एकैदिन हजार रुपैयाँले बढ्यो सुनको भाउ, कति पुग्यो मूल्य ?

काठमाडौं– नेपाली बजारमा सुनचाँदीको मूल्य बढेको छ । बुधवार  छापावाल सुन प्रतितोला ७३ हजार ५ सय रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासँघले जनाएको छ । मंगलवारको तुलनामा बुधवार सुनको मूल्य १ हजार रुपैयाँले बढेको हो । मंगलवार सुन प्रतितोला ७२ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो । 

त्यस्तै बुधवार तेजावी सुन प्रतितोला ७३ हजार २ सय रुपैयाँमा कारोबार भैरहेको छ । 

महासँघका अनुसार, आज चाँदी प्रतितोलामा ९ सय ४० रुपैयाँमा कारोबार भैरहेको छ । मंगलवारको तुलनामा बुधवार चाँदीको   मूल्य ४५ रुपैयाँले बढेको हो । चाँदी मंगलवार ८ सय ९५ रुपैयाँमा कारोबार भएको थियो । 


Advertisement

कमेन्ट गर्नुहोस्