×

NMB BANK
NIC ASIA

सुदूरपश्चिममा महोत्सवै-महोत्सव, परनिर्भरता र मुद्रा विदेशिनबाट जोगिन अर्थविदहरूको सुझाव

मंसिर २५, २०७६

NTC
Premier Steels

पछिल्लो समय सुदूरपश्चिममा मेला महोत्सवको रौनक ह्वात्तै बढेको छ ।

Muktinath Bank

कला संस्कृतिको जर्गेनादेखि लिएर कृषि, उद्योग, पर्यटन प्रवर्द्धनका नाममा मेला महोत्सव आयोजना हुँदै आएका छन् । कार्तिकदेखि श्रृंखलाबद्ध रुपमा महोत्सव आयोजना हुँदै आएका हुन् । यतिमात्रै होइन पुसदेखि चैत्रसम्म आयोजना हुने महोत्सवको घोषणा समेत भएका छन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

बाजुराको बडिमालिका नगरपालिका ७ ढम्कनेमा प्रथम ढम्कने आलु महोत्सव कार्तिक २० गतेदेखि २२ गतेसम्म भयो । स्थानीय उत्पादनको रुपमा रहेको आलुको बजारीकरण गर्ने उदेश्यले ढम्कने कृषि सहकारी संस्थाको आयोजना तथा बडिमालिका नगरपालिका र कृषि ज्ञान केन्द्र बाजुराको समन्वयमा भयो ।


Advertisment
Nabil box
Kumari

लगत्तै कञ्चनपुरको बेलौरीमा कार्तिक २१ गतेदेखि मंसिर १ गतेसम्म बेलौरी दोस्रो कृषि, पर्यटन तथा साँस्कृतिक महोत्सव आयोजना भयो । पूर्वविद्यार्थी समाज श्री शान्ति माविले गरिब तथा अनाथ बालवालिकालाई सहयोगार्थ महोत्सवको आयोजना गर्‍र्यो ।

Vianet communication

कैलालीको घोडाघोडीमा मंसिर १२ गतेदेखि १५ गतेसम्म घोरीघोरा लवांगी पूजा तथा सांस्कृतिक महोत्सव चल्यो । घोडाघोडी संस्कृति संरक्षण समाज सुखडले सो महोत्सव स्थानीय आदिवासी थारु समुदायको कला संस्कृतिको प्रवद्र्धन तथा संरक्षणको उदेश्यले आयोजना गरेको दाबी गर्‍र्यो ।

कैलालीकै लम्कीमा शिक्षा सूचना विकासको अभियान कृषि व्यापार संस्कृति र पर्यटन हाम्रो पहिचान भन्ने मूल नाराको साथ सांगीतिक महोत्सव भयो । स्थानीय रेडियो सामुदायिक रेडियो पश्चिम आवाजद्वारा आयोजित महोत्सव मंसिर १२ देखि २१ गतेसम्म सञ्चालनमा रहयो ।

धनगढीमा सुदूरपश्चिम महोत्सव जारी छ । कैलाली उद्योग वाणिज्य संघको आयोजनामा विगत २०६३ देखि हरेक वर्ष हुँदै आएको छ । मंसिर २२ गतेदेखि सुरु भएको महोत्सव पुस २ गतेसम्म चल्ने छ । चालु वर्ष महोत्सवको १४ औं संस्करण हो । सुदूरपश्चिम प्रदेशमै सबैभन्दा बढी जनसहभागिता रहने महोत्सवले सबैभन्दा बढी आर्थिक कारोबार समेत गर्दै आएको कैलाली उद्योग वाणिज्य संघको दाबी छ ।

यसैबीच पुसदेखि चैत्रसम्म आयोजना हुने महोत्सवको घोषणा समेत धमाधम हुनेक्रम बढेको छ । धनगढी उपमहानगरपालिका–१४ मा पुस १३ देखि २२ गतेसम्म फूलवारी महोत्सव अयोजनाको घोषणा भएको छ । स्थानीय न्यू बुद्ध स्पोर्ट यूवा क्लबले महोत्सव आयोजना गर्दैछ ।

धनगढी उपमहानगरपालिका–१६ स्थित भादामा प्रत्येक वर्ष थारु होमस्टे गाउँ भादा महोत्सव पनि हुँदै आएको हो । स्थानीय संस्कृति, संस्कार, भेषभूषा संरक्षण तथा पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले पुस १७ देखि २१ गतेसम्म महोत्सव आयोजना हुँदै आएको आयोजक थारु होमस्टे गाउँ भादा पर्यटन विकास तथा व्यवस्थापन समितिले जनायो ।

कैलालीकै घोडाघोडीमा घोडाघोडी सांगीतिक तथा पर्यटन महोत्सव एंव व्यापार मेला माघ २ देखि १२ गतेसम्म चल्ने आयोजक घोडाघोडी मिडिया सञ्चार समूहले जनायो ।

कैलालीकै टीकापुरमा सुदूरपश्चिम औद्योगिक व्यापार मेला तथा टीकापुुर महोत्सव माघ ९ देखि १९ गतेसम्म आयोजना हुँदैछ । टीकापुर उद्योग वाणिज्य संघको आयोजनामा सो महोत्सव आयोजना हुने भएको छ । भने, फागुन ६ देखि १२ गतेसम्म धनगढीमै विश्व नेपाली साहित्य महोत्सव पनि हुने भएको हो ।

यसैबीच अर्थविदहरुले मेला महोत्सवलाई नकारात्मक पक्षबाट बचाउनु पर्ने सुझाव दिएका छन् । नाष्ट कलेज धनगढीका प्रमुख समेत रहेका अर्थविद शिवहरी मुडभरीले मेला तथा महोत्सवले आर्थिक जगतमा तरंग ल्याउने काम गरिरहेको बताउँदै संलग्न व्यक्ति, संस्था तथा क्षेत्रको आर्थिक गतिविधीमा हलचल पैदा गर्ने चर्चा गरे ।

समान्यतया स्वादेशी उत्पादन, स्थानीय कला, संस्कृतिको प्रवद्र्धनको लागि उत्तम थलो रहेपनि महोत्सवको माध्यमबाट नेपाली मुद्रा विदेशीने प्रक्रियालाई रोक्नुपर्ने उनको जोड छ । अधिकांश महोत्सवमा भारतबाट ल्याइने रोटे पिङ, सर्कस, मौतका कुँवालगायत आकर्षक मनोरञ्जनात्मक साधनले बजार लिदै आएको बताउँदै उनले जसबाट नेपाली मुद्रा बाहिर जाने भएकोले अन्ततः अनुत्पादक तथा परनिर्भरता सावित हुनेप्रति सचेत गराए ।

hAMROPATRO BELOW NEWS
TATA Below
पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x