×

NMB BANK
NIC ASIA

खानेपानी मन्त्रालयले बनायो नयाँ सफ्टवेयर, आयोजना खोलाले बगाए तत्काल थाहा हुने

माघ ३, २०७६

NTC
Premier Steels

खानेपानी मन्त्रालयले देशैभरिका खानेपानी आयोजनाको अवस्था, आयोजनाको सुचारुपना, दिगोपना र पहुँचबाहिर रहेका उपभोक्ताबारे डिजिटल तथ्याङ्क, जानकारी र सूचना दिने उद्देश्यले वेबमा आधारित सफ्टवेयर तयार गरेको छ ।

Muktinath Bank

विश्व बैंकको सहयोगमा तयार भएको उक्त सफ्टवेयरबारे आज खानेपानी मन्त्रालयमा प्रस्तुति गरिएको थियो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

‘एनवास’ नाम दिइएको उक्त सफ्टवेयर प्रणालीमार्फत देशैभरिका खानेपानी आयोजनाको डिजिटल तथ्याङ्क, सर्भे गर्ने व्यक्ति, सम्बन्धित खानेपानी योजनाको मुहान, रिजर्भवायर ट्याङ्की र पाइपलाइनको अवस्था साथै उपभोक्ता समितिबारे विस्तृत जानकारी पाउन सकिने मन्त्रालयका सिनियर डिभिजनल इन्जिनीयर डा रजित ओझाले जानकारी दिए ।


Advertisment
Nabil box
Kumari

सफ्टवेयरबारे जानकारी गराउँदै उनले भने, ‘कुनै आयोजनाको संरचना खोलाले बगाएको छ कि छैन ? रिजर्भवायर ट्याङ्की, पाइपलाइनको अवस्था कस्तो छ ? कति उपभोक्ताले खानेपानी उपभोग गरिरहेका छन् ? कति ठाउँमा खानेपानी पुगेको छैन ? सबै कुराको यथार्थ वस्तुस्थिति जानकारी यो सफ्टवेयरबाट थाहा हुन्छ ।’

Vianet communication

त्यसैगरी खानेपानी सुविधा नपुगेको वा पहुँच बाहिरका उपभोक्तासम्बन्धी जानकारी पनि सफ्टवेयरमा समावेश गरिएको छ । सफ्टवेयरको माध्यमबाट खानेपानीमा पहुँच नभएका जनसङ्ख्याको तथ्याङ्क आएपछि खानेपानीको पहुँच नभएका क्षेत्रको पहिचान हुनेछ जसका कारण आगामी दिनमा योजना छनोट गर्न सजिलो हुनेछ ।

‘जहाँ खानेपानीको पहुँच छैन, त्यो ठाउँमा योजना छनोट गर्न सजिलो हुनेछ । यसरी खानेपानीको पहुँच बाहिरका जनतालाई खानेपानी सेवा उपलब्ध गराउन सफल हुनेछौँ,’ उनले भने ।

सो अवसरमा खानेपानी मन्त्री बीना मगरले नयाँ प्रविधिको माध्यमबाट देशैभरिको खानेपानीको अवस्थाबारे थाहा हुने भएपछि यसले खानेपानीका योजना बनाउन सहयोग गर्ने बताइन ।

‘अधिकांश जनप्रतिनिधि योजना माग्न आइरहनुहुन्छ । कुन ठाउँमा खानेपानी आयोजनाको आवश्यकता छ, कुन ठाउँमा छैन भन्ने कुरा यसबाट थाहा हुने भएकाले अब मन्त्रालयलाई काम गर्न सजिलो हुन्छ,’ उनले भनिन्, ‘खानेपानी र सरसफाइको क्षेत्रमा नयाँ ‘टेक्नोलोजी’का माध्यमबाट काम गर्न सहज हुने भएकाले अब योजना छनोट गर्न सजिलो हुने भएको छ ।’

खानेपानीको अवस्थाको तथ्याङ्क लिइसकेपछि ७५३ वटै स्थानीय तहमा सरसफाइ योजना बनाउने उनको भनाइ थियो । खानेपानी मन्त्रालयले तयार गरेको वेब सफ्टवेयर ‘डब्लुडब्लुडब्लु डट एनवास डट एमओडब्लुएसएस डट जिओभी डट एनपी’ रहेको छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x