टाटा मोटर्सको चौथो ग्लोबल सर्भिस क्याम्प सञ्चालन

नेपालका लागि टाटा मोटर्स्को अधिकृत बिक्रेता सिप्रदी ट्रेडिङ प्रालिले ग्लोबल सर्भिस क्याम्प मंसिर १९ देखि २१ गतेसम्म सञ्चालनमा ल्याएको छ ।

टाटा मोटर्स् कमर्सियल गाडीका प्रेसिडेन्ट गिरिश वाग तथा सिप्रदी ट्रेडिङ प्रालिका कार्यकारी अध्यक्ष सिद्धार्थ शमशेर जबराले संयुक्तरुपमा कार्यक्रमको उद्घाटन गरेका छन् ।


Advertisement

उद्घाटन समारोहमा टाटा मोटर्स् कमर्सियल गाडीका प्रेसिडेन्ट गिरिश वागले सम्पूर्ण सिप्रदी तथा टाटा मोटर्स्का कर्मचारी, ग्राहक, मिडिया तथा सहभागीलाई सम्बोधन बधाई तथा शुभकामना दिएका छन् ।

समारोहमा सिप्रदी टे«डिङ प्रालिका कार्यकारी अध्यक्ष सिद्धार्थ शमशेर जबराले टाटा मोटर्स र सिप्रदीको सम्बन्ध प्रगाढ भएकोमा शुभकामना व्यक्त गरे । यसको श्रय सबै ग्राहकको अटुट विश्वास, कर्मचारीको निरन्तर मिहिनेत र लगनशीलता, मिडिया साथीहरूको साथका लागि धन्यवाद दिएका छन् । यस्तो प्रकारको कार्यक्रमले ग्राहकबीचको सम्बन्ध पनि प्रगाढ हुने बताए ।


Advertisement

गाडीसँग सम्बन्धित सम्पूर्ण सल्लाह, सुझाव र जानकारी दिने हेतुले आयोजना गरिएको ग्लोबल सर्भिस क्याम्प विश्वभर एकैसाथ आयोजना गरिएको छ । ग्लोबल सर्भिस क्याम्प अन्तर्गत टाटा मोटर्स्का सम्पूर्ण डिलर एवं आधिकारिक सर्भिस सेन्टरमा गाडीको सम्पूर्ण स्वास्थ्य जाँचहरू हुनेछ । 

क्याम्पमा चालकका लागि नयाँ प्रविधि एवं सुरक्षित ड्राईभिङ सम्बन्धी निःशुल्क तालिम, टाटाको पार्टस्मा विशेष छूट, निःशुल्क लेबर चार्ज, आकर्षक उपहार, लुब्रिकेन्टस्मा आकर्षक अफर जस्ता प्रमुख विशेषता रहेका छन् ।
सिप्रदी टे«डिङ प्रालिले यसै अवसर पारेर टाटा मोटर्स्को टाटा विङ्गगर ‘बीएसआईभी २.२ एल डिकोर’ गाडीको औपचारिक रुपमा उद्घाटन गरिएको छ । क्याम्पमा एक्साईड ब्याट्री, मिसेलिन, सिप्रदी अटोपार्टस्, म्याक लूब्रिकेन्टस्, इन्सुरेन्स, बैंक र अन्य अटोमोटिभ ब्राण्डले सहभागिता जनाएका छन् ।

विश्वभर एकैसाथ हुने टाटा मोटर्स् ग्लोबल सर्भिस क्याम्पको नेपालमा चौथो संस्करण हो । विभिन्न स्टेजद्वारा सुसज्जित यस क्याम्पमा टाटाद्वारा आयोजित विभिन्न कार्यक्रमको अवलोकन गर्न पाइने छ । आकर्षक योजना, मनोरञ्जनात्मक कार्यक्रम, विभिन्न विषयमा सचेतना, विभिन्न सेवा आदि क्याम्पका मुख्य आकर्षण हुन् ।

कमेन्ट गर्नुहोस्