×

NMB BANK
NIC ASIA

नेपाली एटीएमबाट पैसा लुट्ने चिनियाँ ह्याकर जेल चलान

कात्तिक २१, २०७६

NTC
फाइल फोटो
Premier Steels

काठमाडौं– दरबारमार्गस्थित नबिल बैंकको एटीएमबाट पैसा चोरी गर्दैगर्दा पक्राउ परेका चिनियाँ ह्याकरहरू पुर्पक्षका लागि जेल चलान भएका छन् ।

Muktinath Bank

उच्च अदालत पाटनको वाणिज्य इजलासले पक्राउ परेका ६ चिनियाँ नागरिकलाई पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको महानगरीय प्रहरी परिसरका प्रमुख उत्तमराज सुवेदीले बताए ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

चिनियाँ नागरिक लिन जियानमेङ, लुओ जियालेइ, झु लियानग्याङ, क्वी युनकिङ, चेन बिनबिन र फ्रेन्च नागरिक सु–लुसिङलाई थुनामा पठाएको सुवेदीले बताए ।


Advertisment
Nabil box
Kumari

पाटन उच्च अदालतले चिनियाँ ह्याकरलाई सहयोग गरेको आरोप लागेका ठमेल स्थित डिस्को र नेपालय मनी एक्सचेञ्जका देवनाथ लामिछाने, रोशन प्रधान र रेवती दवाडीलाई २६/२६ लाख धरौटीमा रिहा गरेर मुद्दाको पुर्पक्ष गर्न आदेश दिएको छ ।

Vianet communication

पक्राउ परेका चिनियाँ नागरिकको साथबाट १ करोड २६ लाख २९ हजार ४५ नेपाली रुपैयाँ, ९ हजार १ सय ८ अमेरिकी डलर, १ हजार १ सय ९१ चिनियाँ युवान, २ सय ५० यूरो, ५ हजार क्याम्बोडिन मुद्रा र ८० हङकङ डलर फेला परेको थियो । 

नक्कली एटीएम कार्ड १ सय ३२ थान, सक्कली एटीएम कार्ड १८ थान, कार्ड प्रिन्टर मेसिन १ थान, ल्यापटप, सामसुङ मोबाइल र डाटा कार्ड १/१ थान प्रहरीले बरामद गरेको थियो । 

नेपाल राष्ट्र बैंकले १ करोड ६७ लाख रुपैयाँ ह्याक गरी चोरी भएको जनाएको थियो ।
 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

साउन ६, २०७८

मकवानपुरको मनहरि गाउँपालिका–८ हेटौंडा–नारायगढ सडकखण्डको सिमपानीमा रोकिराखेको एक ट्रकमा अवैधरूपमा ल्याइएको लागूपदार्थ गाँजा फेला परेपछि  ट्रकसहित चालकलाई स्थानीय प्रहरीले नियन्त्रणमा लिएको छ...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x