उत्तर कोरियाको आणविक स्थल जाँच्न जापानले अमेरिकालाई रोबोट दिने

काठमाडौं – उत्तर कोरियाको आणविक समस्या अन्त्य गर्नका लागि जापानले फुकुशिमा रोबोट अमेरिकालाई दिन सक्ने खबर छ । 

जापानले ट्रम्प प्रशासनलाई यसको प्रस्ताव पठाएको छ । उत्तर कोरियामा आणविक हतियार राम्रोसँग नराखिएकाले कोरियाली प्रायद्वीपमा खतरा रहेको भन्दै जापानले अमेरिकाको सहायताले उक्त समस्यालाई अन्त्य गर्न चाहेको बताएको छ । 


Advertisement

जापानले यी रिमोट सञ्चालित रोबोटलाई सन् २०११ को फुकुशिमा आणविक भट्टीमा आएको विपतपछि नै बनाउन थालेको थियो । यी रोबोटहरूले आणविक इन्धन र त्यसबाट पग्लिएर बनेका हानिकारक कुरालाई पनि सजिलै उठाएर सुरक्षित स्थानमा राख्न सक्छन् । 

जापान टाइम्स पत्रिकाले यी रोबोटको निर्माण भइरहेको पुष्टि गर्दै उत्तर कोरिया र अमेरिकाबीच चलिरहेको परमाणु अप्रसार वार्तामा आबे सरकारले पनि भूमिका चाहेको लेखेको छ । 

रोबोटका कारण उत्तर कोरियाको आणविक हतियार निर्माण स्थलको जाँच गर्न सहज हुने जापानको भनाइ छ । उत्तर कोरियाका विभिन्न परीक्षणस्थलमा अव्यवस्थाका कारण फैलिएका विकिरण यसबाट पत्ता लाग्ने आशा छ । 

एजेन्सी
 

कमेन्ट गर्नुहोस्