×

NMB BANK
NIC ASIA

जाडोमा पनि डेंगु

मंसिर २६, २०७६

NTC
Premier Steels

 जाडोयाम शुरूभइसक्दा पनि डेंगुको संक्रमण रोकिएको छैन । शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका डा. शेरबहादुर पुनले दिनहुँ डेंगुसँग सम्बन्धित ५–७ जना बिरामी उपचारका लागि आइरहेको जानकारी दिए । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाका निर्देशक डा. रुना झाले पछिल्ला १० दिनमा ५१ जना परीक्षण गराउन आएकामा ७ जनामा डेंगु देखिएको बताइन् । विशेषज्ञहरूले भने डेंगु सार्ने लामखुट्टेमा चिसो प्रतिरोध गर्ने क्षमता विकास भएको विषयमा विस्तृत अध्ययन गर्नुपर्ने औंल्याएका छन् ।

Muktinath Bank

नेपाली समाजमा लामखुट्टेको लार्भा जाडोयाममा मर्छ, चिसोमा लामखुट्टेजन्य संक्रमण हुँदैन भन्ने मान्यता थियो । विज्ञहरूका अनुसार जाडोयाममा लामखुट्टेको जीवनचक्रसमेत ढिलो हुन्छ । ५–१० दिनमा लामखुट्टेको जीवनचक्र पूरा हुने भए पनि जाडोमा यो समय लामो हुन सक्छ । जाडोयाममा किटहरू शीतनिद्रा (हाइबरनेसन) मा जाने गर्छन् । काठमाडौं, पोखरासहित मुलुकका विभिन्न भागमा न्यून मात्रामा डेंगुको संक्रमण देखिइरहेको इपिडिमियोलजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी), किटजन्य रोग नियन्त्रण शाखाका प्रमुख डा. प्रकाश शाहले बताए । गत नोभेम्बरमा ५ सय ८५ जनामा परीक्षण गर्दा १ सय ४७ जनामा डेंगु देखिएको थियो । ‘डेंगु फैलाउने लामखुट्टे चिसो प्रतिरोधी त भइरहेको छैन भन्नेबारे विस्तृत अध्ययन जरुरी छ,’ उनले भने ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

किटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्र, हटौंडाका किटविज्ञ शिशिर पन्तका अनुसार काठमाडौंको जाडोमा समेत संक्रमण देखिइराख्नु डेंगु सार्ने लामखुट्टेमा चिसो प्रतिरोधी क्षमता विकास भएको संकेत हो । उनले लामखुट्टेमा चिसो प्रतिरोधी क्षमता विकास हुनु खतराको संकेत रहेको औंल्याए । ‘हाल न्यून तापक्रममा समेत लामखुट्टे बाँचिरहेका छन् र सक्रिय भएर रोग सारिरहेका छन्,’ उनले भने । नेपालमा हालसम्म डेंगु सार्ने वा अन्य लामखुट्टे कति कम तापक्रमसम्म बाँच्न सक्छन् भन्नेबारे अध्ययन भएको छैन ।


Advertisment
Nabil box
Kumari

भारतस्थित नेसनल इन्स्टिच्युट अफ मलेरिया रिसर्चले दुई वर्षअघि ‘हलद्वानी’ मा गरेको अध्ययनअनुसार डेंगु उत्पन्न गर्ने एडिस एजिप्टी लामखुट्टेको लार्भाले जाडोयामलाई राम्ररी ‘एडप्ट’ गरिरहेको छ । विज्ञहरूका अनुसार जाडोयाममा बाहिर निस्कँदा चिसो भए पनि कोठाभित्रको तापक्रम बढी हुन्छ । डेंगु सार्ने लामखुट्टे कोठाभित्रको अँध्यारो ठाउँमा लुकेर बसेका हुन्छन् ।

Vianet communication

डेंगु ज्वरो सबभन्दा पहिले सन् १७८५ मा दक्षिण अफ्रिकामा पाइएको थियो । यसपछि एसियाको दक्षिण पूर्वी मुलुकमा फैलियो । सन् १९६० सम्म यो रोग ४० देशमा सीमित भए पनि हाल यसको विस्तार १ सय २८ मुलुकमा भइसकेको छ । प्लोस नेग्लेक्टेड ट्रपिकल डिजिजमा प्रकाशित एक अध्ययनअनुसार १ सय २८ मुलुकका ३ अर्ब ९० करोड जनसंख्या डेंगुको जोखिममा छ । कान्तिपुर दैनिकमा खबर छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २३, २०७८

विशेष  आर्थिक  क्षेत्र  (सेज)भित्र मदिरा,  सुर्तीजन्य  र  विस्फोटक  पदार्थ  उत्पादन  गर्ने  उद्योग स्थापना  गर्न  नपाइने  भएको  छ।  विश...

माघ २५, २०८०

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक (डिआइजी) अर्जुन चन्दले राजीनामा दिएको चर्चा झन्डै एक साता चल्यो तर प्रहरी प्रधान कार्यालयले चन्दको राजीनामा नभई सोमबार १० दिनको बिदा स्वीकृत ग...

माघ २२, २०८०

सहरी विकास मन्त्रालयले निर्माणाधीन धरहराको बेसमेन्टमा सवारीसाधन पार्किङ मानवीय स्वास्थ्यका दृष्टिले जोखिमपूर्ण हुन सक्ने भन्दै सचेत गराएको छ । मन्त्रालयले  त्यहाँ  आवश्यक  प्राविधिक  तयारी  ...

कात्तिक २४, २०८०

सवारीसाधन  सुविधा  प्राप्त  गर्ने  कर्मचारीलाई  इन्धनबापत नगद उपलब्ध गराउन सरकारले निर्देशिका जारी गरेको छ । सुशासन (व्यवस्थापन तथा सञ्चालन) ऐन, २०६४ को दफा ४५ ले दिएको अधिकार प्रयोग ...

मंसिर २५, २०८०

अस्पतालले मृत घोषणा गरी १५ घण्टासम्म शवगृहमा राखेर अन्तिम दाहसंस्कारका लागि घाट लैजान लागेका एक व्यक्ति जिवितै रहेको पाइएको छ। विराटनगरस्थित मेट्रो न्युरो अस्पतालले मृत्यु प्रमाणपत्रसमेत बनाएर १५ घण्टासम्म शवगृहमा...

फागुन ४, २०८०

ललिता निवास प्रकरणमा विशेष अदालतले बिहीबार फैसला गरेको छ । फैसला अनुसार ललिता निवासको हडपिएको जग्गा सरकारको नाममा आउने भएको छ।  अदालतले त्यसमा दोषीहरुलाई कैद र जरिवानको फैसला पनि गरेको छ ।  ...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x