×

NIC ASIA

मानिसले जति धेरै संघर्ष गर्‍यो, उति धेरै उचाईमा चुम्न सक्छ । सफलता हाँसिल गर्नु प्रमुख लक्ष्य हो । तर कसैलाई जीवनमा सोच्दै नसोचेको सफलता हासिल गरेका उदाहरणहरू पनि भेटिन्छन् । तिनै मध्येका एक हुन्- रुपन्देहीका रूप कार्की । रूपले जीवनमा कहिल्यै सोचेका थिएनन् आफू अमेरिका पुग्छु भन्ने । आईपीएल इन्टरनेसनल पावर लिफटिङ प्रतियोगिता (अन्तर्राष्ट्रिय भारत्तोलन) मा वर्ल्ड च्याम्पियन हुन्छु भन्ने पनि उनले सोचेका थिएनन् ।

Muktinath Bank

जिल्लाको तिलोत्तमा नगरपालिका वडा नम्बर ६ भलवारी स्थायी घर भएका कार्की सन् २००३ मा ड्राइभरसिटी भिजा (डीभी) परेर अमेरिका छिरे । त्यो पनि आफ्नै घरमा डेरावाल भाइले भरिदिएको डीभी परेर । त्यहाँ पुगेको १४ वर्षपछि कार्कीले इन्टरनेसनल वर्ल्ड पावर लिफटिङ प्रतियोगितामा स्वर्ण पदक जितेर नेपालको सान विश्वसामु पुर्‍याए ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

सन् २०१७ को नोभेम्बरमा भएको आयरल्याण्डको लाइमरिकमा चार दिनसम्म सञ्चालित प्रतियोगितामा कार्कीले २ सय २० पाउण्ड तौल समूहबाट स्वर्ण पदक जितेका हुन् । प्रतियोगितामा विश्वभरका दुई सय बढी देशबाट ७ सय बढी सहभागी थिए । कार्कीले आफ्नो तौल समूहका प्रतिस्पर्धीलाई पछि पार्दै विश्व च्याम्यिपयन बनेका थिए ।


Advertisment
Nabil box
Kumari

कार्कीले यसअघि सन् २०१७ मैं अमेरिकाको एट्लान्टामा भएको फस्ट मास्टर इन्टरनेसनल पावर लिफटिङ प्रतियोगितामा पनि विश्व च्याम्पियन बन्दै स्वर्ण पदक जिते । नेपालको खेल इतिहासमा यो खेलमा स्वर्ण पदक जित्ने उनी पहिलो नेपाली खेलाडी भएको कार्कीको दाबी छ ।

Vianet communication

यस्तो प्रतियोगिता युरोपमा प्रत्येक वर्ष हुने भए पनि एसियाका धेरै देशहरू छनोट चरणबाटै बाहिरिने गर्छन् । एउटा व्यक्तिले तीन प्रतियोगिता जितेमा बल्ल प्रतिस्पर्धा गर्न पाउँछ । ‘यो खेलको प्रतिस्पर्धामा पुग्नै कठिन छ । जसले ५९० किलोग्राम उठाउन सक्न त्यो बल्ल प्रतिस्पर्धाका लागि भाग लिन पाउँछ । खेलमा ‘रियल पावर चाहिन्छ । यो खेलमा खुट्टादेखि टुप्पीसम्म बलको आवश्यक पर्छ,’ कार्कीले भने । कार्कीको तौल अहिले १०५ केजी छ ।

अमेरिकाको भर्जिनिया परिवारसहित बसोबास गर्दै आइरहेका उनले त्यहाँको राष्ट्रिय स्तरको प्रतियोगितामा झण्डै दर्जन खेलमा स्वर्ण पदक जित्दै च्याम्पियन बनेको कार्कीले बताए । सन् २००९ देखि भारत्तोलनको अभ्यास शुरू गरेका कार्की सन् २०१२ देखि पूर्ण रूपमा भारत्तोलन खेलमा सक्रिय छन् ।

‘सानैदेखि रूचि त थियो तर कुनै पनि प्रतियोगितामा भाग लिएको थिइनँ । वर्ल्ड च्याम्पियन हुन्छु भन्ने कल्पना पनि गरेको थिइनँ । यो उपाधि चुम्दा साँच्चै हो कि सपनाका छु जस्तो लागेको थियो,’ कार्की खुशी सुनिए, ‘भारात्तोलन खेल उच्चस्तरीय प्रतिष्पर्धा मध्येको एक हो । विश्वभरका अधिक वजन (हेभिवेट) भारत्तोलकहरू प्रतिस्पर्धामा रहने सो प्रतियोगितामा छनोट हुने म पहिलो अमेरिका बस्दै आएको नेपाली हुँ ।’

उनी एक महिना अगाडि एनआरएनबाट पावल लिफटिङको कार्यक्रमका लागि काठमाडौं आएका हुन् । काठमाडौं आएको बेला उनी आफ्नो गृहजिल्ला रुपन्देही आउँदा लोकान्तरकर्मीले उनलाई भेटेको थियो । मोटो जिउठाल । तन्दुरूस्त शरीर । जो कोही नजिकै पर्दा डराउलान् जस्तो देखिन्छ । उनी भारत्तोलनका लागि प्रशिक्षण दिन नेपाल आएका हुन् । नेपालका अन्य खेलाडीले पनि आफूले जस्तै उपाधि चुमेर देशलाई खेलको माध्यमबाट चिनाउन सकून् भन्ने उनको चाहना छ । राज्यले आफूलाई नचिने पनि आफूले नेपाललाई खेलकुदबाट चिनाउन लागिपरिरहने कार्कीको अबको लक्ष्य छ । ‘हबीप्रति चासो र रुचि भए पनि विश्वकृतिमान हुन्छु भन्ने सोचेको थिइने तर नियमित र निरन्तर अभ्यासले अन्य म जस्तै नेपालीले पनि त्यो सफलता प्राप्त गर्न सक्छन्,’ रूपले चासोका साथ भने ।

भारोत्तलन लगायत सबै खेलको विकासका नेपाली मूलका नेपाली अग्रसर हुनुपर्नेमा उनले जोड दिएका छन् । राज्यले आफूलाई भारत्तोलन खेल विकास गर्न लाग भने आफू अमेरिका छाडेर नेपाल आएर खेलको विकासमा लाग्ने उनको भनाइ छ । उनी सँधै 'जीम' जाने गर्छन् । विशेषगरी भारत्तोलनका खेलाडीले खानपिनमा विशेष ध्यान दिनुपर्छ । बिहान अण्डा, दिउँसो मासु र साँझ दूधसहितको खाना खानुपर्छ । कम्तीमा पनि १२ घण्टा सुत्नुपर्ने हुन्छ । उनले पाएको सफलतासँगै उनका छोरा रुपेश पनि भारत्तोलन खेलमा लागेका छन् । रुपेश पनि ‘स्टेट’ च्याम्पियन भइसकेका छन् ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १७, २०८०

कम उमेरमै विश्व क्रिकेटमा प्रभाव छोडेका नेपालका लेग स्पीनर सन्दीप लामिछाने अर्को दुर्लभ विश्व कीर्तिमान निकट पुगेका छन् । यस अघि गत वैशाखमा कीर्तिपुरमा ओमानविरुद्ध एकदिवसीयमा सबैभन्दा छिटो ४२ खेलमा एक सय विक...

कात्तिक २२, २०८०

नेपालले एसीसी यू–१९ एसिया कपमा बलिया टोली भारत, पाकिस्तान र अफगानिस्तानजस्ता बलिया प्रतिद्वन्द्वी पाएको छ । एसियन क्रिकेट परिषद् (एसीसी)ले बुधवार सार्वजनिक गरेको तालिकाअनुसार समूह ‘ए’म...

बैशाख १८, २०८१

भारतमा जारी इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा कोलकाता नाइट राइडर्सले दिल्ली क्यापिटल्समाथि जीत दर्ता गरेको छ ।  सोमबार राति घरेलु मैदान इडेन गार्डेनमा भएको खेलमा उत्कृष्ट फर्ममा रहेको कोलकाताले द...

बैशाख २४, २०८१

इन्डियन प्रिमियर लिग (आईपीएल)मा कोलकाता नाइट राइडर्सले लखनउ सुपर जायन्ट्सविरुद्ध शानदार जीत हासिल गरेको छ । आइतबार राति सम्पन्न खेलमा केकेआरले लखनउलाई ९८ रनले हराएको हो ।  जितसँगै केकेआर अंक तालिका...

जेठ २, २०८१

इंडियन प्रिमियर लिग (आईपीएल)क्रिकेटमा लखनऊ सुपर जाएन्ट्स दिल्ली क्यापिटल्ससँग पराजित भएको छ । दिल्लीको घरेलु मैदानमा सोमबार राति सम्पन्न खेलमा दिल्ली १९ रनले विजयी भएको हो । दिल्लीले दिएको २०९ रनको लक्ष्य पछ्य...

जेठ ३, २०८१

भारतीय फुटबल टोलीका कप्तान सुनील क्षेत्रीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन् ।  बिहीबार सोसल मिडिया प्लेटफर्म एक्समा भिडियो सेयर गर्दै सुनीलले सन्न्यासबारे जानकारी दिएका हुन् ।  ...

समानुपातिक, समावेशिताः सिद्धान्त र व्यवहार

समानुपातिक, समावेशिताः सिद्धान्त र व्यवहार

जेठ १२, २०८१

नेपालमा भएका जनयुद्ध, जनआन्दोलन, मधेश आन्दोलन लगायतका आन्दोलनहरूको मूल आशय एकल जातीय एकात्मक राज्य संरचनालाई पुनर्संरचना गरी बहुलतामा आधारित समावेशी राज्य निर्माण गर्ने रहेको थियो । अर्थात्, जातीय उत्पीडन र आन्त...

काग र सुगाको सन्देश

काग र सुगाको सन्देश

जेठ १२, २०८१

एक दिन प्रातः भ्रमणमा गएको बेला कुनै एक सज्जनले सोधे– ‘कागहरू किन स्वतन्त्र हुन्छन् र सुगाहरू किन बन्धनमा पर्छन् थाहा छ ?’ मैले भनेँ– अहँ, थाहा छैन, भन्नुस् न किन त्यस्तो हुन्छ ?’ उत्त...

कस्तो बजेट ? कत्रो बजेट ?

कस्तो बजेट ? कत्रो बजेट ?

जेठ ११, २०८१

आगामी वर्ष २०८१/०८२ को बजेट तथा वार्षिक विकास कार्यक्रम प्रस्तुत हुने संवैधानिक समयसीमा एकदमै नजिक छ । अर्थशास्त्री, सर्वसाधारण, राजनैतिक कार्यकर्ता, विकास साझेदार, उद्यमी, लगानीकर्ता र बेतनभोगीहरू आ–आफ्नै ...

x