कात्तिक १९, २०८०
महाभारतको युद्ध एक युग समाप्त हुने बेलामा भएको थियो । संसारमा फैलिएको पाप र अनाचारलाई ध्वस्त पारेर धर्मको ध्वज लहराउनका लागि युद्ध अनिवार्य थियो । यावत कमजोरीका बाबजुद पाण्डवहरू धर्मरक्षक भएकाले उनीह...
गुरुङ समुदायले पुस १५ गते परेको गुरुङ समुदायको मुख्य पर्व तमु ल्होसारसहित अन्य जनजातिका ५ मुख्य पर्वमा राष्ट्रिय बिदा दिन सरकारसँग माग गरेको छ र वर्तमान सरकारले तमु ल्होसारको बिदा कटौती गरेका कारण यस वर्षको ल्होसारलाई आन्दोलनकै रुपमा मनाउने गुरुङ समुदायको तयारी छ ।
विक्रम संवत् २०६२–२०६३ को जनआन्दोलनपछि गठित अन्तरिम सरकारले गुरुङको तमु ल्होसारसहित अन्य जनजातिका ५ पर्वमा सार्वजनिक बिदा दिएकोमा वर्तमान सरकारले कटौती गरी सम्बन्धित जातिलाई मात्रै बिदा दिने निर्णय गरेको थियो ।
तमु ह्युल छोज धिं गुरुङ राष्ट्रिय परिषद् रुपन्देहीले शनिवार बुटवलमा पत्रकार सम्मेलन गरी ल्होसारसहित उधौली, उभौली, सोनाम ल्होसार, ग्याल्पो ल्होसार र माघे संक्रान्तिमा सार्वजनिक बिदा दिन माग गरेको छ ।
गुरुङ राष्ट्रिय परिषद् रुपन्देहीकी अध्यक्ष विमला गुरुङले आदिवासी जनजातिका पर्व र कला संस्कृति सम्बन्धित जातिको मात्र नभई सिंगो मुलुुकको साझा सम्पत्ति भएकाले उनीहरूका पर्वमा सार्वजनिक बिदा दिइनुपर्ने माग गरिन् ।
‘२०६२/२०६३ को जनआन्दोलनको सफलतापछि गठित अन्तरिम सरकारले आदिवासी जनजातिको सांस्कृतिक पहिचानलाई सम्मान गर्दै ३५.३ प्रतिशत जनताले आदिमकालदेखि मनाउँदै आएका ५ वटा पर्वमा सार्वजनिक बिदा दिएको थियो,’ गुरुङले भनिन्, ‘तर वर्तमान सरकारबाट बिदा कटौती गरिँदा सिंगो आदिवासी जनजाति समुदायलाई अत्यन्त दुखित र आक्रोशित बनाएको छ ।’
वर्तमान सरकारले घोषणा गरेको १५ दिनको सार्वजनिक बिदाले मुलुकमा परिवर्तनको अनुभूति हुन नसकेको र आदिवासी जनजाति समुदायको सामाजिक, सांस्कृतिक तथा धार्मिक चाडपर्वले सम्मान प्राप्त गर्न नसकेको गुरुङले बताइन् ।
सरकारले विभिन्न जातजातिका पर्व सबैको साझा हो भन्ने अनुभूति गराउन साथै विभेद र असमानताको अन्त्यको लागि तमू ल्होसार लगायत अन्य आदिवासी जनजाति समुदायको मूख्य चाडपर्वमा सार्वजनिक बिदा नदिएमा सशक्त आन्दोलनमा उत्रिने गुरुङ राष्ट्रिय परिषद प्रदेश ५ सचिव एलबी गुरुङले बताए ।
ल्होसारमा सार्वजनिक बिदाको माग गर्दै आइतवार बुटवलको सामाजिक विकास मन्त्रालय अगाडि २ घण्टा प्रदर्शन र ७ गते प्रदेश समितिले मुख्यमन्त्रीमार्फत संघीय सरकारलाई ज्ञापनपत्र बुझाउने कार्यक्रम रहेको गुरुङले जानकारी दिए ।
आगामी पुस १२ गते सबै नगर तथा इकाइमा सरसफाइ, १३ गते देवदह, सिद्धार्थनगर, तिलोत्तमा र बुटवलमा फलफूल तथा खाद्यान्न वितरण, १४ गते बृहत जनचेतना र्याली तथा पुस्तक विमोचन, तमु सामूहिक नृत्य प्रतियागिता र १५ गते तमु ल्होसार मुल कार्यक्रम रहेका छन् ।
ल्होसारमा सार्वजनिक विदाको माग गर्दै परिषद्ले रुपन्देहीका स्थानीय तहलाई पनि ज्ञापनपत्र बुझाएको सचिव ओमप्रकाश गुरुङले बताए ।
महाभारतको युद्ध एक युग समाप्त हुने बेलामा भएको थियो । संसारमा फैलिएको पाप र अनाचारलाई ध्वस्त पारेर धर्मको ध्वज लहराउनका लागि युद्ध अनिवार्य थियो । यावत कमजोरीका बाबजुद पाण्डवहरू धर्मरक्षक भएकाले उनीह...
महाभारतको युद्ध एक युग समाप्त हुने बेलामा भएको थियो । संसारमा फैलिएको पाप र अनाचारलाई ध्वस्त पारेर धर्मको ध्वज लहराउनका लागि युद्ध अनिवार्य थियो । यावत कमजोरीका बाबजुद पाण्डवहरू धर्मरक्षक भएकाले उनीहरूको म...
जन्मदेखि लिएर मृत्युसम्म निर्धारित परम्परा पालन गर्नु हिन्दूहरूको विशेषता हो । पर्वहरूमा मात्र नभएर दिनदिनैको कर्मकाण्डमा पनि धर्म, परम्परा र भगवानको पूजापाठलाई हिन्दूहरू महत्व दिन्छन् । दिनदिनै पूजापाठ गर्ने हिन्...
१. नमस्कारको चलन हिन्दु संस्कृतिमा मानिस हात जोडेर एक अर्कालाई अभिवादन गर्छन् जसलाई नमस्कार भनिन्छ । यो परम्पराका पछाडिको सामान्य कारण भनेको दुवै हात जोडेर गरिने अभिवादनले सम्मान झल्काउँछ । तर वैज्ञानिक र...
काठमाडौं, — हिन्दू धर्मले सहगोत्रीका बीच विवाह गर्न नहुने विधान गरेको छ । गोत्र भनेको वंश र कुल हो । प्रत्येक नयाँ पुस्तालाई गोत्रले जोड्ने काम गर्छ । जस्तो, कसैको भारद्वाज गोत्र छ भने त्यो व्यक्ति भरद्वा...
काठमाडौं -केही मानिस धार्मिक मान्यताका कारण लसुन र प्याज खाँदैनन् । विशेषगरी ब्राह्मणहरू लसुन प्याज खाँदैनन् । यसरी नखानुका वैज्ञानिक र धार्मिक कारण छन् । आयुर्वेदका अनुसार खाद्य पदार्थलाई तीनवटा श्रेणीमा बाँड...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...