×

NMB BANK
NIC ASIA

संविधान निर्माणपछि अलि कति पनि निराश हुनुपर्ने ठाउँ छैन– नेम्वाङ

असोज २, २०७६

NTC
Premier Steels

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (नेकपा) संसदीय दलका उपनेता सुवाचन्द्र नेम्वाङले संविधान निर्माण भएको चार वर्षमा महत्वपूर्ण आधार खडा गरेको हुँदा निराश हुनुपर्ने ठाउँ नरहेको बताएका छन् ।

Muktinath Bank

चौथो अधिवेशनअर्थात् बजेट अधिवेशनको समापनका अवसरमा उनले संविधानकै आधारमा उभिएर समग्र विकास गर्न सक्ने अवस्था रहेको बताए ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

“नेपाली इतिहासमा संविधानका लागि अब राजनीतिक आन्दोलन गर्नुपर्ने आवश्यकता रहेन, समृद्ध नेपाल निर्माणका लागि आधार तयार गरेका छौँ”, उनले भने, “जनताका लागि जनताकै प्रतिनिधिले बनाएको नेपालको संविधानले विश्व इतिहासमै शीर ठाडो हुने र छाती फुल्ने काम गरेका छौं, अति कति पनि निराश हुनुपर्ने ठाउँ छैन ।”


Advertisment
Nabil box
Kumari

नेता नेम्वाङले संविधान कार्यान्वयनका क्रममा भएका केही कमीकमजोरी सच्याएर अघि बढ्नुपर्नेमा जोड दिए ।

Vianet communication

 पूर्वसभामुख नेम्वाङले चौथो अधिवेशनमा संविधान कार्यान्वयनको महत्वपूर्ण चरणको कानून निर्माण गरेको र ७० वर्ष लामो जनताको भावनालाई मूर्तरुप दिँदै सत्तापक्ष र प्रतिपक्ष सबै लिएर अहिलेको अवस्थामा ल्याउनु महत्वपूर्ण काम भएको स्पष्ट पारे ।

“नेपालको संवैधानिक इतिहासमा यसअघिका संविधानका स्रोत तत्कालीन शासक थिए तर वर्तमान संविधानको स्रोत जनता नै हुन्,” नेता नेम्वाङले भने, “अहिलेको संविधानको प्रस्तावनामा नै हामी सार्वभौमसत्ता नेपाली जनता, संविधानसभाबाट नै संविधान बनाएर घोषणा गर्छौं भनेर लेखिएको छ, नेपालको इतिहासमा पहिलोपटक जनताका लागि जनताले बनाएको संविधान हो ।”
 
नेपालको इतिहासमा महत्वपूर्ण काम सम्पन्न गरेको उल्लेख गर्दै उनले संविधान कार्यान्वयन गरेर यहाँसम्म आइपुग्दा प्रतिपक्ष, सत्तापक्ष सबै एकता भएर कार्यान्वयन गर्ने सिलसिलामा अगाडि गरेको स्मरण गरे । संविधानअनुसार तीन तहको निर्वाचन सम्पन्न गरी मौलिक अधिकारका कानून तीनवर्षभित्र बनाउनु ठूलो सफल गरेको उल्लेख गर्दै शान्ति प्रक्रियाको बाँकी रहेको सङ्क्रमणकालीन न्यायको काम पनि छिट्टै निष्कर्षमा पुर्‍याउने उल्लेख गरे ।

“सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगमा कानून नयाँ पदाधिकारी ल्याउने तयारी भइरहेको छ”, नेता नेम्वाङले भने, “अन्तर्राष्ट्रिय कानून, सर्वोच्च अदालतको फैसला र सरोकारवाला पक्षसँग छलफल गर्ने अन्तिम गृहकार्य गरेर टुङ्ग्याछौँ, एक वर्षमा नसकिए, दुई वर्षभित्र काम काम सम्पन्न गर्नेछौँ ।”

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २२, २०८०

दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...

मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

कात्तिक २०, २०८०

नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x