×

NIC ASIA

बुटवल- बुटवलमा सत्तारूढ दल नेकपा निकट विद्यार्थी संगठन अनेरास्ववियुले नेपाली भूमि फिर्ता गर्न माग गर्दै बुटवलमा प्रदर्शन गरेको छ । नेपालको भू–भागलाई भारतले आफ्नो नयाँ नक्सामा समावेश गरेपछि त्यसको विरोधमा विभिन्न कलेजमा अध्ययनरत अखिलका विद्यार्थीहरू प्रदर्शनमा उत्रिएका हुन् । 

Muktinath Bank

अनेरास्ववियुका विद्यार्थीहरूले ‘गो ब्याक इन्डिया, भारतीय विस्तारवाद मुर्दावाद, हाम्रो नेपाली भूमि फिर्ता गर, लिपुलेक कालापनी र लिम्पियाधुरा हाम्रो हो, मिचिएको हाम्रो भूमि फिर्ता गर’ जस्ता नारा लेखिएका पर्चा पम्पलेटसहित नाराबाजी गरी प्रदर्शन गरेका थिए । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

लुम्बिनी वाणिज्य क्याम्पस देविनगरबाट शुरू भएको प्रर्दशन राजमार्ग चौराह हुँदै मिलनचोकमा पुगेर कोणसभामा परिणत भएको थियो । कोणसभामा बोल्दै अनेरास्ववियु लुम्बिनी वाणिज्य क्याम्पसका इन्चार्ज तथा अनेरास्ववियु जिल्ला सदस्य प्रकाश पराजुलीले नेपालको एक इन्च भूमि पनि भारतीय पक्षले मिच्न नपाइने भन्दै नेपालको भूमि तत्काल नेपाललाईनै फिर्ता गर्न आग्रह गर्दौ अन्यथा नेपालीहरु पनि अब चुप लागेर नबस्ने बताए ।


Advertisment
Nabil box
Kumari

अनेरास्ववियु जिल्ला सदस्य दीपक चापगाईंले आफ्नो पार्टी सरकारमा भए पनि यस्तो संवेदनशील विषयमा आफूहरूले सधै प्रतिपक्षको भूमिका निवार्ह गर्ने बताए । उनले भारतीय पक्षलाई आफनो नक्सा सच्याउन समेत माग गरे । सभामा बोल्दै अनेरास्ववियु जिल्ला सचिव साजन भण्डारीले भारतीय विस्तारवादको घोर निन्दा गर्दै अब यो प्रदशर्न यहीमात्र सीमित नभएर पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म पुग्ने र भारतीय विस्तारवादलाई घुँडा टेकाउने बताए । 
 

Vianet communication
hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

कात्तिक २०, २०८०

नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...

मंसिर १५, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...

कात्तिक २२, २०८०

दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...

मंसिर १६, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...

समानुपातिक, समावेशिताः सिद्धान्त र व्यवहार

समानुपातिक, समावेशिताः सिद्धान्त र व्यवहार

जेठ १२, २०८१

नेपालमा भएका जनयुद्ध, जनआन्दोलन, मधेश आन्दोलन लगायतका आन्दोलनहरूको मूल आशय एकल जातीय एकात्मक राज्य संरचनालाई पुनर्संरचना गरी बहुलतामा आधारित समावेशी राज्य निर्माण गर्ने रहेको थियो । अर्थात्, जातीय उत्पीडन र आन्त...

काग र सुगाको सन्देश

काग र सुगाको सन्देश

जेठ १२, २०८१

एक दिन प्रातः भ्रमणमा गएको बेला कुनै एक सज्जनले सोधे– ‘कागहरू किन स्वतन्त्र हुन्छन् र सुगाहरू किन बन्धनमा पर्छन् थाहा छ ?’ मैले भनेँ– अहँ, थाहा छैन, भन्नुस् न किन त्यस्तो हुन्छ ?’ उत्त...

कस्तो बजेट ? कत्रो बजेट ?

कस्तो बजेट ? कत्रो बजेट ?

जेठ ११, २०८१

आगामी वर्ष २०८१/०८२ को बजेट तथा वार्षिक विकास कार्यक्रम प्रस्तुत हुने संवैधानिक समयसीमा एकदमै नजिक छ । अर्थशास्त्री, सर्वसाधारण, राजनैतिक कार्यकर्ता, विकास साझेदार, उद्यमी, लगानीकर्ता र बेतनभोगीहरू आ–आफ्नै ...

x