित रेडियो प्रस्तोता महाबिर विश्वकर्मा, विश्वकर्मा समुदायबाट समाजमा स्थापित व्यक्तिहरुलाइ सम्मान गरिएको थियो ।


Advertisement

मन्त्री जगत बिश्वकर्माले आफ्नो व्यवसायलाइ बदलिदो सूचना र प्रविधि अनुसार परिवर्तन गर्न आग्रह गरे । देशैभरिबाट विश्वकर्मा समुदायबाट सुनचाँदी व्यापार गरिरहेकाहरु बाट बिज्यानट्स ग्रुप लिमिटेडको स्थापना भएको छ । बिज्यानट्स ग्रुप लिमिटेड गोल्ड्ब्यांक सुनब्यांक निर्माणको लागि एक अरब पूँजी जम्मा गर्ने घोषणा गरेको छ ।

भेलाले सातै प्रदेशको संयोजक पनि चुनेको छ । प्रदेश ३ मा रमेस रसाइलीलाइ संयोजक चुनेको छ । भेलाले सुनचादी व्यवसायका समस्या, सम्भावना, अन्तराष्ट्रिय बजार बिस्तार, व्यवसाय बाट समाजसेवा आदी बारे छलफल भएको थियो । कार्यक्रमको संचालन मिडियाकर्मी तथा कलाकार रुपा सुनारले गर्नु भएको थियो  ।

 

 

कमेन्ट गर्नुहोस्