×

NMB BANK
NIC ASIA

सरकारको विरोध गर्नुस्, व्यवस्थाको होइन – मन्त्री जम्मकट्टेल

कात्तिक २८, २०७६

NTC
Premier Steels

प्रदेश नं ३ का आन्तरिक मामिला तथा कानूनमन्त्री शालिकराम जम्मकट्टेलले सरकारको विरोध गर्ने नाममा व्यवस्थाकै विरोध गर्नुनहुने बताएका छन् । नेपाली जनताको बलिदानीपूर्ण सङ्घर्षका कारण प्राप्त वर्तमान राजनीतिक व्यवस्थालाई नै नकारात्मक असर पर्ने गरी सञ्चारमाध्यमले समाचार तथा विचार सम्प्रेषण गर्नु नहुने उनको धारणा थियो ।

Muktinath Bank

फ्रिडम फोरमले आज हेटौँडामा आयोजना गरेको ‘पत्रकार सुरक्षा र दण्डहिनता’ विषयको कार्यक्रममा मन्त्री जम्मकट्टेलले राज्यका विभिन्न निकायसम्म पहुँच नपुगेका नागरिकको आवाज बोल्नुपर्ने बताए । मन्त्री जम्मकट्टेलले स्वतन्त्रता, न्याय र समानताको कुरा बुलन्द गरेर समाजवाद निर्माणको यात्रा तय गर्नुपर्ने धारणा राखे ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

उनले पहुँच नपुगेका र तल्लोस्तरका जनताको अवस्था सारै कमजोर भएको बताए । यस्तै अवस्था कतिपय पत्रकारभित्र पनि रहेको र यो विभेदको अन्त्य जरुरी भएको मन्त्री जम्मकट्टेलको धारणा थियो ।


Advertisment
Nabil box
Kumari

यस्तो अवस्था आउनुमा विगतदेखिको सोच र नबदलिएको मानसिकता र प्रणालीको दोष भएको उनले बताए । मन्त्री जम्मकट्टेलले पत्रकारको सुरक्षाप्रति प्रदेश सरकार संवेदनशील रहेको र प्रेस स्वतन्त्रता तथा पत्रकारको उचित बेतनका लागि आफू विगतदेखि नै लागि परिरहेको उल्लेख गरे ।

Vianet communication

कार्यक्रममा मकवानपुरका प्रमुख जिल्ला अधिकारी प्रेमराज जोशीले पत्रकारलाई समाचार सङ्कलनका लागि संवेदनशील क्षेत्रमा जाँदा प्रशासनलाई जानकारी गराएर जान अनुरोध गरे । प्रशासन वा प्रहरीसँग समन्वय गरेर जाँदा सुरक्षाका कारण उत्पन्न हुने जोखिम कम हुने उनको धारणा थियो ।

प्रदेश नं ३ प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक शेरबहादुर बस्नेतले पत्रकारलगायत आमनागरिकको सुरक्षाको सवालमा प्रहरी सङ्गठन सदा सकारात्मक रहेको बताए । पत्रकार महासङ्घ प्रदेश नं ३ का अध्यक्ष प्रताप विष्टले पत्रकारले किन सुरक्षा ‘थ्रेट’ को सामना गरेका छन् भन्ने गहिरो मूल्याङ्कन हुनुपर्ने धारणा राखे ।

पत्रकारलाई धम्की आउँदा किन आएको हो भन्ने छुट्याउनै समस्या भएको तथा पत्रकारकै पक्षमा बोल्ने वा नबोल्ने भनेर परिभाषित गर्नै समस्या भएको विष्टले बताए । सञ्चारिका समूह प्रदेश नं ३ का अध्यक्ष तथा पत्रकार महासङ्घ मकवानपुर उपाध्यक्ष सरिता दाहालले महिला पत्रकारको सुरक्षा कमजोर भएको बताए ।

महिलालाई यौनजन्य कुरा जोडेर हतोत्साहित पार्ने, परिवारको सर्थन नपाएर महिला पत्रकारले पेशा परिवर्तन गर्नुपर्ने बध्याता आएको उनको धारणा थियो ।

कार्यक्रममा फ्रिडम फोरमका मकवानपुर संयोजक राममणि दाहालले देशमा हालसम्म ९७ पत्रकारमाथि प्रेस विरोधी गतिविधि भएको पाइएको बताए । दाहालले प्रदेश ३ मा मात्रै ३७ घटना भएको तथ्याङ्क सार्वजनिक गरेका थिए ।

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x