×

NMB BANK
NIC ASIA

लेनदेनमा सल्ट्याउन खोजिएको बालिका बलात्कारको घटना बाहिरियो, आरोपित फरार

मंसिर १२, २०७६

NTC
प्रतीकात्मक तस्वीर
Premier Steels

आर्थिक लेनदेनमा सल्टाउन खोजिएको बलात्कारको घटना एक महिनापछि सार्वजनिक भएको छ ।

Muktinath Bank

कैलालीको कैलारी गाउँपालिकामा १२ वर्षीया बालिकामाथि बलात्कार भएको घटना सार्वजनिक भएको हो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

जिल्ला प्रहरी कार्यालय कैलालीले सोही गाउँपालिकाका ५६ वर्षीय भागीराम चौधरी विरुद्ध बालिका बलात्कारको उजुरी परेको जनाएको छ ।


Advertisment
Nabil box
Kumari

आरोपितले घटना घटेको एक महिना पहिलैदेखि बालिकालाई चक्लेट र रुपैयाँ दिएर प्रलोभनमा पार्दै आएको र बलात्कार गरेको पीडित परिवारको दाबी छ । बालिकाकी बजैले भनिन् ‘नातिनी तीन दिनसम्म कोठा भन्दा बाहिर निस्कनै सकिन । पिसाब फेर्न बाहिर आउँदा हिडाइ पनि फरक देखेपछि सोधपुछ गर्दा थाहा पायौं ।’

Vianet communication

घटनापछि थालिएकी बालिका तीन दिनसम्म भोकै बसेको परिवारजनले बताएका छन् । ‘पछि शंका लागेर पीडकको घर गएर उसको (पीडक) श्रीमतीलाई सोधपुछ गर्यौं, नातिनीलाई के भयो ? तिमीहरूको घरमा खेल्न आउँथ्यो भनेर,’ बालिकाकी बजैले घटनाको प्रकृति सुनाइन् ।

अर्को दिन पीडकको श्रीमतीले नै आफ्नै श्रीमानबाट कार्तिक ३ गते बालिका बलात्कृत भएको घटना खुलाएको बालिकाकी बजैले जानकारी दिइन् । 'उसको (पीडक) श्रीमती हाम्रो घरमा आएर बुहारी (बालिकाकी आमा) लाई भनिन्, ‘श्रीमानलाई सोधीखोजी गर्दा सबै जना खेतमा धान काट्न गएको मौका छोपेर यौन सम्पर्क गर्यो, त्यसपछि झन हामी बलियो आधार पायौं,' उनले अगाडि थपिन् ।

घटनालगत्तै दीपावली भएको कारण उनीहरू शुरूमा गाउँमै घटना मिलाउनलाई खोजेको बुझिएको छ । कुरा नमिलेपछि ईलाका प्रहरी कार्यालय हसुलियामा मंसिरको पहिलो साता ठाडो उजुरी पेश गरेको बालिकाका आफन्तले बताएका छन् ।

ईलाका प्रहरी कार्यालयबाट नहुने भएपछि मंसिर ५ गते जिल्ला प्रहरी कार्यालय कैलालीमा उजुरी दर्ता गराएको बताइएको छ । तर उजुरी दर्ता भएको एक साता पुगिसक्दा समेत प्रहरीले पीडक भनिएका चौधरीलाई अनुसन्धानको दायरामा ल्याउन नसकेको पीडित परिवारले गुनासो गरेका छन् ।

यतिमात्रै नभई पीडक पक्षले बरम्बार पैसामा मुद्धा मिलाउन दबाब दिँदै आएको बताएका छन् । पीडकका छोरा बालीराम चौधरीले डर, धम्की दिदै २ लाख २५ हजार रुपैयामा मुद्धा फिर्ता लिन भन्दै दबाब दिँदै आएको बताइएको छ ।

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरिक्षक दक्ष कुमार बस्नेतले घटनावारे अनुसन्धान जारी रहेको बताएका छन् । प्रहरीका अनुसार आरोपित चौधरी हाल फरार छन् । प्रहरीले आरोपितलाई कानूनी दायरामा ल्याउन नसकेपछि पीडित परिवारले प्रहरी र पीडकबीच मिलेमतोको आशंका समेत व्यक्त गरेका छन् ।

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर २७, २०८०

निर्माण व्यवसायी महासंघले खरिद सम्बन्धी कानून परिमार्जनसहितका ९ बुँदे माग राखी आन्दोलन गरेको थियो । २०८० साउन २६ गते प्रधानमन्त्रीस्तरीय निर्णयबमोजिम सार्वजनिक खरिद अनुगमन कार्यालयका सचिवको अध्यक्षतामा गठित कार्यद...

पुस २१, २०८०

यातायात कार्यालयका कर्मचारी र बिचौलियाको मिलेमतोमा ठूलो संख्यामा अवैध लाइसेन्स बाँडिएको प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन शुरू गरेको छ । लिखित र ट्रायल परीक्षा नै नलिई अवैध ढंगले ठूलो परिमा...

कात्तिक २२, २०८०

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले टेलिकम्युनिकेसन ट्राफिक मनिटरिङ एण्ड फ्रड कन्ट्रोल सिस्टम (टेराम्क्स) प्रविधि खरिद प्रकरणमा नेपाल दुरसञ्चार प्राधिकरणका २० जना पदाधिकारी तथा कर्मचारीसँग बयान लिएको छ ।  ट...

कात्तिक २४, २०८०

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले क्षेत्रीय शिक्षा निर्देशनालय हेटौंडाका तत्कालीन कामु निर्देशक दिनेशकुमार श्रेष्ठसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । सार्वजनिक सम्पत्तिको हानिनोक्सानी गरी भ्रष्टाचार...

माघ ३, २०८०

राष्ट्रिय सतर्कता केन्द्रको परिपत्रविपरीत कर्मचारीको कोटामा खानेपानीमन्त्री महिन्द्र राय यादवका छोरा सुनिल अधिकारी यादव विदेश भ्रमणमा गएका छन् । मन्त्री यादवका छोरा सुनिल भारतको उडिसा प्रदेशमा कर्मचारीको कोटामा ...

चैत २७, २०८०

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सुमना श्रेष्ठ सिंहदरबारका कर्मचारीबीच 'गसिप'को विषय बनेकी छन् । छिनछिनमा मिटिङ गर्नुपर्ने, सर्वसाधारणले भेट्ने समय मिलाउन क्यूआर कोड स्क्यान गर्नुपर्ने, रिपोर्...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x