×

NMB BANK
NIC ASIA

ढोकाबाटै ‘राउन्ड’ लिन्छन् चिकित्सक, बिरामी असन्तुष्ट

पुस २४, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

भेरी अस्पतालमा सेवा लिन आउने अधिकांश बिरामी अस्पतालको सेवासुविधा, चिकित्सकको व्यवहार र सरसफाइप्रति सन्तुष्ट देखिएका छैनन् ।

Muktinath Bank

लुम्बिनी प्रदेशको एक मात्र संघीय अस्पतालको सेवाबाट सन्तुष्ट हुनेभन्दा असन्तुष्ट हुनेको संख्या दिनप्रतिदिन बढ्दै गएको जनाइएको छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

दैनिक १ हजारको हाराहारीमा बिरामी सेवा लिन अस्पताल आउने गरेको अस्पतालले जनाएको छ ।  सेवा लिन भेटिएका अधिकांश बिरामी र उनका आफन्तले अस्पतालको उपचार सेवा, चिकित्सकको व्यवहार राम्रो नभएको गुनासो गरेका छन् ।


Advertisment
Nabil box
Kumari

बिरामीले प्रश्न गर्दा चिकित्सक र नर्सले उत्तर दिन झर्को मान्ने गुनासो अस्पतालमा सुनिँदै आइएको छ । 

Vianet communication
Laxmi Bank

अस्पतालद्वारा सञ्चालित औषधि पसलमा बिरामीले चोहेका औषधि पाइँदैन । यसैगरी प्रयोगशाला परीक्षण गर्न निजी प्रयोगशाला जानुपर्ने बाध्यता बिरामीमा रहेको छ ।

शौचालयको दुर्गन्धले अस्पतालमा बसिसक्नु छैन । अस्पतालका मेडिकल सुपेरिटेन्डेन्ट डा. रुपानन्द अधिकारीले भने, ‘अस्पतालको सेवा प्रभावकारी बनाउन कर्मचारीको अनुशासन, सरसफाइ र व्यवहारमा विशेष ध्यान दिइएको छ ।’ अस्पतालमा प्रायः सबै रोगका विशेषज्ञ चिकित्सक कार्यरत रहेका छन् ।

चिकित्सकले अस्पतालमा भन्दा बाहिरका निजी क्लिनिकमा बढी समय दिँदै आएका छन् । अस्पतालमा कार्यरत चिकित्सकले बिरामी भएको शय्यामा नपुगेरै ढोका बाहिरैबाट अवलोकन (राउन्ड) गर्ने गरेको बिरामीको गुनासो छ ।

उपकरण प्रयोगमा नआउँदै थन्कियो

अस्पतालमा रहेको सिकलसेल एनिमिया जाँच गराउने इलेक्ट्रोफोरसिस नामक उपकरण बिग्रिएपछि यसका बिरामीले १० महिनादेखि जाँच गराउन पाएका छैनन् । बिरामी अहिले निजी क्लिनकमा जाँच गराउन बाध्य रहेका छन् । 

अस्पताल प्रशासनले बिग्रिएको उपकरण मरमतमा ध्यान दिएको छैन । मेसु डा. अधिकारी र सम्बन्धित रोगका विशेषज्ञ डा. राजन पाण्डेले अहिलेसम्म उपकरण मर्मत गर्नेतर्फ चासो नदेखाएका बिरामीको गुनासो छ ।

निजी स्वास्थ्य संस्थामा १ हजार ५०० देखि २ हजार रुपैयाँसम्म शुल्क तिरेर जाँच गराउन बाध्य भएको सिकलसेल एनिमिया सोसाइटीका अध्यक्ष प्रभुराम थारुले बताए । उपकरण बिग्रिएकाले सो रोग परीक्षण गराउन निःशुल्क सेवाबाट बिरामी वञ्चित भएका छन् ।

अस्पतालमा हप्तामा ६०–७० जना सिकलसेल जाँचका लागि आउने जनाइएको छ ।  जिल्ला जनस्वास्थ्य कार्यालय बाँकेले अस्पताललाई  प्रदान गरेको सो नामको २ वटा उपकरण प्रयोगमा नआउँदै थन्किएको छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १६, २०८०

स्वस्थ फ्याट, भिटामिन र मिनरलले भरिएको ओखर खाँदा मस्तिष्कको स्वास्थ्य राम्रो हुन्छ र स्मरणशक्ति पनि बढ्छ । त्यसबाहेक शरीरको समग्र स्वास्थ्यका लागि पनि यो लाभदायक छ । ओखरमा प्रोटीन, क्याल्सियम, म्याग्नेसियम, आइरन, फस्फो...

कात्तिक २१, २०८०

काठमाडौं- आलु भान्सामा अनिवार्य रुपमा पाइने परिकार हो । आलु, अन्य सागसव्जी, तरकारीमा मिसाएर मात्र नभइ तरकारी बनाएर उसीनेर तारेर आदी विभिन्न तरिकारले पकाउन सकिन्छ ।  विश्वभर नै आलुको बढी प्रयोग हुने ...

पुस २८, २०८०

काठमाडौंको चन्द्रागिरिस्थित सेतो पहरामा शनिवार दिउँसो कार दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ । काठमाडौंबाट चित्लाङका लागि छुटेको प्रदेश - ३ - ०१ - ०२३ च ६९८५ नम्बरको कार दुर्घट...

कात्तिक २५, २०८०

कानेगुजीलाई बेवास्ता नगर्नुस् । यसले एमआरआई र एक्सरे नगरिकनै तपाईंको स्वास्थ्य समस्याका बारेमा बताइदिन्छ । १  तपाईंको कानेगुजीले गर्दा कान असाध्यै चिलाउँछ र तपाईं कान कन्याइरहनुहुन्छ भने तपाईंमा संक्रमण ...

मंसिर १४, २०८०

काठमाडौं- खान–पिनमा शौकीन व्यक्तिलाई कुनै विशेष खाद्य पदार्थको लाभ तथा हानीबारे जानकारी हुँदैन । उनीहरुलाई त्यो कुराले फरक पनि पर्दैन । किनकी त्यस्ता व्यक्तिलाई जुन खानेकुराको स्वाद मनपर्यो, त्यसलाई नखाइ ...

कात्तिक २६, २०८०

काठमाडौं— भुइँमा बस्न छोडेको कति वर्ष भयो ? बस्न र खाना खान पनि तपाईं कुर्सीकै प्रयोग गर्नुहुन्छ, हैन त ? अब भुइँमा सुत्नुभएको छ भनी प्रश्न सोध्दा तपाईं हाँस्नुहुन्छ होला । पहिला हाम्रा पूर्खाहरू भुइँमा ...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x