×

NMB BANK
NIC ASIA

कोशीमा नयाँ सरकारको कसरत

नयाँ सरकारको आव्हानका लागि मुख्य न्यायाधिवक्ताको पत्र कुर्दै प्रदेश प्रमुख

विराटनगर | बैशाख २६, २०८१

NTC
Premier Steels

कोशी प्रदेशमा नयाँ सरकार गठनको आव्हान गर्न गठबन्धनले दबाब दिइरहेका छन् । गठबन्धनमा आबद्ध दलहरू एमाले र माओवादी केन्द्रका सांसदहरूले आज बिहानैदेखि प्रदेश प्रमुख परशुराम खापुङलाई पटक–पटक दबाब दिइरहेका छन् । 

Muktinath Bank

मुख्यमन्त्री केदार कार्कीले विश्वासको मत नलिएपछि सरकार विहीनताको अवस्था बनेको भन्दै उनीहरूले दबाब दिएका हुन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

अर्कोतिर प्रदेश प्रमुख खापुङ भने मुख्य न्यायाधिवक्ता कार्यालयको रायका आधारमा नयाँ सरकारको आह्वान गर्ने तयारीमा रहेको उनीनिकट स्रोतले जनाएको छ ।  


Advertisment
Nabil box
Kumari

एमाले र माओवादीले २०८० चैत २६ गते सरकारलाई दिएको समर्थन र विश्वासको मत फिर्ता लिएका थिए । २०८१ वैशाख २५ गतेभित्र मुख्यमन्त्री केदार कार्कीले प्रदेशसभाबाट विश्वासको मत लिनुपर्नेमा नलिएकाले स्वतः पदमुक्त भएको दाबी गर्दै उनीहरूले नयाँ सरकार गठनको प्रक्रिया थाल्न प्रदेश प्रमुखलाई पत्र बुझाएका छन् । पत्रमा एमाले संसदीय दलका नेता हिक्मतकुमार कार्की र माओवादी केन्द्र संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोको हस्ताक्षर गरेका छन् ।

Vianet communication

null 

सरकार रिक्तताको अवस्था रहन नसक्ने भएकाले मुख्यमन्त्रीले विश्वासको मत नलिएर पदमुक्त भएको दिन नै नयाँ सरकार गठनको आह्वान गर्नुपर्ने भन्दै एमाले र माओवादीले प्रदेश प्रमुखलाई दबाब दिएका हुन् । 

प्रदेश प्रमुखले संविधानको धारा १६८ को उपधारा ५ अनुसार नयाँ सरकार गठनको लागि आह्वान तयारी रहेको स्रोतले जनाएको छ  । अर्कोतिर गठबन्धन पनि आजै नयाँ सरकार गठन गर्ने तयारीमा रहेको छ  । 

प्रदेशसभाका बहुमत सांसदको हस्ताक्षरसहित सरकार गठनको दाबी गरिने एमालेका प्रमुख सचेतक रेवतीरमण भण्डारीले जानकारी दिए ।
 

hAMROPATRO BELOW NEWS
TATA Below
पुस १०, २०८०

मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...

मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

कात्तिक १८, २०८०

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् ।  विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...

मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

कात्तिक २२, २०८०

दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...

मंसिर १६, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...

प्रकृतिको गीत

प्रकृतिको गीत

जेठ ५, २०८१

सृष्टिमा हरेक चीजको एउटा अति हुन्छ, जसलाई हामी सीमा भन्ने गर्छौँ, जलाई उसले आउँदा सँगै लिएर आएको हुन्छ र जेजति गर्छ यसैभित्रै रहेर गर्छ । अति पार गर्नासाथ उसको अस्तित्व पनि समाप्त हुन पुग्छ । अति पार गरेपछि नदी...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

x