मंसिर १६, २०८०
नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...
साउन ३०, २०७६
धनगढी – भदौ ७ नजिकिँदै गर्दा तराई–मधेशमा भित्रभित्रै असन्तुष्टिको शान्त लहरले कम्पन पैदा गर्न थालेको छ ।
कैलालीको टीकापुरमा थरुहट/थारुवान आन्दोलनकारी र प्रहरीबीच दोहोरो झडप हुँदा २०७२ भदौ ७ गते ८ सुरक्षाकर्मी र १ नाबालक गरी ९ जनाले ज्यान गुमाए । भोलिपल्ट भदौ ८ गते कफ्र्यु जारी भएकै अवस्थामा थारु समुदायका घर, पसल, एफएमलगायत ८८ वटा गरी करोडौंको संरचना खरानी बनाइए ।
संविधान लेखनकै क्रममा आफूहरूको माग नसमेटिएको असन्तुष्टि पोख्दै संविधान संशोधनको मागसहितको मुद्दा अघि सार्दै थरुहट/थारुवान संघर्ष समितिले घटना घटेको अवधिभर आगामी भदौ ७, ८ र ९ गते टीकापुरमै राष्ट्रिय सम्मेलनको तयारी गर्न थालेपछि निकै चासोका साथ हेरिएको छ ।
कैलाली निर्वाचन क्षेत्र नम्बर १ अर्थात टीकापुरबाट प्रतिनिधिसभा सदस्यमा अत्याधिक बहुमतले निर्वाचित सांसद रेशमलाल चौधरीको रिहाइको माग पनि सम्मेलनको मुख्य एजेण्डा बनाइएपछि सो क्षेत्र नै तयारीमा जुुटेको जनाइएको छ ।
टीकापुर घटना मुद्दामा मुछिएका थरुहट नेता लक्ष्मण थारु सहितका नेता तथा थारु अगुवाहरू जेलमुक्त भएपछि देशदौडाहा छलफललाई तीव्रता दिइएको हो । करीब ३ महिनादेखि तयारी थालेको संघर्ष समितिले तराईका जिल्लासँगै मुलुकको आदिवासी बसोबास क्षेत्रमा समेत व्यापक छलफल चलाएको थारु कल्याणकारिणी सभाकी केन्द्रीय सदस्य एंव थरुहट नेतृ इन्दुु थारुले बताइन् ।
सम्मेलनमा के हुन्छ ?
आयोजकले सम्मेलनमा २५ जिल्लाका कम्तिमा ८ देखि १० हजार जनसहभागिता गराउने दाबी गरेको छ भने कैलाली जिल्लाभित्रै पनि सबै स्थानीय तहका वडाबाट सहभागिता गराउने तयारी थालेको बताइएको छ ।
बाह्य जिल्लाबाट आउने सहभागीका लागि टीकापुर क्षेत्र आसपासका २७ गाउँमा बस्ने व्यवस्था मिलाइएको र कार्यक्रम भने टीकापुरस्थित सिटी हलमा हुने नेतृ थारुले जानकारी दिइन् । कार्यक्रमको व्यवस्थापन तथा सहयोगमा टीकापुर उद्योग वाणिज्य संघका साथै जिल्लास्थित सबै स्थानीय तहले प्रतिवद्धता जनाएको बताइएको छ ।
सम्मेलनको कार्यतालिका अनुसार भदौ ७ गते उद्घाटन कार्यक्रम हुनेछ । भदौ ८ गते बन्दसत्र चल्नेछ भने ९ गते टीकापुर घोषणापत्र जारी गर्दै कार्यक्रम सम्पन्न हुने आयोजकले जनाएको छ ।
प्रचण्ड र देउवासँग लविङ !
कार्यक्रममा सम्बोधनकाले लागि सत्ता तथा प्रतिपक्षका शीर्ष नेतालाई समेत आमन्त्रण गरिएको छ । नेकपा अध्यक्ष पुुष्पकमल दाहाल ‘प्रचण्ड’, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई बोलाउने लबिङ चलिरहेको तर टुंगो भने अझै लाग्न बाँकी रहेको आयोजकले जनाएको छ ।
संघीय समाजवादी पार्टी नेपालका संयोजक डा. बाबुराम भट्टराई, विश्लेषक खगेन्द्र संग्रौला, युग पाठक, किशोर नेपाल, बसन्त बस्नेत, टीयूका प्रोफेसर तथा समाजशास्त्री डा. भाष्कर गौतम, ओम गुरुङ आउनेबारे टुंगो लागिसकेको नेतृ थारुले जानकारी दिइन् ।
शान्ति सुरक्षाको लागि पनि प्रहरी प्रशासनसँग निरन्तर छलफल जारी रहेको बताइएको छ । कैलालीका प्रमुख जिल्ला अधिकारी यज्ञराज बोहराले कार्यक्रमलाई मर्यादित बनाउनको लागि ३/४ चरणमा आयोजकबीच छलफल गरिसकेको जानकारी दिए ।
‘उहाँहरूको कार्यक्रम गर्न पाउनु अधिकार हो । यसमा उहाँहरू पनि संवेदनशील भएको कुरा बताउँदै आउनुभएको छ । हामी पनि विगतको जस्तो घटना नहोस् भन्नेतर्फ सजग र संवेदनशील छौं । सामाजिक सद्भाव अझ मजबुत होस् भन्ने सबैको कामना छ । हामी आफ्नो तर्फबाट शान्ति सुरक्षाको प्रबन्ध मिलाउँछौ,’ प्रजिअ बोहराले भने ।
आयोजकले टीकापुर सम्मेलनबाट टीकापुरको सामाजिक सद्भाव थप बलियो बनाउने दाबी गरेको छ । ‘अझै पनि टीकापुरमा पूर्णरुपमा सामाजिक सद्भाव कायम भइसकेको अवस्था छैन । सम्मेलन पक्कै पनि सद्भाव कायम गर्नमा कोशेढुंगा सावित हुनेछ,’ नेतृ थारुले भनिन्, ‘भ्रममा नपर्नुस्, थारुहरूको मास जम्मा गरेर त्यहाँको पहाडीलाई तर्साउन कार्यक्रम गर्न लागेको होइन ।’
उनले संविधानमा अझै पनि आफूहरूको माग सम्बोधन नभएकाले संविधान संशोधन गर्नुपर्ने, टीकापुर घटना राजनीतिक घटना भएकाले राजनीतिक ढंगले सम्बोधन गर्नुपर्ने, थारु नेता तथा सार्वसाधारणमाथि लगाइएको मुुद्दा फिर्ताको लागि राज्यलाई दबाब दिनलाई पनि सम्मेलनको आयोजना गर्न थालेको बताइन् ।
नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...
नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...
मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...
नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...
‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...
जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ। सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...
नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...
निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...
जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...