×

NMB BANK
NIC ASIA

सेवालाई सम्मान

सुदूर पहाडकी ‘मदर टेरेसा’ कलुदेवी : निःस्वार्थ सेवा गर्दा देशकै उत्कृष्ट स्वयंसेविका

असोज ४, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

धनगढी – डडेल्धुरा जिल्लाको अजयमेरु गाउँपालिका–५ गालकी ६५ वर्षीया कलुदेवी खड्कालाई आफ्नो दुब्लो र कमजोर शरीरको बिल्कुलै पर्वाह थिएन, थियो त केवल मानव सेवाको भाव ।

Muktinath Bank

जहिले पनि कम्मरमा डोरी, हातमा हँसिया र झोलामा महिला तथा बालबालिकालाई आवश्यक पर्ने औषधि, भिटामिन, परिवार नियोजनका साधन ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

घरबाट निस्कँदा जहिले पनि घाँसपात गर्न हँसिया र डोरीसँगै झोलामा औषधि बोक्न छुटाउँदैनथिन् उनी । घाँसपात गर्दा होस् वा खेतबारीमा काम गर्दा होस्, मेला, जात्रा, जुन ठाउँमा पनि उनी महिला र बालबालिकाको स्वास्थ्यका विषयमा सचेत गराउँदै हिँडेकी भेटाउन सकिन्थ्यो ।


Advertisment
Nabil box
Kumari

उनको त्यहीँ कर्म र लगनशीलताको फल स्वरुप उनी देशकै सर्वोत्कृष्ट स्वयंसेविकामा छनौटमा परिन् । भदौ १८ गते एक कार्यक्रमबीच शिक्षा तथा विज्ञान प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले कलुदेवीलाई देशकै उत्कृष्ट स्वयंसेविकाका रुपमा नेपाल सरकारका तर्फबाट दोसल्ला ओढाएर सम्मान गरे । उनी सम्मानित भएको समाचार सुनेपछि गाउँले खुशी भए ।

Vianet communication
Laxmi Bank

‘आफ्नो कार्यक्षेत्रमा उहाँले बाल मृत्युदर, मातृ मृत्युदर, घरमा सुत्केरी हुने, कुपोषण लगायतका क्रियाकलाप शून्यमा झार्नुभएको थियो,’ अजयमेरु गाउँपालिका प्रमुख उमेशप्रसाद भट्टले भने, ‘२३ वर्षको उहाँको सेवा साँच्चिकै लोभलाग्दो थियो । घरको जिम्मेवारीसँगै गाउँघरमा उहाँलाई सदैव अभिभावकका रुपमा स्वास्थ्य सम्बन्धी चेतना फैलाउने अभियन्ताका रुपमा समाजले चिनेको थियो । महिला स्वास्थ्य स्वयंसेविकाको भूमिकाभन्दा उहाँले धेरै माथि उठेर महिला र बालबालिकाको स्वास्थ्यका लागि काम गर्नुभएको छ ।’ 

स्थानीय शिक्षक कृष्णदत्त पन्त पनि कलुदेवीको सेवाबाट प्रभावित छन् । साविक देवल गाविसको जुनसुुकै गाउँमा पनि गर्भवती, सुत्केरी महिला, कुपोषित बालबालिका, हिंसाबाट पीडित महिलाका विषयमा जानकारी पाउने बित्तिकै कलुदेवी त्यहाँ पुग्ने गरेको बताउँदै स्थानीय शिक्षक पन्तले भने, ‘साक्षर पनि हुन् नसकेकी एक ग्रामीण वृद्ध महिलाको सेवाभाव र साहस वास्तवमै सम्झनयोग्य छ ।’ निःस्वार्थ रुपमा सेवा गरियो भने १ दिन समाजले मात्र होइन, देशले नै मूल्यांकन गर्छ भन्ने उदाहरण भएकी छन् दुर्गम गाउँकी महिला स्वास्थ्य स्वयंसेविका ।

कुनै समय आफैं पनि घरेलु हिंसामा परेकी कुलदेवीले साविक देवल गाविसका पूर्व अध्यक्ष भीमबहादुर खड्कासँग विवाह गरेपछि सामाजिक सेवामा संलग्न हुने मौका पाएकी हुन् । शुरूमा महिला तथा बालबालिकाका लागि वकालत गर्ने पारालिगल कार्यक्रममा प्रशिक्षण पाएपछि उनमा रहेको सेवाभावले झन् प्रोत्साहन पायो । पतिले पनि उनलाई सामाजिक सेवा गर्ने प्रेरणा दिन थालेपछि कुलदेवी खड्का सामाजिक सेवामा सक्रिय भएकी हुन् ।

‘सेवा गर्नुपर्छ भन्ने भावनाले आफूले जाने बुझेका कुरा गाउँका अरु महिला दिदीबहिनीलाई बुझाएँ,’ कलुदेवीले भनिन्, ‘यसका लागि महिला स्वयंसेविका भएपछि मलाई काम गर्न निकै सजिलो भयो ।’ 

आजभन्दा २५ वर्षअघि घरघरमा पुगेर महिलालाई स्वास्थ्य सम्बन्धी, सरसफाइ सम्बन्धी, परिवार नियोजन सम्बन्धी कुरा सम्झाउँदा धेरैले उनलाई गाली गर्थे । कसैले जिब्रो टोकेर यस्ता कुरा नगर्नू भनी हप्काएको पनि उनी सम्झिन्छिन् ।

विगत सम्झँदै खड्काले भनिन्, ‘उतिबेला समाजमा सचेतनाको कुरा गर्नु जोखिम मोल्नु जस्तै थियो । बिस्तारै रुढीवादी कुरा हट्दै गए । अहिले त महिलाहरू धेरै सचेत भइसकेका छन् । सेवा गरेपछि १ दिन मेवा अवश्य मिल्दो रहेछ ।’

जब उनले देशकै उत्कृष्ट स्वयंसेविकाको रुपमा सम्मानित हुने खबर सुनिन्, उनमा हर्षको सीमा रहेन । जीवनको उत्तराद्र्धमा पनि उनलाई उनको कर्मले हौस्याएको छ ।

‘जहाजमा काठमाडौं पुगेर मन्त्रीबाट सम्मानित हुन पाइएला भन्ने कल्पना समेत गरेकी थिइनँ,’ सेवा गर्दागर्दै वृद्ध भइसकेकी कलुदेवीले भनिन्, ‘आफ्नो धर्म सम्झेर सेवा गरे, यो सम्मानले यो उमेरमा सेवा गर्ने उत्साह र प्रेरणा झन् थपिएको छ ।’

विशेषगरी पतिको सहयोगले आफूले यसरी सेवा गर्न पाएको उनले बताइन् । ‘पारिवारिक वातावरण र सहयोग भयो भने महिलाले धेरै गर्न सक्छन्,’ खड्काले भनिन्, ‘तर अझै पनि ग्रामीण क्षेत्रमा महिला र पुरुषमा विभेद हट्न सकेको छैन ।’

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १४, २०८०

काठमाडौं- खान–पिनमा शौकीन व्यक्तिलाई कुनै विशेष खाद्य पदार्थको लाभ तथा हानीबारे जानकारी हुँदैन । उनीहरुलाई त्यो कुराले फरक पनि पर्दैन । किनकी त्यस्ता व्यक्तिलाई जुन खानेकुराको स्वाद मनपर्यो, त्यसलाई नखाइ ...

कात्तिक २५, २०८०

कानेगुजीलाई बेवास्ता नगर्नुस् । यसले एमआरआई र एक्सरे नगरिकनै तपाईंको स्वास्थ्य समस्याका बारेमा बताइदिन्छ । १  तपाईंको कानेगुजीले गर्दा कान असाध्यै चिलाउँछ र तपाईं कान कन्याइरहनुहुन्छ भने तपाईंमा संक्रमण ...

कात्तिक १९, २०८०

धेरै मानिसको मुटुरोगका कारण मृत्यु हुन्छ । आजकल त युवा अवस्थामै मुटुरोग वा हृदयघात भएर मर्ने व्यक्तिको संख्या बढ्दो छ । तर हृदयघात हुँदैछ भनी सचेत गराउने संकेतहरू शरीरले पहिल्यै दिन्छ । हुन त सबैलाई यस्त...

मंसिर १७, २०८०

मुख शरीरको महत्वपूर्ण अंग हो । खान, बोल्न र हाँस्नमा मुखको विशेष भूमिका हुन्छ । त्यसैले मुखको सरसफाइमा कुनै लापरबाही गर्नुहुँदैन । मुखको सफाइ नगर्दा गन्ध आउने मात्रै होइन, दाँत र गिजामा विभिन्न रोग निम्तिन पनि...

कात्तिक २६, २०८०

काठमाडौं— भुइँमा बस्न छोडेको कति वर्ष भयो ? बस्न र खाना खान पनि तपाईं कुर्सीकै प्रयोग गर्नुहुन्छ, हैन त ? अब भुइँमा सुत्नुभएको छ भनी प्रश्न सोध्दा तपाईं हाँस्नुहुन्छ होला । पहिला हाम्रा पूर्खाहरू भुइँमा ...

पुस २८, २०८०

काठमाडौंको चन्द्रागिरिस्थित सेतो पहरामा शनिवार दिउँसो कार दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ । काठमाडौंबाट चित्लाङका लागि छुटेको प्रदेश - ३ - ०१ - ०२३ च ६९८५ नम्बरको कार दुर्घट...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

x