×

NMB BANK
NIC ASIA

क्रिकेटका कारण आँखाको ज्योति गुमाएका विष्ट क्रिकेटमै रमाउँदै

असोज ५, २०७६

NTC
Premier Steels

भीमदत्तनगर– न्यून दृष्टियुक्त क्रिकेट खेलाडी नरेन्द्र विष्ट गरीबी र कष्टकर दैनिकीबीच अध्ययन र खेलकूदलाई निरन्तरता दिँदै आएका छन् । 

Muktinath Bank

बैतडीको सुर्नया गाउँपालिका–२ ग्वानीका १८ वर्षीय यतिबेला कञ्चनपुरको भीमदत्तनगरस्थित कभर्ड हलमा क्रिकेट सिकिरहेका छन् । विष्टसँगै सुदूरपश्चिम प्रदेशका ३१ महिला तथा पुरुष क्रिकेट खेलाडी अभ्यासमा जुटेका छन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

कैलालीको धनगढीस्थित ‘कैलाली बहुमुखी क्याम्पस’मा अध्ययनरत विष्टको दैनिकी अरु क्रिकेट खेलाडीको भन्दा कष्टपूर्ण छ । विसं २०६२ मा मामाको सहयोगमा विष्ट अध्ययनका लागि धनगढीस्थित पञ्चोदय विद्यालय भर्ना भएका थिए । त्यहाँ उनले ब्रेललिपिमा शिशु कक्षाबाट अध्ययन शुरु गरेका हुन् । विष्टले एसइईसम्मको अध्ययन सोही विद्यालयबाट पूरा गरे ।


Advertisment
Nabil box
Kumari

“बुबाले घरमा मजदूरी गरेर जेनतेन परिवारको खर्च चलाइरहनुभएको छ”, विष्टले भने, “मैले पनि दौडधूप गरी अध्ययन र खेलकूद सँगसँगै अघि बढाएको छु ।” विष्ट जन्मजात नै न्यून दृष्टियुक्त व्यक्ति होइनन् । बाल्यकालमा दुवै आँखा कमजोर भएका विष्टको बायाँ आँखाले २०६८ सालदेखि पूरै देख्न छाड्यो । “स्कुलमा क्रिकेट हेर्दा बल लागेर बायाँ आँखामा चोट लाग्यो”, उनले भने, “बिस्तारै बायाँ आँखाले नदेख्ने भएँ ।” 

Vianet communication

क्रिकेटका कारण आँखाको ज्योति गुमाए पनि उनले क्रिकेट खेल्न भने छाडेनन् । विष्टले कक्षा ५ पढ्दा नै क्रिकेट खेल्न थालेका हुन् । उनले सुदूरपश्चिम प्रदेशबाट छनोट भई २०७४ सालमा राष्ट्रिय क्रिकेट प्रतियोगितासमेत खेलिसकेका छन् । उनको टोली तेस्रो भयो । “बलिङ र ब्याटिङ राम्रै थियो, टोलीमा पर्न सफल भएँ ।” हाल उनी भीमदत्तनगरमा चलिरहेको प्रशिक्षणमा सहभागी छन् । उनी क्रिकेट अभ्यास गर्नकै लागि दिनहुँ झण्डै ६० किलोमिटर यात्रा गरी धनगढीबाट महेन्द्रनगर आउने गरेका छन् । 

विष्ट धनगढीस्थित रुबस होटलमा राति भाँडा माझ्ने र भान्सा स्याहार्ने काम गर्छन् । कैलाली बहुमुखी क्याम्पसबाट प्रविणता प्रमाणपत्र तह उत्तीर्ण गरी स्नातक तह अध्ययनको तयारीमा रहेका विष्ट होटलमा मजदूरी गरी क्याम्पस पढ्ने तयारीमा जुटेका छन् । उनले अन्य जागिरका लागि धैरै प्रयास गरे पनि सफल भएनन् । धनगढीस्थित क्याम्पस रोडमा मासिक रु दुई हजार ५०० भाडा तिरेर बस्दै आएका विष्ट भाडा तिर्न मामाले सघाउने गरेको बताउँछन् । 

रातभर होटलमा काम गरी विष्ट बिहान क्रिकेट अभ्यासका लागि कञ्चनपुरतर्फ लाग्छन् । उनले २०७४ सालमा झण्डै १० महीना क्याम्पसले नै सञ्चालन गरेको ‘रेडियो केमसी’मा साप्ताहिक कार्यक्रमसमेत चलाए ।

स्नातकमा नेपाली विषय लिएर अध्ययन गर्ने योजना बनाएका विष्टले ब्रेललिपिमा क्याम्पसस्तरको पाठ्यपुस्तक नपाउँदा समस्या भएको बताए । उनले परीक्षाका बेला सहयोगी राख्ने गरेका छन् । विष्ट प्रतिभावान् र मेहनती खेलाडी भएको क्रिकेट प्रशिक्षक नरेन्द्र निरौलाले बताए। 

नेत्रहीन सङ्घको पहलमा देशभरि खेलाडी खोजी अभियान सञ्चालन गरिएको थियो । अन्य प्रदेशको तुलनामा सुदूरपश्चिममा धेरै खेलाडी भेटिएको निरौलाले बताए । सङ्घकै आयोजनामा भीमदत्तनगरमा प्रशिक्षण सञ्चालनमा छ । आगामी मङ्सिरसम्म राष्ट्रिय प्रतियोगिताको तयारीमा जुटेको उनले बताए । शेरबहादुर सिंह,रासस

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १७, २०८०

यूएईलाई ८ विकेटले पराजित गरेर नेपाल सन् २०२४ मा अमेरिका र वेस्ट इन्डिजमा हुने टी–ट्वान्टी विश्वकपमा छनोट हुँदै गर्दा एउटा दृश्यले सबैको ध्यान तान्यो ।  सामाजिक सञ्जालदेखि अन्तर्राष्ट्रिय स्तरसम्म चर्चा...

मंसिर ३, २०८०

अष्ट्रेलियाले छैटौँ पटक आईसीसी एक दिवसीय विश्वकप क्रिकेटको उपाधि जितेको छ । आइतबार घरेलु टोली भारतलाई ६ विकेटले पराजित गर्दै अष्ट्रेलियाले उपाधिमाथि कब्जा जमाएको हो । हमादाबादस्थित नरेन्द्र मोदी स्टे...

कात्तिक २१, २०८०

चितवनको भरतपुरस्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला बागमती प्रदेश सरकार र भरतपुर महानगरपालिकाले मिलेर बनाउने सहमति गरेका छन् । प्रदेशको ७० प्रतिशत र महानगरको ३० प्रतिशत लगानीमा बनाउने सहमति भएको हो ।...

मंसिर ३, २०८०

फाइनलअघि १० खेलमा १० जीत, व्यक्तिगततर्फ सर्वाधिक रन (विराट कोहली- ७६५), अनि सर्वाधिक विकेट (मोहम्मद शमी- २४) को बलमा तेस्रोपटक विश्वकप विजेता बन्ने भारतको सपना सपनामै सीमित रहन पुगेको छ । अहमदावादस्थित नर...

मंसिर ३, २०८०

आईसिसी एकदिवसीय क्रिकेट विश्वकप फेरि एक पटक अष्ट्रेलियाले जितेको छ । यससँगै घरेली मैदानमा उपाधि जित्ने भारतको सपना चकनाचुर बनेको छ ।   अष्ट्रेलियाले आज अहमदाबादमा भएको फाइनलमा भारतलाई छ विकेटले पर...

कात्तिक १८, २०८०

एकदिवसीय विश्वकपमा वर्षाले खेल रोकेपछि पाकिस्तानलाई फाइदा भएको । पाकिस्तानले डीएलएस मेथडमा न्युजिल्यान्डलाई २१ रनले पराजित गरेको हो । न्युजिल्यान्डले दिएको ४०२ रनको विशाल लक्ष्य पछ्याउने क्रममा पाकिस्तानले २५....

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x