×

NMB BANK
NIC ASIA

‘भीएलएन’मा मलेसियाका पूर्व उपप्रधानमन्त्रीलाई कारवाही, नेपालमा किन भएन छानबिन ?

भदौ १२, २०७६

NTC
फाइल फोटो
Premier Steels

काठमाडौं – बिहीवार बसेको प्रतिनिधि सभाको बैठकमा गैरकानूनी संस्था ‘भीएलएन’मार्फत मलेसिया जाने नेपालीबाट अर्बाैं असुल्नेलाई कारवाही गर्नुपर्ने माग उठेको छ ।

Muktinath Bank

संसदमा बोल्दै सत्तापक्षीय सांसद नवराज सिलवालले अर्बौं ठगी गर्ने भीएलएन काण्डमा उच्चपदस्थ कर्मचारीको समेत संलग्नता देखिएको र त्यसको संरक्षण गर्ने राजनीतिक दल र नेतालाई पनि छानबिनको दायरामा ल्याउन माग गरेका हुन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

आफूलाई मलेसियाका एक सांसदले यसबारेमा इमेल लेखेको भन्दै सिलवालले भने, ‘हिजो मैले ‘द नेसनल लेजिस्लेचर अफ मलेसियाका एउटा सांसदले इमेल लेखे । त्यहाँको एउटा सञ्चारमाध्यमले ‘इम्प्युनिटी इन् नेपाल’ (नेपालमा दण्डहीनता) भनेर एउटा टिप्पणी लेखेको रैछ । त्यसको प्रसङ्ग चाहिँ भीएलएनका नाममा २०७० देखि २०७५ सालसम्म अनाधिकृत रूपमा उठाइएको अर्बौंका बारेमा रैछ ।’


Advertisment
Nabil box
Kumari

गत वर्ष जेठमा भीएलएनका नाममा अर्बौं उठाउने गैरकानूनी संस्थामा छापा मारेर सरकारले अनुसन्धानको दायरामा ल्याएको थियो । सोही प्रसङ्गलाई उल्लेख गर्दै सिलवालले भने, ‘त्यो सम्बन्धमा २०७५ जेठमा एउटा एजेन्सीलाई अनुसन्धानमा लिएर आयो । त्यसयता कुनै अनुसन्धान भएको छैन ।’

Vianet communication

भीएलएन प्रकरणमै मलेसियाका पूर्व उपप्रधानमन्त्री अहमद जाहिदी हमिदीलाई असार ९ गते पक्राउ गरी ११ गते कोर्टमा प्रस्तुत गरेको सिलवालले संसदमा जानकारी दिए ।

‘मलेसियन एन्टी करप्सन कमिसनले कारवाही गरेको रहेछ,’ उनले भने, ‘तर नेपाल सरकारका उच्चपदस्थ अधिकारी मलेसियाका उच्च पदस्थ अधिकारीसँग मिलेर खडा गरिएको सिन्डिकेट प्रणाली अन्तर्गत अनाधिकृत रूपमा गरीब मजदूर नेपालीबाट उठाइएको सम्बन्धमा नेपालमा कुनै पनि खालको अनुसन्धान किन हुँदैन ?’ 

यो प्रश्न आफूले पाएको मेलमा भएको सिलवालले दाबी गरे । ‘मलेसियाका ठूला राजनीतिक नेतृत्वमाथि कारवाही हुँदा नेपालमा एउटा मुसालाई समेत सोधपुछ किन नहुने ?’ सिलवालले प्रश्न गरे, ‘अनुसन्धानको दायरामा नल्याएको देख्दा नेपालमा ‘स्टेट अफ इम्प्युनीटी’ त छैन भनेर अन्तर्राष्ट्रिय जगतमा नेपालको प्रतिष्ठामाथि आघात पुग्ने देखिएको हुँदा यसमा संलग्न उच्चपदस्थ अधिकारी र संरक्षण गर्ने राजनीतिक नेतृत्वलाई पनि अनुसन्धानको दायरामा ल्याइयोस् भन्न जोडदार माग गर्न चाहन्छु ।’

hAMROPATRO BELOW NEWS
TATA Below
पुस ७, २०८०

नेपालीहरुको रोजगारीको आकर्षक गन्तव्य बनेको दक्षिण कोरियाका लागि आवेदकको बाढी देखिएको छ । ईपीएस मार्फत कोरिया जान १ लाख ४३ हजारभन्दा बढी नेपाली युवाले आवेदन फाराम  दिएका हुन् ।   ईपीएस को...

पुस १३, २०८०

 पानीजहाज निर्माण क्षेत्रमा आवेदन गरेका परीक्षार्थीले उत्पादन क्षेत्रको भाषा परीक्षामा पनि निवेदन दिन पाउने भएका छन् । वैदेशिक रोजगार विभागले आज एक सूचना जारी गरी उक्त व्यवस्था भएको जनाउँदै आवेदन बुझाउने म्...

कात्तिक १७, २०८०

नेपाली सेनाले अधिकृत क्याडेट पदका लागि दरखास्त आह्वान गरेको छ । सेनाको भर्ना छनोट निर्देशनालय, जंगी अड्डाले शुक्रबार अधिकृत क्याडेट पदका लागि आवेदन आह्वान गरेको हो ।  नेपाली सेनामा रिक्त २२९ अधिकृत प...

मंसिर २२, २०८०

नेपाली सेनाले रिक्त पद पदपूर्तिका लागि आवेदन माग गरेको छ । भर्ना छनोट निर्देशनालय जंगी अड्डाले सूचना प्रकाशित गर्दै रिक्त पदमा आवेदन आह्वान गरेको हो ।  सूचनामा उल्लेख भएअनुसार प्राविधिक र विविध सेवातर्...

माघ १५, २०८०

काठमाडौं-तराई-मधेश द्रुतमार्ग सडक आयोजनाले करारमा कर्मचारी माग गरेको छ । आयोजनाले सोमबार सूचना जारी गर्दै वृक्षारोपण हेरालु पदमा कर्मचारी माग गरेको हो ।  सूचना प्रकाशित भएको १५ दिनभित्र आवेदन आह्वान...

कात्तिक २७, २०८०

ओखलढुंगा पलापुका तुलबहादुर माझी सोमवार दिउँसो हतार-हतारमा थिए । आफ्नी बहिनीसँगै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेका उनी ओमान जाँदै थिए ।  तिहारको मध्य दिनमा देश छाड्नु पर्दा न दिदीबहिनी खुशी थि...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x