×

NMB BANK
NIC ASIA

घरमा हुने सुत्केरीलाई शून्यमा पुर्‍याउने

साउन २९, २०७६

NTC
Sarbottam
फाइल फोटो
Premier Steels
Marvel

पाल्पा-पाल्पा जिल्लाका सबैजसो स्थानीय तहले घरमै सुत्केरी हुने दरलाई शून्यमा पुर्‍याउने लक्ष्यका साथ अगाडि बढेका छन् ।

Muktinath Bank

आर्थिक वर्ष २०७५/७६ मा चार हजार ७९१ जना स्वास्थ्य संस्थामा नै पुगेर सुत्केरी भएका छन् । जसअन्तर्गत रामपुर नगरपालिकामा २५२ र तानसेन नगरपालिकामा चार हजार १५ रहेका छन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

गाउँपालिकातर्फ पूर्वखोलामा १६९, रम्भामा ६५, बगनासकालीमा ३६, रिब्दिकोटमा ५३, रैनादेवी छहरामा १०१, माथागढीमा ४४, तिनाउमा १४ र निस्दीमा ४२ रहेका छन् । जिल्लाका ३७ स्वास्थ्य संस्थामा आमा सुरक्षा कार्यक्रम लागू भए पनि ३६ स्वास्थ्य संस्थाबाट प्रसूति सेवा दिइएको स्वास्थ्य कार्यालय पाल्पाका सूचना अधिकारी माधव ज्ञवाली बताउँछन् । तर मिशन अस्पताल पाल्पामा भने आमा सुरक्षा कार्यक्रम लागू नभए पनि प्रसूति सेवा उपलब्ध छ । 


Advertisment
Nabil box
Kumari

“पाल्पामा स्वास्थ्य संस्थामा नै पुगेर सुत्केरी हुने महिलाको दर सुधार हुँदै गएको छ,  कार्यालयले यसमा विशेष चासोका रुपमा हेरेको र जिल्लाका ग्रामीण भेगमा पनि प्रसूति सेवा सञ्चालन भएको हुँदा बर्सेनी सुधार छ”, ज्ञवालीले भने ।

Vianet communication
Laxmi Bank

आव ०७५/७६ मा बाहिरी जिल्लाबाट सुत्केरी हुन आउनेको सङ्ख्या कम रहेकाले अघिल्ला वर्षमा भन्दा तथ्याङ्कीय हिसाबले सुत्केरी हुने दर घटे पनि जिल्लामा भने स्वास्थ्य संस्थामा सुत्केरी हुनेको अवस्था राम्रो रहेको उनले बताए । आव २०७४/७५ मा पाँच हजार ५३९ महिलाले स्वास्थ्य संस्थामा नै पुगेर बच्चा जन्माएका छन् । ०७३/७४ मा पाँच हजार ३३७, आव ०७१/७२ मा छ हजार ५०० र ०७२/७३ मा छ हजार ३०० महिलाले स्वास्थ्य संस्थामा नै गएर सुत्केरी भएको पाइएको छ ।       

यसअघि अन्धविश्वास, रूढीवादी र अशिक्षाका कारण जीवन मरणको दोसाँधमा रहेर घरमै जोखिमपूर्ण सुत्केरी हुन बाध्य थिए । गाउँगाउँमा स्वास्थ्य संस्था नहुनु, सडक सञ्जाल नजोडिएकाले घरमै सुत्केरी हुनुपर्ने अवस्था थियो । अशिक्षित, गरीब परिवारमा मात्र नभई शिक्षित र धनीमानी परिवारमा पनि स्वास्थ्य संस्थामा पुगेर सुत्केरी हुनुपर्छ भन्ने सोचाइ न्यून भेटिन्थ्यो । अझै पनि जिल्लाका अति विकट, दुर्गम क्षेत्रमा यदाकदा भने घरमै सुत्केरी हुने चलन पूर्णरुपमा हट्न सकेको छैन ।      

घरमै सुत्केरी हुँदा महिलाहरुमा पछि गएर विभिन्न समस्या देखापर्ने गरेको पाइन्छ ।  सुत्केरी आमा र बच्चाले समयमा नै उपचार नपाउँदा अकालमै ज्यानसमेत जाने गर्दछ । यही कारणले गर्दा पनि हिजोआज भने उनीहरु श्रीमान्, घरपरिवार, आफन्तको साथमा सुत्केरी हुने समय अगावै स्वास्थ्य संस्थामा जाने गरेको पाइन्छ । 

महिलालाई स्वास्थ्य संस्थामा नै सुत्केरी हुनका लागि प्रोत्साहनस्वरुप नेपाल सरकारले आमा सुरक्षा कार्यक्रम अन्तर्गत न्यानो कपडा वितरण, स्वास्थ्य संस्थामा सुत्केरी गराएबापत रु एक हजार यातायात खर्च र चार पटकसम्म गर्भ परीक्षण गराएको रु चार सय रकम प्रदान गरिरहेको छ ।

उमेर नपुगीकन गर्भवती बन्नु, खानपानमा ध्यान नदिनु, नियमित गर्भ परीक्षण नगर्नु, लामो समयसम्म सुत्केरी व्यथा लाग्दा पनि घरमै राख्दा आमा र बच्चाको ज्यान उच्च जोखिममा पर्न सक्ने हुँदा स्वास्थ्य संस्थामा नै गएर सुत्केरी हुन स्वास्थ्यकर्मीको सुझाव छ । 

नियमित चेकजाँच नहुँदा आमा र बच्चाको स्वास्थ्य अवस्थाका बारेमा थाहा नहुने तथा पौष्टिकतत्व, भिटामिन, आयोडिनजस्ता कुराको कमी हुन गई आमा र बच्चालाई असर पर्नुका साथै ज्यान नै खतरामा पर्ने गरेको रामपुर नगरपालिकाका स्वास्थ्य शाखा संयोजक तीर्थप्रसाद ढुङ्गाना बताउँछन् । 

गर्भवतीलाई आवश्यक खानेकुरा र भिटामिनजस्ता खाद्य पदार्थ अपुग हुँदा उनीहरुलाई असर पर्ने र गर्भास्वस्थाका खतराका बारेमा पनि जानकारी नहुँदा कतिपय गर्भवती आमा र बच्चाको ज्यान अकालमा जाने भएकाले स्वास्थ्य संस्थामा नै गएर सुत्केरी गराउनुपर्नेमा उनले जोड दिए । गर्भ रहेको थाहा भए देखि नै नियमित रुपमा नजिकको स्वास्थ्य चौकी वा अस्पतालमा चेकजाँच गराउनुपर्छ । 

गाउँगाउँमा स्वास्थ्य कार्यालयले सुरक्षित मातृत्व, घरमै सुत्केरी हुँदाका जोखिम, स्वास्थ्य संस्थामा सुत्केरी हुँदाका फाइदाबारे जनचेतना गराएका कारण बर्सेनी प्रगति राम्रो हुँदै गएको स्वास्थ्य शाखा संयोजक ढुङ्गाना बताउँछन् । 

माथागढी गाउँपालिका–३ को कसेनी शून्य होम डेलिभरी वडा घोषणा भइसकेको छ भने अन्य स्थानीय तहका विभिन्न वडालाई पनि शून्य होम डेलिभरी वडा घोषणा गर्ने गरी कार्यक्रम अगाडि बढाइएको छ ।
 

hAMROPATRO BELOW NEWS
TATA Below
माघ २९, २०८०

सत्ताको नेतृत्व गरेको नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)को विधान सम्मेलन मङ्गलबार राजधानीमा सुरु हुँदैछ । भोलि बिहान ११ बजे कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानको प्रेक्षालयमा हुने सम्मेलनको सम्पूर्ण तयारी पूर...

माघ २३, २०८०

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनाताको जीवनस्तर सुधार्न सरकार प्रतिबद्ध रहेको बताएका छन् । सिंहदरबारमा आज आयोजित मानव अधिकार पुरस्कार वितरण समारोहमा प्रधानमन्त्री प्रचण्डले शिक्षा, स्वास्थ्य, र...

चैत ८, २०८०

काठमाडौँ । गृह मन्त्रालयले आफ्नो विवादित निर्णय सच्याएको छ । साइबर अपराध नियन्त्रणको नाममा पत्रपत्रिका र अनलाइन सञ्चारमाध्यमलाई कारबाही गर्ने अधिकार प्रमुख जिल्ला अधिकारीहरुलाई दिने गरी भएको निर्णय विवादमा तानिएप...

पुस १६, २०८०

राज्यका सम्पूर्ण संरचनामा सुधारको घोषणा गरेको सरकारले आजदेखि मन्त्रिपरिषद् बैठकको खाजा खर्च कटौती गरेको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज बिहान सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकमा स...

मंसिर १६, २०८०

नेकपा एमालेको समृद्धिको लागि संकल्प यात्रा अछामको मंगलसेन पुगेको छ । झुलाघाट-चिवाभञ्ज्याङ समृद्धिका लागि संकल्प यात्राअन्तर्गत एमालेको टोली शनिवार मंगलसेन पुगेको हो ।

मंसिर १४, २०८०

नेपाली वायुयान कम्पनीहरूलाई युरोपेली आकाशमा उडान अनुमति दिन युरोपियन युनियन (ईयू) सकारात्मक देखिएको छ ।  ईयूले बुधवार नेपाल नागरिक उडान प्राधिकरण (क्यान)लाई एक पत्र लेख्दै क्यानको नेतृत्वले यही गतिमा ...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x