लागूऔषसहित १ जना पक्राउ

लागूऔष सहित सशस्त्र प्रहरी बलले १ जनालाई पक्राउ गरेको छ ।

महोत्तरी जिल्लाको जलेश्वर नगरपालिका ३ स्थित मलिवडाबाट मंसीर २४ गते एपीएफ टोली र नेपाल प्रहरीले १९ बर्षिया पिंकीकुमारी मुखियालाई लागूऔषधसहित एक जनालाई पक्राउ गरेको हो ।


Advertisement

भारतबाट नेपालतर्फ आउँदै गरेकी मुखियालाई सशस्त्र प्रहरी बल, नेपाल नम्बर १३ गुल्म हेक्वा महोत्तरीबाट खटिएको एपीएफ टोली र नेपाल प्रहरीले उनको साथमा नाईट्राजेपाम १० वटा र स्पास्मो प्रोक्सिभन प्लस ८ वटा फेला परेपछि पक्राउ गरिएको हो ।

पक्राउ परेकी निज मुखियालाई बरामद लागूऔषधसहित आवश्यक कारवाहीको लागि जिल्ला प्रहरी कार्यालय महोत्तरीमा बुझाएको एपीएफले जनाएको छ ।


Advertisement

 

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्