कात्तिक २७, २०८०
तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...
काठमाडौं – एसियामा नेपाल प्रहरी तेस्रो स्थानमा रहेको नेपाल प्रहरीका प्रवक्ता वरिष्ठ प्रहरी महानिरीक्षक विश्वराज पोखरेलले बताएका छन् ।
अमेरिकाको न्यूयोर्कमा गैरआवासीय नेपालीले राखेको अन्तर्क्रियालाई सम्बोधन गर्दै पोखरेलले नेपाल प्रहरी एसियामा तेस्रो रहेको बताए ।
‘नेपाल प्रहरी अहिले एसियामा तेस्रो स्थानमा छ । नेपालमा कसैलाई पनि सुरक्षा छैन भन्ने समस्या छैन । नेपाल प्रहरी शान्ति सुरक्षाको हिसाबले पनि, कानून पालना गर्ने हिसाबले पनि र जनताको प्रहरीप्रति बढेको अपेक्षाको हिसाबले पनि अग्रपंक्तिमा छ,’ उनले भने ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको अनुुसन्धानमा नेपाल प्रहरीमा सबैभन्दा कम ०.०१ प्रतिशत मात्रै भ्रष्टाचार रहेको देखाएको उनले बताए । ‘हिजोका दिनमा नेपाली प्रहरीप्रति रहेको गुनासोको प्रहरीले सम्बोधन गर्दै गइराखेको छ । प्रहरीले दिने सेवा र जनताले लिने सेवाको बीचमा कति ग्याप छ ? त्यो ग्यापलाई कसरी घटाउने ? ग्याप किन भयो ? जनताको अपेक्षा के हो ? प्रहरीले गर्नुपर्ने कुरा के हो ? प्रहरीको व्यावसायिकता चुकेको छ कि ? चरित्रमा चुकेका छौं कि ? यी सबै कुरामा अनुसन्धान गरिएको छ,’ डीआइजी पोखरेलले कार्यक्रममा भने ।
नेपाली जुन देशमा बसेपनि नेपालको इज्जत र प्रतिष्ठाका साथ उन्नति र प्रगति गर्दा खुशी तुल्याउने डीआईजी पोखलले बताए । ‘नेपाल भूमिमा उन्नति र प्रगति गर्नु नै नेपालीहरूको लागि गौरव र खुशीको कुरा हुन्छ । तपाईंहरू विदेशमा बसेर पनि नेपालको विकासको लागि कति चिन्तित हुनुहुन्छ भन्ने कुरा म १ महिना अमेरिकामा रहँदा अनुभव गरेको कुरा हो,’ डीआईजी पोखरेलले भने ।
नेपाल विकासतर्फ लम्किरहेको बेलामा विदेशमा रहेका नेपालीको पनि भूमिका हुने भएकाले नेपालले लिएको ‘समृद्ध नेपाल, सुखी नेपाली’ अभियानलाई सफल पार्न ठूलो भूमिका निर्वाह गर्न आग्रह गरे । ‘विदेशमा रहँदा सामान्य कर तिर्न मानसिकरुपमा तयार हुने अथवा कमाएको केही प्रतिशत कर तिर्नुपर्छ भन्ने कुरामा तयार हुने तर नेपालमा सामान्य ट्राफिक नियम उल्लंघन गर्दा जरिवाना तिर्नुपर्छ भन्ने जान्दाजान्दै पनि नतिर्दा अझ आफू शक्तिशाली देखिन्छु भन्ने मानसिकताको अन्त्य हुनुपर्छ,’ पोखरेलले गुनासो गर्दै भने, ‘मुलुक बनाउनको लागि विश्वभरका नेपाली एक भएको अवस्था छैन । मुलुक बन्नुपर्छ भन्ने सबैमा छ तर एकसाथ कसैले भनेको देखिएको छैन ।’
डीआईजी पोखरेल नेपाल प्रहरीको तर्फबाट तालिमका लागि अमेरिका गएका थिए ।
तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...
मोरङमा २२ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा ग्रामथान गाउँपालिका १ लखनतरी टावर चोकका १८ वर्षीय किशोर रहेका छन् । उनलाई शुक्रवार दिउँसो पक्राउ गरिएको प्र...
पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...
आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...
बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...
मकवानपुरको मनहरि गाउँपालिका–८ हेटौंडा–नारायगढ सडकखण्डको सिमपानीमा रोकिराखेको एक ट्रकमा अवैधरूपमा ल्याइएको लागूपदार्थ गाँजा फेला परेपछि ट्रकसहित चालकलाई स्थानीय प्रहरीले नियन्त्रणमा लिएको छ...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...