×

NMB BANK
NIC ASIA

मूल्य घटाएपछि गैँडाछाप सिमेन्टको बिक्री बढ्यो

भदौ २८, २०७६

NTC
Premier Steels

गाईघाट–उदयपुर सिमेन्ट उद्योगबाट उत्पादित गैँडाछाप सिमेन्टको मूल्य घटाएसँगै गैँडाछाप सिमेन्टको बिक्री ह्वात्तै बढेको छ । प्रतिबोरा रु ८०३.४३ मा बिक्री हुने गरेको उदयपुर सिमेन्ट उद्योगबाट उत्पादित गैँडाछाप सिमेन्टको मूल्य पच्चीस रुपैयाँ घटाएर प्रतिबोरा रु ७७८.४३ मा बिक्री गर्न थालेपछि गैँडाछाप सिमेन्टको बिक्री ह्वात्तै बढ्न पुगेको उदयपुर सिमेन्ट उद्योग प्रशासनले जनाएको छ ।

Muktinath Bank

प्रतिदिन चार हजार बोरादेखि छ हजार बोरासम्म बिक्री हुने गैँडा छाप सिमेन्टको मूल्य केही दिनअघि घटाएसँगै अहिले प्रतिदिन १० हजार बोराभन्दा माथि बिक्री हुने गरेको उदयपुर सिमेन्ट उद्योगका निमित्त महाप्रबन्धक नवलकिशोर साहले बताएका छन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

देशमा अन्य सिमेन्टको पनि मूल्य घटेका कारण गैँडा छाप सिमेन्टको पनि मूल्य घटाइएको र मूल्य घटाए लगत्तै सिमेन्ट बिक्रीमा दोब्बरले वृद्धि भएको पनि उद्योग प्रशासनले बताएको छ । अहिले उदयपुर सिमेन्ट उद्योगबाट उत्पादन गरिएको गैँडाछाप सिमेन्टको बिक्रेता डिलर भएका प्रदेश नं १, प्रदेश २, प्रदेश ३ र प्रदेश नं ४ मा बिक्री भइरहेको पनि उद्योग प्रशासनले बताएको छ ।


Advertisment
Nabil box
Kumari

दैनिक पूर्ण क्षमतामा ८०० मेट्रिकटन सिमेन्ट अर्थात् १६ हजार बोरा उत्पादन गर्दै आएको यस उद्योगमा अहिले पनि झण्डै एक लाख बोराभन्दा बढी सिमेन्ट स्टक रहेका छन् । सिमेन्टको उत्पादनमा तीव्रता आइरहेका बेला मूल्य घटाएसँगै बिक्रीमा पनि दोब्बरले वृद्धि भएको उद्योग प्रशासनले बताएको छ ।
 

Vianet communication
hAMROPATRO BELOW NEWS
TATA Below
बैशाख १६, २०८१

महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री भगवती चौधरीले ढुक्क भएर लगानी गर्न आग्रह गरेकी छिन् । आजदेखि शुरू भएको लगानी सम्मेलन २०२४ का अवसरमा सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले यस्तो बताएकी हुन् । ...

मंसिर ४, २०८०

कर्मचारीलाई तलब खुवाउन समेत नसक्ने अवस्थाबाट गुज्रेको नेपाल वायु सेवा निगम (एनएसी)ले आर्थिक अवस्था सुधारेर अन्तर्राष्ट्रिय उडानका लागि विमान खरिद गर्दा लिएको ऋणको किस्ता तिर्न शुरू गरेको छ । लामो समय घाटामा रहे...

फागुन ३०, २०८०

अर्थमन्त्री वर्षमान पुन 'अनन्त' समेत मुछिएको १३८ किलो सुन तस्करीको फाइल पर्याप्त अनुसन्धानविनै सरकारी वकिलको कार्यालयमा पुगेको छ । अर्थमन्त्रीका रूपमा पुन आएलगत्तै भन्सार विभागले पर्याप्त अनुसन्धानविनै फा...

बैशाख ८, २०८१

काभ्रेपलाञ्चोक– अरनिको राजमार्गअन्तर्गत भक्तपुरको सूर्यविनायकदेखि काभ्रेपलाञ्चोकको धुलिखेलसम्मको सडक विस्तार योजनाको काम तीव्ररुपमा भइरहेको छ । सडक विस्तार आयोजनाले भने पुरानै शैलीका ढल व्यवस्थापनलाई निरन्तर...

फागुन २९, २०८०

एक वर्षको बीचमा भएको १३८ किलो सुन तस्करीका नाइके जीवनकुमार गुरुङ हाल अर्थ मन्त्रालय मातहत रहेको भन्सार विभागको हिरासतमा छन् । लामो समय फरार रहेका गुरुङलाई यही फागुन १४ गते काठमाडौंको सामाखुशी क्षेत्रबाट ...

बैशाख ३, २०८१

नेपाल विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले विश्व बैंकको लगानी रहेको ढल्केबर सबस्टेसन निर्माणका क्रममा आफ्नो स्वार्थ जोडिएको कम्पनीलाई कानूनविपरीत ठेक्का दिएको पाइएको छ । करिब ४ करोड बराबरको...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

x