×

NMB BANK
NIC ASIA

यी हुन् बारम्बार भोक लाग्नुका कारण

असोज २१, २०७६

NTC
Premier Steels

बिहान टन्न भात खाएपनि केही मानिसलाई छिनछिनमा भोक लागिरहेको हुन्छ । पेटको भोक शान्त पार्न तपाईं हलुका भोजन गर्नुहोला तर त्यो खाएको आधी घन्टामा फेरि भोक लाग्छ । त्यसो त भोक लाग्नु राम्रै हो तर आवश्यकताभन्दा बढी भोक लाग्नुमा कुनै रोग कारण हुनसक्छ । 

Muktinath Bank

यी कारणहरू चिन्नुको साटो केही मानिस पगितो खान्छन् जसले गर्दा पाचनतन्त्र कमजोर हुन थाल्छ । तपाईंलाई पनि खाना आएपछि पेट खाली भएको लाग्यो भने यो समस्यालाई बेवास्ता नगर्नुस् । यसपछिका कारण जान्ने कोशिश गर्नुस् । यहाँ हामी बारम्बार भोक लाग्ने कारणका बारेमा बताउँदैछौं ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

प्रोटीन र फाइबरको कमी
भोजनमा प्रोटीन र फाइबर सही मात्रामा हुनुपर्छ । खानामा यसको कमी भएमा व्यक्तिको पेट भरिन्न र जतिखेर पनि भोक लागेजस्तो हुन्छ । प्रोटीन र फाइबरयुक्त खानेकुरा खाँदा पेट भरिएजस्तो हुन्छ । 


Advertisment
Nabil box
Kumari

क्यालोरीको कमी
शरीरलाई काम गर्नका लागि सम्पूर्ण आहार जरूरी हुन्छ । कम क्यालोरीयुक्त भोजनले छिट्टो भोक लगाउँछ । जतिखेर पनि खाना नखाएको अनुभव हुन्छ । त्यसैले क्यालोरीले भरपूर खानेकुरा खानुस् । 

Vianet communication

अधूरो निद्रा
प्रत्येक व्यक्तिले कम्तीमा आठ घन्टा सुत्नुपर्छ । यसो गर्दा व्यक्ति ऊर्जाशील हुन्छ । पूरा निद्रा लिँदा पेट ठीक रहन्छ र बारम्बार भोक लाग्दैन । 

बिहान नाश्ता नगर्ने
केही मानिस बिहानको खाना खाँदैनन् । यसले गर्दा शरीरमा विभिन्न किसिमका समस्या आउँछन् र जतिखेर पनि भोक लागेजस्तो हुन्छ । नाश्तामा प्रोटीनयुक्त खानेकुरा संलग्न गर्दा बारम्बार भोक लाग्ने समस्या हट्छ । 

छिटोछिटो खाने
केही मानिस हतार हतारमा खाना खान्छन् । नचपाइकन खाँदा खानेकुरा पच्दैन । अनि पेटसम्बन्धी समस्या आइलाग्छ । त्यसैले खानेकुरा जहिलेपनि चपाएर खानुस् । खाना जति राम्ररी पच्छ, त्यति कम भोक लाग्छ ।
मधुमेह जस्ता रोगका कारण, कम पानी पिउने कारण, तनावका कारण, पेटमा कीरा परेका कारण अनि महिलाहरूलाई गर्भावस्थामा बारम्बार भोक लाग्छ । 

एजेन्सी

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २५, २०८०

कानेगुजीलाई बेवास्ता नगर्नुस् । यसले एमआरआई र एक्सरे नगरिकनै तपाईंको स्वास्थ्य समस्याका बारेमा बताइदिन्छ । १  तपाईंको कानेगुजीले गर्दा कान असाध्यै चिलाउँछ र तपाईं कान कन्याइरहनुहुन्छ भने तपाईंमा संक्रमण ...

कात्तिक २१, २०८०

काठमाडौं- आलु भान्सामा अनिवार्य रुपमा पाइने परिकार हो । आलु, अन्य सागसव्जी, तरकारीमा मिसाएर मात्र नभइ तरकारी बनाएर उसीनेर तारेर आदी विभिन्न तरिकारले पकाउन सकिन्छ ।  विश्वभर नै आलुको बढी प्रयोग हुने ...

कात्तिक १९, २०८०

धेरै मानिसको मुटुरोगका कारण मृत्यु हुन्छ । आजकल त युवा अवस्थामै मुटुरोग वा हृदयघात भएर मर्ने व्यक्तिको संख्या बढ्दो छ । तर हृदयघात हुँदैछ भनी सचेत गराउने संकेतहरू शरीरले पहिल्यै दिन्छ । हुन त सबैलाई यस्त...

कात्तिक १६, २०८०

स्वस्थ फ्याट, भिटामिन र मिनरलले भरिएको ओखर खाँदा मस्तिष्कको स्वास्थ्य राम्रो हुन्छ र स्मरणशक्ति पनि बढ्छ । त्यसबाहेक शरीरको समग्र स्वास्थ्यका लागि पनि यो लाभदायक छ । ओखरमा प्रोटीन, क्याल्सियम, म्याग्नेसियम, आइरन, फस्फो...

मंसिर १७, २०८०

मुख शरीरको महत्वपूर्ण अंग हो । खान, बोल्न र हाँस्नमा मुखको विशेष भूमिका हुन्छ । त्यसैले मुखको सरसफाइमा कुनै लापरबाही गर्नुहुँदैन । मुखको सफाइ नगर्दा गन्ध आउने मात्रै होइन, दाँत र गिजामा विभिन्न रोग निम्तिन पनि...

कात्तिक १६, २०८०

काठमाडौं –छिट्टै उर्जा प्रदान गर्ने फलको रुपमा चिनिने केराले तपाईलाई स्वस्थ्य मात्रै राख्दैन, केही जटिल प्रकारका रोगबाट पनि बचाउँछ ।  पूर्ण रुपमा पाकेको केराले तपाईको शरीरलाई धेरै प्रकारका र...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x