×

NMB BANK
NIC ASIA

आर्थिक वर्षको शुरूमै घट्यो विदेशबाट आउने पैसा

मंसिर ६, २०७६

NTC
Premier Steels

काठमाडौं – चालू आर्थिक वर्षको प्रथम ३ महिना (साउन–असोज) मा विदेशबाट आउने पैसा (रेमिट्यान्स) घटेको छ ।

Muktinath Bank

राष्ट्र बैंकले बिहीवार सार्वजनिक गरेको प्रतिवेदनमा गर्त वर्षको यसै अवधिको तुलनामा यस वर्ष रेमिट्यान्स ४.९ प्रतिशत घटेको उल्लेख छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

गत वर्ष रेमिट्यान्स आप्रवाह ३७ प्रतिशत वृद्धि भएको थियो । मुलुकको अर्थतन्त्र चलाएमान बनाउने मूल इन्जिन मानिएको रेमिट्यान्स अब बढ्ने सम्भावना कम भएको व्यवसायी बताउँछन् ।  


Advertisment
Nabil box
Kumari

‘यसअघि दशैंमा २५–३० प्रतिशत बढ्ने गरेको थियो,’ नेपाल विप्रेषक संघका अध्यक्ष एवम् आईएमई रेमिटका प्रमुख कार्यकारी अधिकृत सुमन पोखरेल भन्छन्, ‘यो वर्ष त दसैं आएको र गएको नै थाहा भएन ।’ उनले यसरी चार्डपर्वको मौसममा पनि रेमिट्यान्स घट्नुको कारण खोजिरहेको बताए ।

Vianet communication

‘सबै वातावरण सकारात्मक हुँदासमेत रेमिट्यान्स घटेको छ । यसले अब रेमिट्यान्स उत्कर्षमा पुगेर घट्न थालेको संकेत गरेको छ,’ उनी भन्छन् । आजको अन्नपूर्ण पोस्ट दैनिकमा खबर छ ।

भन्सारमा कडाइ गर्नेदेखि सम्पत्ति शुद्धीकरणमा चनाखो भएको सरकारले अनौपचारिक अर्थतन्त्र खुम्च्याउन सफल भएको व्यवसायी बताउँछन् । यस्तो अवस्थामा पनि रेमिट्यान्स घट्नुले विदेशमा नेपालीको आम्दानी घटेको र विदेश जानेको संख्या नै कम हुँदाको असर देखिएको पोखरेल बताउँछन् । 

राष्ट्र बैंकले पनि गत वर्ष विदेश श्रम स्वीकृति लिनेको संख्या झण्डै ३५ प्रतिशत घटेको तथ्यांक सार्वजनिक गरेको छ । नेपालमा रेमिट्यान्स आय कटौती हुँदा आन्तरिक लगानी क्षमतामा समेत नकारात्मक प्रभावपर्ने बैंकर बताउँछन् ।

‘सरकारले पैसा खर्च गर्न सकेको छैन । निक्षेपको सबैभन्दा ठूलो स्रोत रेमिट्यान्स घट्दा बैंकमा पैसा अभाव झन् चर्किने अवस्था आउँछ,’ एक बैंकर भन्छन् । उनले यस्तो अवस्थाले स्वदेशी लगानी बढ्न नसक्ने र रोजगारी सिर्जना तथा उच्च आर्थिक वृद्धिको सरकारी लक्ष्यमा समेत प्रभाव पर्ने उनी बताउँछन् । 

राष्ट्र बैंकको तथ्यांकले पेट्रोलियम पदार्थ, मेसिनरी र पार्टपूर्जा तथा विद्युतीय उपकरणको आयात खुम्चिएको देखाएको छ । यस्तै कच्चा पाम तेल, स्टिलका पाता, कच्चा फलाम (बिलेट), यातायात उपकरण र पार्टपूर्जाको समेत आयात घटेको छ । 

पेट्रोलियम, मेसिनरी र औद्योगिक कच्चापदार्थको खपत घट्नुलाई अर्थतन्त्र संकुचनको बलियो आधार मानिन्छ । सरकारी अधिकारीले अर्थतन्त्रको विस्तार नघट्ने जिकिर गरिरहँदा केन्द्रीय बैंकको तथ्यांकले यस्तो देखाएको छ । 

मूलतः आयातमा निर्भर नेपाली अर्थतन्त्रमा उपभोग्य वस्तु बाहिरी विश्वबाट भित्र्याउने क्रम सुस्ताएको तथ्यांकले देखाउँछ । गएको साउनदेखि असार मसान्तसम्म ३ खर्ब ३४ अर्ब ९५ करोड रुपैयाँको वस्तु आयात भएको राष्ट्र बैंकको तथ्यांक छ । यो गतवर्षभन्दा ३८ अर्ब ६४ करोड रुपैयाँ (१०.३ प्रतिशत) कम हो । मुद्रा प्रदायको विस्तार कम भएको तथ्यांकले पनि आर्थिक गतिविधि कमजोर भएको संकेत गर्छ । 

hAMROPATRO BELOW NEWS
TATA Below
माघ २४, २०८०

कास्की प्रहरीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेसहित थप १८ जनाविरुद्ध अनुसन्धान  सुरु  गरेको  छ  ।  पोखराको  सूर्यदर्शन  बचत तथा ऋण सहकारी ठगी प्रकरणमा ...

फागुन ४, २०८०

ललिता निवास प्रकरणमा विशेष अदालतले बिहीबार फैसला गरेको छ । फैसला अनुसार ललिता निवासको हडपिएको जग्गा सरकारको नाममा आउने भएको छ।  अदालतले त्यसमा दोषीहरुलाई कैद र जरिवानको फैसला पनि गरेको छ ।  ...

मंसिर २५, २०८०

अस्पतालले मृत घोषणा गरी १५ घण्टासम्म शवगृहमा राखेर अन्तिम दाहसंस्कारका लागि घाट लैजान लागेका एक व्यक्ति जिवितै रहेको पाइएको छ। विराटनगरस्थित मेट्रो न्युरो अस्पतालले मृत्यु प्रमाणपत्रसमेत बनाएर १५ घण्टासम्म शवगृहमा...

माघ ३, २०८०

चालुु  आर्थिक  वर्ष  २०८०/८१  मा  नेपाली  श्रमिकका लागि मलेसियाको रोजगारी घटेको छ । गत आव २०७९/८० मा पहिलो श्रम गन्तव्य देश बनेको मलेसिया चालुु आवमा क्रमशः घटेर तेस्रो र चौथो ...

कात्तिक २४, २०८०

सवारीसाधन  सुविधा  प्राप्त  गर्ने  कर्मचारीलाई  इन्धनबापत नगद उपलब्ध गराउन सरकारले निर्देशिका जारी गरेको छ । सुशासन (व्यवस्थापन तथा सञ्चालन) ऐन, २०६४ को दफा ४५ ले दिएको अधिकार प्रयोग ...

कात्तिक २३, २०७८

विशेष  आर्थिक  क्षेत्र  (सेज)भित्र मदिरा,  सुर्तीजन्य  र  विस्फोटक  पदार्थ  उत्पादन  गर्ने  उद्योग स्थापना  गर्न  नपाइने  भएको  छ।  विश...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x