फागुन ४, २०८०
ललिता निवास प्रकरणमा विशेष अदालतले बिहीबार फैसला गरेको छ । फैसला अनुसार ललिता निवासको हडपिएको जग्गा सरकारको नाममा आउने भएको छ। अदालतले त्यसमा दोषीहरुलाई कैद र जरिवानको फैसला पनि गरेको छ । ...
गीतसंगीत विधाको सबैभन्दा ठूलो मानिने ग्रामी अवार्डको ६२औं संस्करण लसएन्जलसमा आइतबार अबेर राति सम्पन्न भएको छ । अमेरिकाका महान् बास्केटबल खेलाडी कोबी ब्रायनलाई श्रद्धाञ्जलि दिँदै २०२० को ग्रामी अवार्ड समारोह शुरू भएको थियो ।
सबैभन्दा धेरै आठ विधामा मनोनयनमा परेको लिज्जोको ट्रुथ हर्ट्सलाई बेस्ट पप सोलो परफार्मेन्ससहित तीन अवार्ड प्राप्त भयो । १८ वर्षीया पपगायिका बिली एलिसले पाँच ग्रामी अवार्ड जितिन् । उनी ६ विधामा मनोनयनमा परेकी थिइन् । बिली यस पटक अवार्ड जित्ने सबैभन्दा कम उमेरकी गायिका हुन् ।
बिलीले बेस्ट न्यु आर्टिस्ट, सङ अफ दी इयर, रेकर्ड अफ दी इयर र एल्बम अफ दी इयरको अवार्ड आफ्नो पोल्टामा पारिन् । ग्रामी अवार्डको सञ्चालन १५ पटक ग्रामी जित्ने एलिसिया किजले गरेका थिए । मिसेल ओबामालाई बेस्ट स्पोकन वर्ड एलबम अवार्डबाट सम्मानित गरियो ।
१८ डिसेम्बर २००१ मा लसएन्जलसमा जन्मेकी बिली गीतकार म्यागी बेअर्ड र अभिनेत्री अभिनेता ओकानेलकी छोरी हुन् । बिलीलाई संगीत र गीत लेख्न उनकी आमाले सिकाएकी हुन् । चार वर्षको उमेरमा बिलीले पहिलो गीत लेखेकी थिइन् । आठ वर्षमा उनले म्युजिक ट्यालेन्ट सोमा भाग लिएकी थिइन् । ग्रामी अवार्डको इतिहासमा पहिलो पटक युवा गायिका ६ विधामा मनोनीत भएकी हुन् र पहिलो पटक पाँच अवार्ड जितिन् ।
बलिउड अभिनेत्री प्रियंका चोपडाका पति निक जोनससँग ग्रामी अवार्डको रेड कार्पेटमा पुगेकी थिइन् । उनले फरक तरिकाले बास्केटबल खेलाडी कोबी ब्रायनलाई श्रद्धाञ्जलि दिइन् । प्रियंकाले आफ्नो दाहिने हातको औंलाको नङमा कोबीको जर्सी नम्बर ‘२४’ लेखेकी थिइन् ।
ग्रामी अवार्डको रेड कार्पेट सेलिब्रिटीको फेसन स्टेटमेन्टले रंगिएको थियो । सबैभन्दा धेरै ध्यान अरब फेसन काउन्सिलकी दूत मेगन पोर्मरले खिचिन् । उनले जुन पोसाक लगाएर रेड कार्पेटमा ¥याम्प नप्दै थिइन् त्यसमा ‘नो वार लभ इरान’ लेखिएको थियो । ड्रेसमा अमेरिका र इरानको झन्डा कोरिएको थियो । गायिका तथा गीतकार जय विला रातो पहिरनमा थिइन् जसमा ट्रम्प २०२० लेखिएको थियो ।
लिज्जो र बिली एलिस पहिलो पटक मनोनयनमा परेका हुन् । दुवैले पहिलो पटक ग्रामीको स्टेजमा आफ्नो प्रस्तुति दिएका थिए । रियल लाइफको जोडी ग्वेन स्टेफनी र ब्लेक सेल्टनले पनि समारोहमा पहिलो पटक प्रस्तुति दिएका थिए । प्रियंकाका पति निकले आफ्ना भाइसँग स्टेजमा प्रस्तुति दिए । उनले आफ्ना नयाँ गीत ‘फाइभ मोर मिनेट्स’ र ‘ह्वाट अ म्यान गोटा डु’ गाए । प्रस्तुतिको क्रममा निकको दाँतमा अड्किएको खानेकुरा देखिएपछि उनी लज्जित हुनु परेको थियो । यसपछि दर्शक उनलाई ट्रोल गर्न लागे ।
निकको यो भिडियो सोसल मिडियामा निकै भाइरल भयो । निक आफैंले सोसल मिडियामा लेखे, ‘कम से कम अब सबैलाई जानकारी भयो कि म पनि हरियो सागपात खान्छु ।’ जोनास ब्रदर्सलाई उनको गीत ‘सकर’ का लागि बेस्ट पप डुओर ग्रुप परफर्मेन्स विधामा मनोनयन गरिएको थियो । कार्यक्रममा प्रियंका राल्फ र रुसोको डिजाइन लगाएर पुगेकी थिइन् । अन्नपूर्ण पोस्टमा खबर छ ।
ललिता निवास प्रकरणमा विशेष अदालतले बिहीबार फैसला गरेको छ । फैसला अनुसार ललिता निवासको हडपिएको जग्गा सरकारको नाममा आउने भएको छ। अदालतले त्यसमा दोषीहरुलाई कैद र जरिवानको फैसला पनि गरेको छ । ...
जापानी बिदेशमन्त्री कामिकाबा योको झन्डै आठ घण्टाको नेपाल भ्रमण गरी स्वदेश फर्किएकी छन् । विमान चार्टर गरी नेपाल आएको मन्त्री योकोले स्वदेश फिर्दा भने नेपालको राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगमको नियमित उडान प्...
सवारीसाधन सुविधा प्राप्त गर्ने कर्मचारीलाई इन्धनबापत नगद उपलब्ध गराउन सरकारले निर्देशिका जारी गरेको छ । सुशासन (व्यवस्थापन तथा सञ्चालन) ऐन, २०६४ को दफा ४५ ले दिएको अधिकार प्रयोग ...
सहरी विकास मन्त्रालयले निर्माणाधीन धरहराको बेसमेन्टमा सवारीसाधन पार्किङ मानवीय स्वास्थ्यका दृष्टिले जोखिमपूर्ण हुन सक्ने भन्दै सचेत गराएको छ । मन्त्रालयले त्यहाँ आवश्यक प्राविधिक तयारी ...
अस्पतालले मृत घोषणा गरी १५ घण्टासम्म शवगृहमा राखेर अन्तिम दाहसंस्कारका लागि घाट लैजान लागेका एक व्यक्ति जिवितै रहेको पाइएको छ। विराटनगरस्थित मेट्रो न्युरो अस्पतालले मृत्यु प्रमाणपत्रसमेत बनाएर १५ घण्टासम्म शवगृहमा...
विशेष आर्थिक क्षेत्र (सेज)भित्र मदिरा, सुर्तीजन्य र विस्फोटक पदार्थ उत्पादन गर्ने उद्योग स्थापना गर्न नपाइने भएको छ। विश...
नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...
निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...
जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...