×

NMB BANK
NIC ASIA

हिजो दिनभर : अतिक्रमित भूमि फिर्ता ल्याएरै छाड्ने प्रधानमन्त्री ओलीको प्रतिबद्धतादेखि निर्वाचन आयोगको चेतावनीसम्म

मंसिर २, २०७६

NTC
Premier Steels

नेकपा सचिवालय बैठक – प्रवास समन्वय कमिटीको नेतृत्व टुंगो लाग्यो
सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठकले प्रवास समन्वय कमिटीको इन्चार्जमा बिन्दा पाण्डेलाई चुनेको छ ।

Muktinath Bank

प्रवक्ता नारायणकाजी श्रेष्ठले बैठकपछि सञ्चारकर्मीसँग बोल्दै इन्चार्ज पाण्डेसँगै कमिटीमा अध्यक्ष, सचिव र सदस्यमा क्रमश युवराज चौलागाईं र श्रीप्रसाद शाह र तिलप्रसाद विकलाई चुनेको बताए ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

‘प्रवास कमिटी नबनाउने पार्टीको पहिल्यैदेखिको निर्णय हो,’ श्रेष्ठले भने, ‘तर प्रवासी नेपालीहरूको बीचमा सम्पर्क स्थापित गर्न, एकता र मेलमिलापको भावना प्रकट गर्न, हकहितको रक्षाको निम्ति समन्वय कमिटी बनाइएको हो ।’


Advertisment
Nabil box
Kumari

नेपालमा लगानीको प्रचुर सम्भावना छ– गभर्नर नेपाल

Vianet communication

नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जीवी नेपालले नेपालमा लगानीका प्रचुर सम्भावना रहेको बताएका छन् ।

मिडिया इन्टरनेसनल, काठमाडौंले भृकुटीमण्डपमा आयोजना गरेको तेस्रो बैंकिङ प्रदर्शनीको उद्घाटनका अवसरमा उनले लगानीको सम्भावना र बजार सुनिश्चित हुँदाहुँदै पनि युवा जमात विदेश पलायन हुनु मुलुकका लागि दुर्भाग्य भएको धारणा राखे ।

वैदेशिक विभागको पछिल्लो तथ्यांकमा विश्वका ८४ देशमा झन्डै ५० लाख युवा वैदेशिक श्रममा रहेको उल्लेख छ ।

रोजगारमा रहेका अधिकांश नेपाली युवामार्फत नेपालमा वार्षिक करीब ८ खर्ब विप्रेषण रेमिट्यान्स भित्रने गरेको छ ।  

वित्तीय चेतना अभिवृद्धि पुर्‍याउने उद्देश्यले आयोजना गरिएको उक्त कार्यक्रममा बैंक, बीमा र लघुवित्त संस्थाका गरी कूल ४८ अवलोकन तथा परामर्श कक्ष समावेश गरिएको छ ।


'गो ब्याक इण्डिया'को नारा लगाउँदै पाटन दरबार क्षेत्रमा स्कुले विद्यार्थीको प्रदर्शन

नेपाली भूमिलाइ समेटेर भारतले जारी गरेको नक्साको विरोधमा विद्यार्थीहरुले आइतवार विभिन्न स्थानमा प्रदर्शन गरेका छन् । 

नेविसंघले काठमाडौंको माइतीघर मण्डला तथा अमृत साइन्स क्याम्पसअगाडि प्रदर्शन गर्दा विभिन्न स्कुलका विद्यार्थीले पाटन दरबार क्षेत्रमा प्रदर्शन गरेका छन् । 

नेपाली राष्ट्रिय झण्डा बोकेका विद्यार्थीहरुले गो ब्याक इण्डियाको नारा लगाएका थिए । लिपुलेक, लिम्पियाधुरा तथा कालापानी क्षेत्र नेपाली भूमि भएको भन्दै उनीहरुले प्लेकार्ड बोकेका थिए ।

आइतवार नै एक कार्यक्रममा प्रधामनन्त्री केपी शर्मा ओलीले नेपाली भूमिबाट सेना फिर्ता लैजान छिमेकी देशलाई आग्रह गरेका थिए । 


 निर्वाचन आयोगको चेतावनी - आचारसंहिता पालना नभए अनुगमन समितिले कारवाही गर्ने

मङ्सिर १४ गते हुने उपनिर्वाचनका लागि निर्वाचन आयोगले लागू गरेको आचार संहिता पूर्णरुपमा पालना गर्न गराउन आग्रह गरेको छ ।

आइतवार एक विज्ञप्ति जारी गर्दै आयोगले निर्वाचन आचार संहिताको पालना नेपाल सरकार, प्रदेश सरकार, स्थानीय तह, सार्वजनिक संस्था, राजनीतिक दल, सम्बन्धित व्यक्ति, उम्मेदवार, आमसंचार माध्यम, निजी तथा गैर सरकारी संस्था तथा पर्यवेक्षक र उपनिर्वाचन हुने स्थानका कर्मचारीसमेतले गर्नुपर्ने बताएको हो ।

विज्ञप्तिमार्फत आयोगले उपनिर्वाचन हुने स्थानहरूमा नेपाल सरकार, प्रदेश सरकार, स्थानीय तह वा सार्वजनिक संस्थाले वार्षिक बजेट तथा कार्यक्रममा समावेश भएकाबाहेक नयाँ नीति, योजना, तथा कार्यक्रम गर्न नपाउने बताएको छ ।

त्यस्ता कार्यक्रमहरू घोषणा, स्वीकृति, उद्घाटन, सर्वेक्षण वा अनुगमन पनि निर्वाचन आयोगले जारी गरको निर्वाचन आचारसंहिताविपरित हुने आयोगको जिकिर छ ।

'यदि कसैले आचारसंहिता विपरित काम गरेको पाइएमा प्रत्येक जिल्लामा उजुरीको सुनुवाई तथा अनुगमनका लागि मुख्य निर्वाचन अधिकृतको संयोजकत्वमा रहेको आचार संहिता अनुगमन समितिले कारवाही अघि बढाउने छ,' आयोगको विज्ञप्तिमा उल्लेख छ ।

गत कात्तिक ८ गते नै आचारसंहिता शुरू भएको जानकारी गराउँदै आयोगले राजनीतिक दलहरूले आचारसंहिताका बुँदाहरू अक्षरसः पालना गर्न प्रतिबद्धतापत्रमा हस्ताक्षर गरिसकेको स्मरण गराएको छ ।

आगलागीमा परी ५६ खसी–बाख्रा तथा ५० भन्दा बढी परेवा जले

पर्साको पटेर्वासुगौली गाउँपालिकामा आज बिहान भएको आगलागीमा परी ठूलो सङ्ख्यामा चौपायाको मृत्यु भएको छ ।

गाउँपालिका–२ निवासी इदुमियाँ धुनियाको गोठमा भएको आगलागीमा ५६ खसी–बाख्रा र ५० वटाभन्दा बढी परेवाको जलेर मरेका छन् । 

लामखुट्टे धपाउन बालिएको घूरबाट आगो सल्की आगलागी हुँदा ठूलो सङ्ख्यामा चौपायाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

धुनियाको गोठमा भएको आगलागीमा परी बाख्राका पाठा १८, पाठी २६, बाख्रा आठ, विदेशबाट ल्याएका उन्नत जातको बोका दुई र ५० वटा परेवाको जलेर मृत्यु भएको प्रहरी नायब उपरीक्षक गौतम थापाले जानकारी दिए । उनले आगलागीबाट धुनियाको गोठ र त्यसमा भएको सम्पूर्ण सामान जलेर नष्ट भएको बताए ।

बिहान १ बजे गोठमा भएको आगलागीबाट रु १५ लाखभन्दा बढीको क्षति भएको प्रहरीको अनुमान रहेको छ ।

प्रचण्ड भन्छन्– 'अबको युग, सुरुङ मार्गको युग'

सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले अबको युग टनेल (सुरुङ मार्ग)को युग भएको बताएका छन् । 

विकास निर्माणका कतिपय कुराहरू पुरानो भइसकेको भन्दै प्रचण्डले अब राजमार्गको ठाउँमा टनेल बनाउने, रेल पनि फास्ट स्पीडको कुदाउने र पर्यटकीय सम्भावना पनि नयाँ ढंगबाट खोज्नुपर्ने बताएका हुन् । 

आइतवार राजधानीमा आयोजित राष्ट्रिय युवा संघको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै प्रचण्डले नेपाल राजमार्गको युगमा नभई टनेलको युगमा रहेको बताएका हुन् ।

'हामी राजमार्गको युगमा होइन, टनेलको युगमा छौं,' प्रचण्डले भने, '२०० किलोमिटरलाई सय किलोमिटरमा झार्ने, रेल पनि पुरानो खालको होइन हाई स्पीडको कुदाउने जस्ता कामहरू हाम्रो प्राथमिकतामा हुनेछन् ।'

बालुवाटार पुगेर सचिनले भेटे प्रधानमन्त्री ओली
भारतका महान् क्रिकेटर सचिन तेन्दुल्करले प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटेका छन् ।

युनिसेफको सद्भावना दूतकारूपमा युनिसेफकै कार्यक्रमअन्तर्गत नेपाल आएका तेन्दुल्करले बालुवाटार पुगेर प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटेका हुन् ।

भेटको फोटो तथा जानकारी प्रधानमन्त्री ओलीको आधिकारिक ट्वीटर ह्याण्डिलबाट समेत उपलब्ध गराइएको छ ।

उपनिर्वाचनको नतिजा जनमत सङ्ग्रह जस्तै – प्रदीप पौडेल

नेपाली काँग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले देशमा बढिरहेका विकृति, विसङ्गति र भ्रष्टाचारको अन्त्यका लागि पनि जनमत जाहेर गर्न उपनिर्वाचनलाई जनमत सङ्ग्रहको रुपमा लिन सकिने बताएका छन्।

स्की क्षेत्र नं २ मा हुने प्रतिनिधिसभा सदस्यको निर्वाचनको चुनाव प्रचारप्रसार कार्यक्रमअन्तर्गत आइतवार पोखरा महानगरपालिका–३३ मा घरदैलोमा सहभागी बन्दै उनले सरकारले जनअपेक्षाअनुसार काम गर्न नसकेको आरोप लगाए।

सरकार लोकतान्त्रिक संविधानका विपरीत अघि बढेको बताउँदै उनले न्यायालयलाई कमजोर बनाउने, प्रेस स्वतन्त्रता हनन् गर्ने जस्ता कार्यमा उद्यत रहेको धारणा राखे। पार्टीले चुनाव प्रचारप्रसारका क्रममा आइतवार पोखरा महानगरपालिका–३३ भरतपोखरीमा आफ्नो घरदैलो गरेको छ ।

काँग्रेसका तर्फबाट उम्मेदवार खेमराज पौडेलले ८८ वर्षीय होमनाथ आचार्यबाट आशीर्वाद लिएर पोखरा–३३ मा घरदैलो शुरू गरेका हुन् । 

सीमा अतिक्रमण गरेको विरोधमा माइतिघर मण्डलामा नेविसंघको प्रदर्शन

भारतले नेपाली भूभाग अतिक्रमण गरेको विरोधमा नेपाली कांग्रेस निकट विद्यार्थी संगठन नेविसंघले माइतीघर मण्डलामा प्रदर्शन गरेको छ ।

संगठनले भारतले आफ्नो नक्सामा पारेको लिपुलेक र कालापानी फिर्ताको माग गर्दै आइतवार मण्डामा प्रदर्शन गरेका हुन् । 

प्रदर्शनमा गो ब्याक इण्डिया, कालापानी हाम्रो हो लगायतका नारा लगाएका थिए । 
 

प्रधानमन्त्रीले भने– भारतलाई नक्सा सच्याउन लगाउने मात्र होइन हाम्रो भूमि फिर्ता ल्याउँछौं

प्रधानमन्त्री केपी शर्मा ओलीले भारतबाट अतिक्रमित भूमि फिर्ता ल्याएरै छाड्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) निकट राष्ट्रिय युवा संघको राष्ट्रिय भेलालाई आइतवार राजधानीमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले मिचिएको भूमि फिर्ता ल्याउने प्रतिबद्धता व्यक्त गरेका हुन् ।

'हामीलाई अरूको पनि जमिन चाहिएन, हामीले पनि एक इञ्च दिँदैनौं,' प्रधानमन्त्री ओलीले भने, 'हाम्रो भूमिबाट छिमेकीले विदेशी सेना फिर्ता लैजाऊन् ।'

प्रधानमन्त्री ओलीले नेपालको भूमि जसरी पनि फिर्ता ल्याउने जिकिर गरे ।

'हामी हाम्रो भूमि फिर्ता ल्याउँछौं,' उनले भने, 'कतिपयले नक्सा सच्याउनुपर्‍यो भनेका छन् नक्सा सच्याउने मात्र होइन सरकारले हाम्रो भूमि फिर्ता ल्याउँछ ।’

स्तम्भकार रिजाललाई मातृशोक

वरिष्ठ पत्रकार एवं लोकान्तर डटकमका स्तम्भकार कमलप्रसाद रिजाललाई मातृशोक परेको छ ।

गोरखापत्रका पूर्व सम्पादक समेत रहेका रिजालकी ८८वर्षीया आमा हस्तकुमारी रिजालको शनिवार काठमाडौंको टोखा गैरीगाउँमा निधन भएको हो ।

स्वर्गीय रिजालका ४ छोरा देवराज रिजाल, कमल रिजाल, बुद्धिप्रसाद रिजाल र नारायण रिजाल तथा ३ छोरी सीतादेवी सापकोटा, गायत्रीदेवी ढुङ्गाना र नारायाणीदेवी तिमिल्सिना छन् ।

स्वर्गीय रिजालको शनिवार नै पशुपति आर्यघाटमा अन्तिम संस्कार गरिएको छ ।

रक्सी खाएर प्रहरीसँग झगडा गर्दा पक्राउ परेका सेनाका जवानको चौकीबाट भाग्न खोज्दा मृत्यु

अस्थायी  प्रहरी चौकी इच्छाकामना गाउँपालिका–३ फिस्लिङको बरण्डाबाट हामफालेर भाग्ने क्रममा आज एक जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा इच्छाकामना गाउँपालिका–५ घर भएका २८ वर्षीय राम कँडेल रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

उनी नेपाली सेनाको वर्दबहादुर गण सिन्धुलीमा जवानका रूपमा कार्यरत रहेका थिए ।

कार्यालयका अनुसार चौकी भवनको बरण्डाबाट भाग्ने क्रममा हामफाल्दा उनी गम्भीर घाइते भएका थिए । घाइते कँडेलको उपचारका क्रममा आज बिहान भरतपुर अस्पतालमा मृत्यु भएको हो ।

सिर्जनाका छोरा प्रसिद्धसँगको सेल्फी राख्दै बिनाले लेखिन्, ‘ह्याप्पी बर्थ डे छोरा प्रसिद्ध’

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको जेठो नाति प्रसिद्ध दाहालको जन्मदिनको अवसरमा खानेपानी तथा सरसफाइ मन्त्री बिना मगरले दुई छोराको फोटो राखेर जन्मदिनको शुभकामना दिएकी छन् ।

प्रसिद्ध प्रचण्ड पुत्र स्व. प्रकाश दाहाल र सिर्जना त्रिपाठीपट्टिका छोरा हुन्, उनी हजुरबुवा–हजुरआमासँग खुमलटारमा नै बस्दै आएका छन् ।

प्रकाशले बिनासँग विवाह गरेयता सिर्जना भने पोखरास्थित माइतीमा नै बस्दै आएकी छन् ।

आफ्नो छोरा प्रणव र सिर्जनाका छोरा प्रसिद्धलाई काखमा राखेर बिनाले लेखेकी छिन्– ‘ह्याप्पी बर्थडे छोरा प्रसिद्ध ।’

बिनाले दाजुभाइ प्रसिद्ध र प्रणव खेलिरहेको तस्वीर समेत राखेकी छन् ।

प्रचण्ड पुत्र प्रकाशको २०७४ मंसिर ३ गते निधन भएको थियो ।

प्रकाशको स्मृति दिवसको दुई दिनअघि छोरा प्रसिद्धको जन्मदिन परेको हो ।

नेकपाले मात्र कालापानी फिर्ता गर्न सक्छ : नारायणकाजी

सरकारको नेतृत्व गरिरहेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का प्रवक्ता एवं पूर्व परराष्ट्र मन्त्री नारायणकाजी श्रेष्ठले कालापानी लगायत भारतले मिचेको नेपाली भूमि फिर्ता गर्न सरकार दृढतापूर्वक लागिपरेको बताएका छन । नेकपाले मात्र अतिक्रमित भूमि फिर्ता गर्न सक्ने उनको दावी छ । 

भक्तपुरको चागुनारायणमा आइतवार चुनावी घरदैलो कार्यक्रमलाई सम्वोधन गर्दै प्रवक्ता श्रेष्ठले कालापानी लगायत भारतले मिचेको भूमि फिर्ता गराइने बताएका हुन । उनले राष्ट्रिय स्वाधीनताको रक्षाका लागि नेकपालाई चुनावमा जितान अपील गरे । 

भक्तपुर निर्वाचन क्षेत्र नम्बर १ (क)मा हुने प्रदेशसभा सदस्य उपनिर्वाचनको घरदैलो कार्यक्रममा नेकपा सांसद महेश बस्नेत लगायत सहभागि भएका थिए । मंसिर १४ गते हुने उपनिर्वाचनमा सो निर्वाचन क्षेत्रबाट डीपी ढकाल उम्मेदवार छन् । 

कालापानीको पक्षमा प्रदर्शन गर्न पनि नपाइने हो सरकार ?

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले कालापानीका पक्षमा गरिने प्रदर्शन सरकारलाई अस्वीकार्य भएको भन्दै आपत्ति जनाएका छन् l

आइतवार बिहान सामाजिक सञ्जाल ट्वीटरमा एक ट्वीट गर्दै शर्माले सरकारसँग जवाफ खोजेका छन् l

'कालापानीका पक्षमा प्रदर्शन पनि अस्वीकार्य हुन लागेको हो सरकार ?' शर्माले प्रश्न सोध्दै जवाफको अपेक्षा गरे l  

'राष्ट्रिय झण्डासँगै नेविसंघको झण्डा फहराउँदै, कालो बेलून उडाउँदै सडकमा निक्लदै गरेका विद्यार्थीलाई ठूलो संख्यामा बल प्रयोग गरेर अस्कल क्याम्पसको गेटमा रोक्ने प्रयत्न गरिएको छ,' शर्माले आफ्नो ट्वीटमा भनेका छन् l

मल्टिमिडिया तथा मोबाइल पत्रकारिता तालीम सम्पन्न

सञ्चार रजिष्ट्रार प्रदेश नं ३ को कार्यालयले धुलिखेलमा आयोजना गरिएको ‘पत्रकारितामा नवीनतम प्रयोग प्रवर्द्धनका लागि मल्टिमिडिया तथा मोबाइल पत्रकारिता तालीम’ शनिबार सम्पन्न भएको छ ।

प्रदेश नं ३ का काभ्रेपलाञ्चोकलगायत सिन्धुपाल्चोक, रामेछाप, दोलखा र सिन्धुलीका पत्रकारको सहभागिता रहेको तालीममा मोबाइलबाट नै भिडियो खिच्ने, अडियो रेकर्ड गर्ने, इडिट गर्ने र मिक्सिङ गरी कार्यक्रम उत्पादन गर्ने तालीम दिएको हो ।

सो तालीम समापन कार्यक्रममा रामेछापका सहभागी मञ्जु उप्रेतीले तालीमबाट धेरै राम्रो ज्ञान लिन पाएको बताए।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २०, २०७४

काठमाडौँ, २२ चैत –निर्वाचन आयोगले न्यायपरिषद्को परामर्शमा ७५ जिल्लाका जिल्ला न्यायाधीशलाई मुख्य निर्वाचन अधिकृत नियुक्त गरेको छ । आगामी वैशाख ३१ गते हुने स्थानीय तह निर्वाचनका लागि आयोगले उनीहरुलाई मुख्...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x