×

NMB BANK
NIC ASIA

धितोपत्र बजारमा कारोबार रकम ७६ करोड नाघ्यो

मंसिर २६, २०७६

NTC
Premier Steels

धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक दोहोरो अंकले वृद्धि भएको छ ।

Muktinath Bank

नेपाल स्टक एक्सचेन्जका अनुसार बिहीवार नेप्से ११.१७ अंकले बढेर १ हजार १७२.६४ पुगेको छ । सेन्सेटिभ परिसूचक ०.४१ अंकले बढेर २५५.६० पुगेको छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

परिसूचक बढेसँगै कारोबार रकममा पनि बढोत्तरी आएको छ । बिहीवार १६८ कम्पनीका २१ लाख २ हजार ६१ कित्ता शेयर ७६ करोड ४० लाख २५ लाख २१३ रुपैयाँमा खरिदबिक्री भयो ।


Advertisment
Nabil box
Kumari

कारोबार भएका कुल १२ उपसमूहमध्ये ५ उपसमूहको शेयर ओरालो लागेको छ । व्यापार १९, होटल ३.७, उत्पादन ४४.९८, अन्य १.९४, माइक्रोफाइनान्स उपसमूहको शेयर ८.२२ अंकले घटेको छ ।

Vianet communication

बैंकिङ २.८२, विकास बैंक २.७२, हाइड्रोपावर २८.९७, फाइनान्स १.४, निर्जीवन बीमा ३३२.०४, जीवन बीमा २७८.६९ र सामूहिक लगानी कोषको शेयर ०.०९ अंकले बढ्यो । 

कारोबार रकमका आधारमा स्वावलम्बन लघुवित्त वित्तीय संस्थाको संस्थापक शेयर शीर्ष स्थानमा रह्यो । बैंकको शेयर ८ करोड २८ लाख ५२ हजार ३१ रुपैयाँमा खरिदबिक्री भयो । डिप्रोक्स लघुवित्त वित्तीय संस्थाको ४ करोड १० लाख ७० हजार ६२० रुपैयाँ, एनएमबी बैंकको ३ करोड ७६ लाख ५९ हजार ५४४ रुपैयाँ, नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको ३ करोड ६६ लाख ५३ हजार ५४४ रुपैयाँ, नेपाल बैंक लिमिटेडको २ करोड १ लाख ८९ हजार ३८ र नेपाल इन्स्योरेन्स कम्पनीको शेयर १ करोड ८६ लाख ३८ हजार २१६ रुपैयाँमा खरिदबिक्री भयो । 

बिहीवार सबैभन्दा बढी गुराँस लघुवित्त वित्तीय संस्थाका शेयरधनीले ४.७७ प्रतिशतले गुमाए । साल्ट्र ट्रेडिङ कम्पनी ४.६०, युनिलिभर नेपाल लिमिटेड ३.९३, एनएमबी माइक्रोफाइनान्स वित्तीय संस्था ३.६७, गुह्वेश्वरी मर्चेन्ट बैंक तथा फाइनान्स र दिव्यश्वरी हाइड्रोपावरका लगानीकर्ताले समान ३.४४ तथा आँधीखोला लघुवित्त वित्तीय संस्थाका शेयरधनीले ३.२७ प्रतिशतले गुमाए । 

स्टकका अनुसार बिहीवार सबैभन्दा बढी एभरेस्ट इन्स्योरेन्स कम्पनीका शेयरधनीले १० प्रतिशतले कमाए । सूर्या लाइफ इन्स्योरेन्स ९.९६, हिमालयन जनरल इन्स्योरेन्स ९.९३, सगरमाथा इन्स्योरेन्स ९.९२, हिमालयन उर्जा विकास कम्पनी र आइएमइ जनरल इन्स्योरेन्सका लगानीकर्ताले समान ९.८० तथा नेपाल इन्स्योरेन्स कम्पनीका शेयरधनीले ९.७९ प्रतिशतले कमाए ।

hAMROPATRO BELOW NEWS
TATA Below
फागुन ३०, २०८०

अर्थमन्त्री वर्षमान पुन 'अनन्त' समेत मुछिएको १३८ किलो सुन तस्करीको फाइल पर्याप्त अनुसन्धानविनै सरकारी वकिलको कार्यालयमा पुगेको छ । अर्थमन्त्रीका रूपमा पुन आएलगत्तै भन्सार विभागले पर्याप्त अनुसन्धानविनै फा...

मंसिर ४, २०८०

कर्मचारीलाई तलब खुवाउन समेत नसक्ने अवस्थाबाट गुज्रेको नेपाल वायु सेवा निगम (एनएसी)ले आर्थिक अवस्था सुधारेर अन्तर्राष्ट्रिय उडानका लागि विमान खरिद गर्दा लिएको ऋणको किस्ता तिर्न शुरू गरेको छ । लामो समय घाटामा रहे...

कात्तिक २८, २०८०

नेपाल राष्ट्र बैंकले मंगलबारका लागि तोकेको विदेशी मुद्राको विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिददर १३३ रुपैयाँ ०४ पैसा र बिक्रीदर १३३ रुपैयाँ ६४ पैसा रहेको छ । यसैगरी युरो एकको खरिददर १४२ रुपैयाँ १६ पै...

माघ ८, २०८०

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र सोही पार्टीका नेता समेत रहेका पूर्व बैंकर अनिल केशरी शाहले 'चेक क्लियरिङ'का सम्बन्धमा गरेको दाबीमा गम्भीर प्रश्न उठेको छ । सहकारी ठगी प्रकरणमा प्रस्टीकर...

पुस ५, २०८०

काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिकाका प्रमुख महेश खरेलले झन्डै १ अर्बको प्रोजेक्टमा नेपाल महिला उद्यमी महासंघसँगको पूर्वसम्झौता उल्लंघन गर्दै आफ्नी जेठीसासू अध्यक्ष रहेको संस्थासँग सम्झौता गरेको पाइएको छ । महिला ...

फागुन २९, २०८०

एक वर्षको बीचमा भएको १३८ किलो सुन तस्करीका नाइके जीवनकुमार गुरुङ हाल अर्थ मन्त्रालय मातहत रहेको भन्सार विभागको हिरासतमा छन् । लामो समय फरार रहेका गुरुङलाई यही फागुन १४ गते काठमाडौंको सामाखुशी क्षेत्रबाट ...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

x