×

NMB BANK
NIC ASIA

महरालाई पक्राउ गर्ने तयारी, सांसद पक्राउसम्बन्धी यस्तो छ संवैधानिक व्यवस्था

असोज १९, २०७६

NTC
Premier Steels

काठमाडौं– यौन दुर्व्यवहारको आरोप लागेका निवर्तमान सभामुख एवं सांसद कृष्णबहादुर महरालाई पक्राउ गर्न अदालतको स्वीकृतिपछि प्रहरीले पक्राउको तयारी अघि बढाएको छ ।

Muktinath Bank

संसद् सचिवालयमै काम गर्ने महिला कर्मचारीमाथि यौन दुर्व्यवहार गरेको आरोपमा सभामुख पदबाट राजीनामा दिएका महरालाई पक्राउ गरेर हिरासतमा राख्न काठमाडौं जिल्ला अदालतले आइतवार नै स्वीकृति दिएको थियो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

न्यायाधीश ब्रजेश प्याकुरेलको एकल इजलासले महरालाई पक्राउ गरी अनुसन्धान गर्न अनुमति दिएको हो ।


Advertisment
Nabil box
Kumari

सभामुखबाट राजीनामा दिएपनि महरा बहालवाला सांसद हुन् ।

Vianet communication

सांसद पक्राउ गर्न के छ संवैधानिक व्यवस्था ?

संविधानको धारा १०३ मा संसद्को विशेषाधिकारसम्बन्धी व्यवस्था छ, जसले 'संसद्‍मा बोलेको कुनै पनि कुरा, दिएको मत आदिका आधारमा सांसदलाई पक्राउ गरी थुनामा राख्न वा अदालतमा कारवाही चलाउन पाइँदैन' भन्छ ।

तर, धारा १०३ कै उपधारा (६) मा फौजदारी अभियोग लागेका सांसदलाई पक्राउ गर्न सकिने उल्लेख छ । पक्राउको सूचना भने सम्बन्धित सभाको अध्यक्षता गर्ने व्यक्तिलाई तुरुन्त दिनुपर्ने हुन्छ ।

उपधारा (६) मा भनिएको छ–'संघीय संसदको कुनै पनि सदस्यलाई अधिवेशन बोलाइएको सूचना जारी भएपछि अधिवेशन अन्त्य नभएसम्मको अवधिभर पक्राउ गरिनेछैन ।

तर, कुनै फौजदारी अभियोगमा कुनै सदस्यलाई संघीय कानूनबमोजिम पक्राउ गर्न यस उपधाराले बाधा पुर्‍याएको मानिने छैन । त्यसरी कुनै सदस्य पक्राउ गरिएमा पक्राउ गर्ने अधिकारीले त्यसको सूचना सम्बन्धित सदनको अध्यक्षता गर्ने व्यक्तिलाई तुरुन्त दिनुपर्नेछ ।'

अहिले संघीय संसद्को अधिवेशन अन्त्य भएको अवस्था छ । महरा सदस्य रहेको प्रतिनिधि सभाको अध्यक्षता उपसभामुख शिवमाया तुम्बाहाम्फेले गरिरहेकी छन् ।

यसरी सदस्यलाई पक्राउ गरेको सूचना प्राप्त भएपछि संसद्को अध्यक्षता गर्ने व्यक्तिले सदनलाई गराउनुपर्ने प्रतिनिधि सभा नियमावलीमा उल्लेख छ ।

सदन चालू नरहेको अवस्थामा भने सूचना पत्रमा सूचना प्रकाशन गरी जानकारी गराउनुपर्ने नियमावलीको नियम २२५ मा उल्लेख गरिएको छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

कात्तिक १८, २०८०

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् ।  विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...

कात्तिक २२, २०८०

दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...

मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

कात्तिक २०, २०८०

नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...

मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

x