×

NMB BANK
NIC ASIA

विप्लव नेतृत्वको सिंगो जिल्ला कमिटी सत्तारुढ नेकपामा प्रवेश

मंसिर २२, २०७६

NTC
Premier Steels

विद्रोही नेकपा विप्लवको सिंगो कैलाली विद्यार्थी जिल्ला कमिटी सत्तारूढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)मा प्रवेश गरेको छ ।

Muktinath Bank

शनिवार घोडाघोडी नगरपालिकाको सुख्खडमा आयोजित एक कार्यक्रमकाबीच विप्लव नेतृत्वको विद्यार्थी संगठनको कैलाली जिल्ला अध्यक्ष पद्म काफ्ले, जिल्ला सहसचिव नविन कार्की लगायत सिंगो कमिटीलाई पार्टी स्थायी समिति सदस्य समेत रहेका उद्योग वाणिज्य तथा आपुर्तिमन्त्री लेखराज भट्टले पार्टी प्रवेश गराउँदै शान्ति, स्थायित्व र विकासका लागि मूलधारको राजनीतिमा आउनु विवेकसंगत निर्णय भएको बताए ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

भट्टले नव प्रवेशीहरुलाई आफ्नो पार्टीमा स्वागत गर्दै भने,' 'युवाहरु बरालिदा देशले दुख पाउँछ, युवाहरु शान्ति, स्थायित्व र विकासको मार्गमा अघि बढे मुलुक सुख र समृद्धिको दिशामा अघि बढ्छ । मूलधारमा फर्कनु भएका तपाइहरुलाई यथोचित सम्मान र भूमिका दिन कुनै कन्जुसाइ हुँदैन ।'


Advertisment
Nabil box
Kumari

नेता भट्टले सबै कार्यकर्ताहरुलाई मूलधारमा फर्कन र एउटै कम्युनिस्ट पार्टी बनेकाले यसैभित्र बसेर रचनात्मक आलोचना गर्दै समाजको मूल मर्मअनुसार काम गर्न आग्रह गरे । सिंगो नेपाल र सुदुरपश्चिमका सबै युवाहरु अब विकास र समृद्धिमा अघि बढ्नुपर्ने नेता भट्टको तर्क थियो ।

Vianet communication

पार्टी प्रवेश गर्ने विद्यार्थी नेताहरूले आफू देश र जनताका लागि आवश्यक परे बलिदानी गर्ने भावका साथ विप्लव नेतृत्वको पार्टीमा लागेको र गएका चार पाँच बर्षमा पार्टीले राजनीतिक दिशा स्पष्ट नगरेपछि निराश भएर पुरानै घर फर्कनु परेको प्रतिक्रिया दिएका थिए ।

 पार्टीमा निकै ठूलो संख्यामा साथीहरु जेल नेल पर्दा नेतृत्वले चासो नदिएको, उनीहरुको घर परिवार विचल्ली भएको र क्रान्तिका लागि उत्साहजनक माहौल सृजना हुन नसकेकाले आफुहरुले त्यस पार्टीमा राजनीतिक भविष्य नदेखेको वताए ।

hAMROPATRO BELOW NEWS
TATA Below
फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

मंसिर १५, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...

मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

मंसिर १६, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...

पुस १०, २०८०

मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...

कात्तिक २२, २०८०

दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

x