×

NMB BANK
NIC ASIA

अमेरिकी राजदूतको जुंगाले दियो दक्षिण कोरियालाई तनाव

माघ ३, २०७६

NTC
Premier Steels

कोरियाली प्रायद्वीपमा आणविक निःशस्त्रीकरणको तनाव त छँदैछ तर अहिल आएर दक्षिण कोरियाका लागि अमेरिकाका राजदूत ह्यारी ह्यारिसको जुंगाले तनाव दिएको छ ।

Muktinath Bank

पूर्व नेभी एडमिरल ह्यारिस जापानमा जन्मेका थिए । उनका पिता अमेरिकी जलसैनिक हुन् र आमा जापानी हुन् । उनले जुंगा पालेर दक्षिण कोरियालाई चिढ्याएको आरोप लागेको छ । कोरियालीहरूले उनको जुंगाबाट जापानी साम्राज्यवादी शासनको याद आएको बताएका छन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

सन् १९१० देखि १९४५ सम्म कोरियाली प्रायद्वीपमा जापानको शासन चलेको थियो र अहिलेसम्म पनि दक्षिण कोरियाका लागि यो घृणाको स्रोत बनिरहेको छ । युद्धकालीन स्मृतिकै कारण पोहोर साल दक्षिण कोरिया र जापानको सम्बन्धमा चिसोपन आएको थियो । 


Advertisment
Nabil box
Kumari

ह्यारिस सन् २०१८ को जुलाई महिनामा राजदूत नियुक्त भएदेखि दक्षिण कोरियाका सामाजिक सञ्जाल प्रयोगकर्ताहरूले उनको स्वरूपको आलोचना गर्न थालिसकेका थिए । जापानको साम्राज्यवादी शासनका बेलामा सबै आठ जापानी शासकले जुंगा पाल्ने गर्थे । 

Vianet communication

अघिल्लो साता ह्यारिसले सउलका पत्रकारहरूलाई आफ्नो पृष्ठभूमिका कारण तारो बनाइएको बताएका थिए । 

‘खै के कारणले गर्दा हो मेरो जुंगा यहाँ आकर्षणको केन्द्र बनेको छ,’ उनले भनेका थिए । ‘मलाई यहाँ मिडियामा, विशेषगरी सामाजिक सञ्जालमा, मेरो जातीय पृष्ठभूमिका कारण आलोचना गर्ने गरिएको छ ।’

उनले आफ्नो ४० वर्षीय जलसैनिक करीयरमा जुंगादाह्री पाल्ने नगरेको तर कूटनीतिक करीयरको शुरूआतमा जुंगा पाल्ने निर्णय गरेको बताए । 

कोरिया टाइम्सले ह्यारिसको जुंगा अमेरिकाको असम्मानजनक छविसँग जोडिएको लेख्यो । ह्यारिसलाई राजदूत भन्दा पनि गभर्नर जनरलको जस्तो व्यवहार देखाएको भनी गिल्ला गर्ने गरिन्छ भनी कोरिया टाइम्सले लेख्यो ।

एजेन्सी
 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २८, २०८०

चिनियाँ राष्ट्रपति सी चिनफिङ अमेरिका प्रस्थान गरेका छन् । चीन–अमेरिका भ्रमणका लागि उनी मंगलवार अमेरिका प्रस्थान गरेका हुन् । भ्रमणका क्रममा उनले चीन र अमेरिकाका नेताबीचको बैठक र ३० औं एपेक आर्थिक न...

कात्तिक २९, २०८०

हमासको कमान्ड सेन्टरलाई निशाना बनाउँदै इजराइली सेना बुधबार गाजाको सबैभन्दा ठूलो अस्पतालमा प्रवेश गरेको छ । हजारौँ बिरामी र आश्रय लिएका नागरिकहरू रहेको अस्पतालमुनि हमासको कमान्ड सेन्टर रहेको सेनाले बताएको छ ...

कात्तिक १७, २०८०

सोउल– उत्तर कोरियाले दूतावास बन्द गर्ने हालैको शृङ्खला आफ्नो बाह्य सम्बन्ध सुधार गर्नका लागि ‘नियमित मामिला’ भएको स्पष्ट पारेको छ । दक्षिण कोरियाले आर्थिक सङ्कटका कारण दूतावास बन्द गरेको दाबी गर...

पुस २७, २०८०

अमेरिका र बेलायतका सेनाले बिहीवार यमनको हुथी नियन्त्रित कैयौं क्षेत्रहरूमा हवाई हमला शुरू गरेका छन् । लाल सागर (रेड सी) हुँदै सामान ओसारपोसार गर्ने कमर्सियल जहाजमाथि पटक-पटकको ड्रोन हमला तत्काल रोक्न...

कात्तिक २३, २०८०

सिरियाको पूर्वी प्रान्त देइर अल–जोरमा मध्यरातपछि अमेरिकी हवाई आक्रमणमा परी कम्तीमा नौ जना लडाकू मारिएका छन् ।  सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सका अनुसार अमेरिकी लडाकु विमानले देइर अल–जो...

कात्तिक १७, २०८०

पाकिस्तानको क्वेटामा सुरक्षाकर्मीको एउटा समूहमाथि शुक्रबार आक्रमण हुँदा कम्तीमा १४ सैनिकको मृत्यु भएको छ । घटनाबारे बलुचिस्तान प्रान्तका एक वरिष्ठ सरकारी अधिकारी सइद अहमद उमरानीले एएफपीसँग भने, “तटीय ...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x