×

NMB BANK
NIC ASIA

पत्नीको आत्महत्या दुरुत्साहनबाट मुक्ति पाएपछि बिहे, कान्छीसँग खटपट हुँदा छोरीसहित आत्महत्या !

असोज ६, २०७६

NTC
Sarbottam
प्रतिकात्मक तस्वीर
Premier Steels
Marvel

धनगढी – पत्नीलाई ‘आत्महत्या दुरुत्साहन’ गरेको अभियोगमा थुनामा परेका एक व्यक्तिले दोस्रो वैवाहिक सम्बन्ध पनि नटिकेपछि कैलालीमा ३ वर्षीया छोरीको हत्या गरी आत्महत्या गरेका छन् ।

Muktinath Bank

जिल्लाको गौरीगंगा नगरपालिका–५ का रामबहादुर कलेलले छोरीलाई विषादी खुवाएर हत्या गरी आफूले पनि विषादी सेवन गरेर आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरीक्षक दक्षकुमार बस्नेतका अनुसार मृतक कलेलले ३ वर्षीया छोरी अनुष्कालाई विष खुवाएपछि आफू पनि सेवन गरेर आत्महत्या गरेको बताए ।


Advertisment
Nabil box
Kumari

प्रहरीका अनुसार गत वैशाख १६ गते घर झगडाकै कारण कलेलकी पहिलो पत्नी सरिता कलेलले कोठामै झुन्डिएर आत्महत्या गरेकी थिइन् । सरिताको मृत्युपछि रामबहादुरविरुद्ध सरिताको माइती पक्षले आत्महत्या दुरुत्साहनको मुद्दा दर्ता गराएका थिए ।

Vianet communication
Laxmi Bank

सरिताका माइती पक्षले दुरुत्साहनमा मुद्दा दर्ता गरेपछि जेठ २६ गते जिल्ला अदालत कैलालीले कलेललाई पुर्पक्षका लागि कारागार चलान गरेको थियो । साउन २२ गतेको अदालतको इजलासले उनलाई निर्दोष ठहर गरेपछि उनी छुटेका थिए ।

गौरीगंगा नगरपालिकाको बडैपुर बजारमा कस्मेटिक पसल सञ्चालन गरेका कलेलले जेलबाट छुटेपछि १ महिनाअघि कान्छी पत्नी भित्र्याएका थिए तर कान्छी पत्नीसँग पनि सम्बन्ध जम्न नसकेपछि दिनहुँ झैझगडा हुने गरेको बडैपुरका स्थानीय व्यापारी गंगा शर्मा बताउँछन् ।

तर अदालतबाट सफाइ पाएको व्यक्तिले छोरीको हत्यापछि आत्महत्या किन गर्‍यो भन्ने कुरा रहस्यमय बनेको छ । यसबारेमा प्रहरीले अनुसन्धान शुरू गरेको प्रहरी नायव उपरीक्षक बस्नेतले बताए । उनले अदालतको फैसलामा ‘सुसाइट नोट’ लेखेर आत्महत्या गरेको प्रहरीले घटना थप रहस्यमय रहेको प्रहरीको भनाइ छ । मृतक बुवाछोरीको शव सेती अञ्चल अस्पताल धनगढीमा राखिएको छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

x