निरन्तर घट्दै सुनचाँदीको भाउ, कति छ आज मूल्य ?

नेपाली बजारमा सुनचाँदीको भाउमा निरन्तर गिरावट आएको छ ।

मंगलवार छापावाल सुन प्रतितोला ७० हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।


Advertisement

सोमवार छापावाल सुन प्रतितोला ७१ हजार रुपैयाँमा कारोबार भएको थियो ।

मंगलवार तेजावी सुन प्रतितोला ७० हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ । 


Advertisement

यस्तै, मंगलवार चाँदी प्रतितोला ८ सय ३० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । सोमवार चाँदी प्रतितोला ८ सय ३५ रुपैयाँमा कारोबार भएको थियो ।  
 

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्