×

NMB BANK
NIC ASIA

शुभ दीपावली

देशभर झिलिमिली तिहार : लोडसेडिङ हुन नदिन कुलमानको टीम रातदिन ‘हाई अलर्ट’

कात्तिक ८, २०७६

NTC
Premier Steels

काठमाडौं – वर्षाैंसम्म लोडसेडिङको मार खेपेका नेपाली त्यो पीडा अझै बिर्सिएका छैनन् । विगत केही वर्षदेखि नियमित लोडसेडिङ भने हटेको छ ।

Muktinath Bank

विद्युत् बढी खपत हुँदा भने लोड धान्न नसकेको भन्दै आकस्मिक लोडसेडिङ हुने गरेको छ । आजदेखि शुरू भएर दिपावलीका बेला स्वाभाविक रुपमा विद्युत्को खपत बढ्ने नै छ । त्यसो भए तिहारमा लोडसेडिङ हुन्छ त ?


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

नेपाल विद्युत् प्राधिकरणले यसपालिको तिहारमा देशभर नै आवश्यकता अनुसार विद्युत् उपलब्ध गराउने र आकस्मिक लोडसेडिङ नहुने जनाएको छ । तिहारमा प्राधिकरणसँग भएका सबै उपकरण सञ्चालन गरेर झिलिमिली बत्ती बाल्न पाइने गरी बन्दोबस्त मिलाइएको विद्युत् भार प्रेषण केन्द्रका प्रमुख सुरेश भट्टराईले जानकारी दिए ।


Advertisment
Nabil box
Kumari

नेपाल विद्युत् प्राधिकरणले तिहारमा १ हजार २ सय मेघावाट विद्युत् खपत हुने अनुमान गरेर विद्युत्को व्यवस्था मिलाएको छ । नेपाल विद्युत् प्राधिकरण र निजी क्षेत्रको लगानीमा सञ्चालित विद्युत् परियोजनामार्फत दैनिक करीब १ हजार ४७ मेघावाट विद्युत् उत्पादन भइरहेको प्राधिकरणले जनाएको छ । 

Vianet communication

विद्युत् भार प्रेषण केन्द्र प्रमुख भट्टराईले प्राधिकरणले १ हजार ४ सय मेघावाटसम्म विद्युत् खपतको लागि व्यवस्था गरेको बताए । ‘नेपाल विद्युत् प्राधिकरणले भारतसँग आवश्यक विद्युत् खरिद वा बिक्री गर्र्न सक्ने समझदारी गरेको छ । जसअनुसार आन्तरिक रुपमा उत्पादन भएको विद्युत्ले देशभरको आवश्यकतालाई नपुग्दा भारतबाट थप आपूर्ति हुने व्यवस्था प्राधिकरणले गरेको छ,’ उनले भने, ‘यतिबेला नेपालका नदीमार्फत फूल फेजमा विद्युत् उत्पादन भइरहेको छ । आवश्यकता बढ्यो भने प्राधिकरणले आयात लाइनहरूलाई पनि प्रयोग गर्छ ।’

नेपाल विद्युत् प्राधिकरणले २४ सै घण्टा सबै प्लान्टमा मर्मत टीम खटाइरहने उनले बताए । ‘तिहार भनेको बत्तीको पर्व हो । यो पर्वमा औद्योगिक प्रयोजनभन्दा पनि घरायसी प्रयोजनमा विद्युत् खपत बढी हुन्छ । यो पर्वलाई ख्याल गरेर हामीले इन्जिनियरको नेतृत्वमा ‘इमर्जेन्सी मर्मत टीम’ बनाएर ‘हाई अलर्ट’ राखेका छौं,’ उनले भने ।

विद्युत् आपूर्तिमा कुनै समस्या हुन नदिने व्यवस्था प्राधिकरणले गरेकाले झिलिमिलीका साथ तिहार मनाउन सकिने प्रमुख भट्टराईले बताए । विद्युत् अपुग भएको अवस्थामा प्राधिकरणले टनकपुर–महेन्द्रनगर, रामनगर–नवलपरासी, रक्सौल–वीरगञ्ज, ढल्केवर–मुजफ्फपुर र दुहवी–कुशवा विद्युत् स्टेसनमार्फत आवश्यक विद्युत् खरिद गर्न सक्ने व्यवस्था मिलाएको छ । आवश्यक परेका बेला २४० देखि २९० मेघावाट विद्युत् ढल्केवर स्टेसनबाट नै लिनसक्ने व्यवस्था भएको नेपाल विद्युत् प्राधिकरणकी सूचना अधिकारी लिलाकुमारी अर्यालले जानकारी दिइन् ।

गत वर्षको तिहारमा नेपाल विद्युत् प्राधिकरणले १ हजार ३ सय मेघावाट विद्युत् खपत हुने अनुमान गरेकोमा १ हजार १ सय मेघावाट मात्रै विद्युत् खपत भएको थियो । गत वर्षको तिहारमा विद्युत् प्राधिकरणले मशिन तथा औजार नचलाउन आग्रह गरेको थियो तर यसपालिको तिहारमा प्राधिकरणले मशिन, औजार चलाएर, झिलिमिली बत्ती बालेर नै दीपावली मनाउन सकिने जनाएको छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

कात्तिक २०, २०७४

काठमाडौँ, २२ चैत –निर्वाचन आयोगले न्यायपरिषद्को परामर्शमा ७५ जिल्लाका जिल्ला न्यायाधीशलाई मुख्य निर्वाचन अधिकृत नियुक्त गरेको छ । आगामी वैशाख ३१ गते हुने स्थानीय तह निर्वाचनका लागि आयोगले उनीहरुलाई मुख्...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

x