×

NMB BANK
NIC ASIA

उपसभामुखमा कांग्रेस र राजपालाई सर्त

माघ १५, २०७६

NTC
तस्वीर सौजन्य: कान्तिपुर दैनिक
Premier Steels

संवैधानिक व्यवस्थाअनुसार उपसभामुख फरक दलको हुनुपर्ने भएकाले त्यसमा कांग्रेस र राजपा दुवैले दाबी गरेका छन् । कसलाई सभामुख दिने भन्ने निर्णायक भूमिका रहेको नेकपाले भने दुवै दललाई सम्भावित सूचीमा राखेर अनौपचारिक छलफल थालेको छ ।

Muktinath Bank

नेकपा संसदीय दलका उपनेता सुवास नेम्वाङले सभामुख चयन भएकै दिन उपसभामुख कांग्रेस र राजपामध्ये एकले पाउने बताएका थिए । कांग्रेसले समेत त्यही दिन सहमतिको राजनीतिका लागि भन्दै उपसभामुखमा दाबी पेस गरेको थियो । राजपा सभामुखमा नेकपाका उम्मेदवारको समर्थक बसेको थियो । त्यसैले उसलाई स्वाभाविक दाबेदार मानिएको छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

नेकपाले भने कुन दललाई उपसभामुख दिँदा के हुन्छ भन्ने आन्तरिक लेखाजोखा गरिरहेको छ । स्रोतका अनुसार सरकारमा संलग्न रहेका नेताहरूले कांग्रेसले उपसभामुख लिने हो भने संवैधानिक परिषद्को ऐन संशोधनमा सहमत हुनुपर्ने सर्त अघि सार्न थालेका छन् । हाल परिषद् ऐनमा सर्वसम्मतिबाट निर्णय हुनुपर्ने प्रावधान छ ।


Advertisment
Nabil box
Kumari

परिषद्को पहिलो बैठकमा सहमति हुन नसके अर्को बैठकबाट मात्र बहुमतको निर्णय प्रक्रियामा जान्छ । यसअघि सभामुख रिक्त हुँदा निर्णय गर्न समस्या परेपछि सरकारले सुरुमै बहुमतबाट निर्णय गर्न सकिने गरी अध्यादेशबाटै परिषद् ऐनको व्यवस्था परिमार्जन गर्न खोजेको थियो तर विरोध भएपछि अध्यादेश ल्याउने प्रक्रिया रोकिएको थियो । ‘संवैधानिक परिषद्को ऐन संशोधनको सर्त मानेर हामी उपसभामुख लिने पक्षमा छैनौं,’ कांग्रेस सभापति शेरबहादुर देउवानिकट एक नेताले भने ।

Vianet communication

कांग्रेसले उपसभामुख पदको दाबी संविधानको आधार र सहमतीय राजनीति अघि बढ्ने सम्भावनालाई हेरेर मात्र गरेको जनाएको छ । ‘संविधानको प्रावधान कार्यान्वयन गर्ने हो भने पहिलो ठूलो दल नेकपाले सभामुख बनाएपछि उपसभामुख कांग्रेसको हुनुपर्छ भन्ने हाम्रो दाबी हो,’ खाँडले भने, ‘संविधान र सहमतिको भावनाअनुसार नेकपा कति अघि बढ्छ भन्ने हामी हेरिरहेका छौं ।’ नेकपाका नेताहरूले सहमतिको कुरा गरे पनि त्यसको कार्यान्वयन हेर्नुपर्ने खाँडले बताए ।

नेकपाभित्र कांग्रेसलाई उपसभामुख दिँदा के हुन्छ भन्ने आकलन हुँदै गर्दा दुइटा तर्क आएका छन् । कांग्रेसलाई दियो भने सहमतिको राजनीति गरे जस्तो पनि हुन्छ र परिषद्मा कांग्रेसबाहेक अरूले नियुक्तिमा भागबन्डाको माग गर्ने सम्भावना रहँदैन । त्यसो भए परिषद्‌मा विपक्षी दलको नेता र उपभामुख गरी दुई सदस्य कांग्रेसका हुन्छन् ।

राजपासँग भने राष्ट्रिय सभा चुनावमा सहकार्य गरेकाले अब त्यसैलाई अघि बढाउने योजनाअनुसार प्रदेश २ को सरकारदेखि केन्द्रीय सरकारसम्मको सहकार्यका लागि प्याकेज सहमति गर्नर्पुर्ने कुरा नेकपा नेताहरू गरिरहेका छन् । राजपा भने उपसभामुखको विषय टुंगो लगाएर मात्र अन्य विषयमा प्रवेश गर्नुपर्ने बताउँदै आएको छ । ‘उपसभामुख राजपालाई दिनुपर्छ भन्ने हाम्रो कुरा छ,’ राजपाका नेता केशव झाले भने, ‘त्यसपछि सरकार लगायतका विषयमा थप कसरी अघि बढ्न सकिन्छ भन्ने हाम्रो भनाइ हो ।’ कान्तिपुर दैनिकमा खबर छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
फागुन ४, २०८०

ललिता निवास प्रकरणमा विशेष अदालतले बिहीबार फैसला गरेको छ । फैसला अनुसार ललिता निवासको हडपिएको जग्गा सरकारको नाममा आउने भएको छ।  अदालतले त्यसमा दोषीहरुलाई कैद र जरिवानको फैसला पनि गरेको छ ।  ...

माघ २५, २०८०

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक (डिआइजी) अर्जुन चन्दले राजीनामा दिएको चर्चा झन्डै एक साता चल्यो तर प्रहरी प्रधान कार्यालयले चन्दको राजीनामा नभई सोमबार १० दिनको बिदा स्वीकृत ग...

मंसिर ४, २०८०

नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) सँग  एकता  गर्न  नेपाल  समाजवादी  पार्टीका  अध्यक्ष डा. बाबुराम भट्टराईलाई पार्टीभित्रबाट नेताहरूले दबाब दिन थालेका छन् । पार्टीका अर्का अध्य...

माघ २४, २०८०

कास्की प्रहरीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेसहित थप १८ जनाविरुद्ध अनुसन्धान  सुरु  गरेको  छ  ।  पोखराको  सूर्यदर्शन  बचत तथा ऋण सहकारी ठगी प्रकरणमा ...

माघ ३, २०८०

चालुु  आर्थिक  वर्ष  २०८०/८१  मा  नेपाली  श्रमिकका लागि मलेसियाको रोजगारी घटेको छ । गत आव २०७९/८० मा पहिलो श्रम गन्तव्य देश बनेको मलेसिया चालुु आवमा क्रमशः घटेर तेस्रो र चौथो ...

कात्तिक २३, २०७८

विशेष  आर्थिक  क्षेत्र  (सेज)भित्र मदिरा,  सुर्तीजन्य  र  विस्फोटक  पदार्थ  उत्पादन  गर्ने  उद्योग स्थापना  गर्न  नपाइने  भएको  छ।  विश...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

x