×

NMB BANK
NIC ASIA

१० रुपैयाँमै पेटभरि खाना !

माघ ४, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

१० रुपैयाँमा खाना ! त्यो पनि आजको महंगो समयमा ? असम्भव लाग्ने काम सम्भव गराएका छन्, नेपालगञ्ज सदरलाइनका नरेश अग्रवालले ।

Muktinath Bank

बालाजीका भक्त अग्रवालले व्यवसायबाट ‘रिटायर्ड’पछि गत कात्तिकदेखि १० रुपैयाँमै पेटभरि खाना दिने पुण्य काम गर्दै आएका छन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

सदरलाइनस्थित नगर भवनअगाडि मंगलवार र शनिवार ‘मेस’ चलाएर १० रुपैयाँमै एकछाक खाना बाँड्ने गरिएको छ । ५ सयसम्म सर्वसाधारण खाना खान पुग्छन् ।


Advertisment
Nabil box
Kumari

‘आफूले कमाएको पैसा महंगो खानाको जोहो गर्नै मुस्किल पर्नेलाई राहत त दिएको छ नै, खानाकोे गुणस्तरमा कुनै सम्झौता नगर्ने भएका कारण अरू पनि खाना खान पुग्छन्, खानामा भात, दालका साथै मिठाइ पनि दिइन्छ,’ उनले भने । 

Vianet communication
Laxmi Bank

६९ वर्षीय अग्रवाल नेपालगञ्जका परिचित व्यवसायी हुन् । उनले २०५० सालदेखि रामदूत स्टेसनरी सञ्चालन गर्दै आएका थिए । लामो समयसम्म व्यवसायमा संलग्न रहेका अग्रवालले यतिबेला भने ‘रिटायर्ड’ जीवन बिताइरहेका छन् । ‘छोराहरू व्यवसायमै छन्, म पुण्यको कामतिर लाग्छु भनेर यो काम शुरू गरेको हुँ,’ अग्रवालले भने । उनका जेठा छोरा आदेशले रामदूत प्रिन्टर्स सञ्चालन गरिरहेका छन् ।

२ दशकभन्दा बढी समय संघमा रहेका आदेश अहिले कोषाध्यक्ष छन् भने आगामी माघ ११ गते हुने उद्योग वाणिज्य संघको निर्वाचनमा उद्योगतर्फ उपाध्यक्ष उम्मेदवार बनेका छन् । कान्छा छोरा निखिल पनि व्यवसायमा छन् । उनलाई नेपालगञ्जका अरू प्रतिष्ठित व्यवसायीले पनि साथ दिएका छन् । 

उनले शुरू गरेको काममा नेपालगञ्जका प्रतिष्ठित व्यवसायी सञ्जय अग्रवाल, विजय गुप्ता, रञ्जीत लखेर, सञ्जीत ज्वेलर्सका साथ रहेको छ । अग्रवालले सबैको साथ र सहयोग पाए आगामी दिनमा यसलाई अझै विस्तार गर्दै लैजाने योजना बनाएका छन् । ‘यो पुण्य काममा सबैको साथ पक्कै रहन्छ,’ अग्रवालले भने, ‘बाँचुन्जेल यस कामलाई निरन्तरता दिनेछु ।’

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x