×

NMB BANK
NIC ASIA

माछापालनको हब बन्दै कैलाली, एकै तालबाट ४ सय क्विन्टलभन्दा बढी माछा बिक्री

माघ २०, २०७६

NTC
Premier Steels

पछिल्लो समय कैलाली जिल्ला माछापालनको हबको रूपमा विकास हुँदै गएको छ । 

Muktinath Bank

कैलालीस्थित करीब २ सय भन्दा बढी प्राकृतिक तालतलैया र सयौं कृत्रिम पोखरीहरूमा व्यावसायिक माछापालन फस्टाउँदै गएपछि हबकै रूपमा विकास हुँदै गएको हो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

कैलालीको कैलारी गाउँपालिकाकै ठूलो मानिने कोइलहुवा तालबाट माघ पहिलो सातासम्ममा ४ सय क्विन्टलभन्दा बढी माछा बिक्री गरिएको छ । 


Advertisment
Nabil box
Kumari

माछा व्यवसायी कृष्ण गिरीले लागातारको हिउँदे झरीले तालमा बढेको पानीको स्तरका कारण माछा निकाल्न नसकेपनि साउनदेखि यता ४ सय क्विन्टलभन्दा बढी बिक्री गरिसकेको जानकारी दिए । 

Vianet communication

माछाको बजार पनि अति उच्च रहेको छ । मागअनुसार आपूर्ति गर्न हम्मेहम्मे भएको कृषकहरू बताउँछन् । 

व्यवसायी गिरी भन्छन्– ‘नेपालीहरूमा माछा उपभोग गर्ने संस्कार पनि बढ्दो छ । जहिलेदेखि तालको माछा बिक्रीका लागि खुला गरियो त्यही बेलादेखि माछा उपभोक्ताहरूको लाइन लागेको हुन्छ । बिहानैदेखि माछा व्यापारीहरू लाइनमा हुन्छन् । बजारको समस्यै छैन । सम्भावना उच्च छ ।’

८५ हेक्टर क्षेत्रफलमा फैलिएको तालमा करीब एक दशकदेखि माछा पालन गर्दै आएका उनले स्थानीय उत्पादनले करीब ३० प्रतिशत मात्रै माग धानिरहेको बताए । बाँकी बजार माग आयतित माछाले पूर्ति गरिरहेको उनको भनाइ छ ।

व्यवसायिक माछापालनमा युवा पिँढीको आकर्षणमा पनि बढोत्तरी छ । भर्खरका युवा व्यावसायिक माछापालनलाई नै आफ्नै प्रमुख लक्ष्य बनाएर व्यवसाय थालेका छन् । 

कैलालीको घोडाघोडी नगरपालिका– ५ देउकालियाका २२ वर्षीय विनोद चौधरी डेढ वर्षदेखि व्यावसायिक माछा पालनमा होमिएका छन् । नयाँ सोचका साथ माछा व्यवसायलाई अँगालेका चौधरीले २ बिघा क्षेत्रफलमा माछापालन थालेका हुन् ।

घोडाघोडी नगरपालिका– १० पहलमानपुरका अर्का युवा सन्तोष चौधरी पनि माछा पालन व्यवसायप्रति निकै उत्साहित छन् ।

एक वर्षदेखि व्यवसाय थालेका उनले विदेशको कमाइ स्वादेशमै गर्न सकिने सम्भावनाको क्षेत्र माछापालन व्यवसाय भएको अनुभव सुनाए ।

उनले भने– ‘माछापालन व्यवसाय यस्तो व्यवसाय हो, जसबाट छोटो समयमा नै आम्दानी लिन सकिन्छ । २ रूपैयाँको माछाको भूरा हामी केही महिनामा नै ३ सय रूपैयाँको बनाएर बिक्री गर्न सक्छौं ।

उपभोगको दृष्टिले पनि स्वास्थ्यको लागि फाइदाजनक रहेकाले सम्भावनाको क्षेत्र माछापालन व्यवसाय लागेको छ ।’

सुदूरपश्चिम प्रदेशमा माछाको भूरा उत्पादनको क्रम पनि उत्साहजनक छ । सुदूरपश्चिम प्रदेशको ९ जिल्लासहित प्रदेश नं. ५ को बाँके र बर्दिया जिल्लामा पनि माछाको भूरा आपूर्ति गर्दै आएको मत्स्य विकास केन्द्र गेटाले बर्सेनि लक्ष्यभन्दा बढी माछाको भूरा उत्पादन गर्दै आएको जनाएको छ ।

मत्स्य विकास केन्द्र गेटाका प्राविधिक सहायक गणेश धामीले कमन, ग्रास, सिल्भर, बिगहेड, नैनी, भ्याकुर, रहु गरी ७ वटा कार्प जातको माछाको भूरा उत्पादन गर्दै आएको जानकारी दिए ।

उनका अनुसार मत्स्य विकास केन्द्रले गत आर्थिक वर्ष २०७५/२०७६ मा ह्याचलिङ अर्थात ७ दिनको माछाको भूरा १ करोड ४० लाख उत्पादनको लक्ष्य बनाएपनि २ करोड ४० लाख उत्पादन गरेको थियो भने फ्राई अर्थात् १ महिनासम्मको माछाको भूरा २० लाख उत्पादनको लक्ष्य भएपनि २२ लाख उत्पादन गरेको थियो ।

फिंगर अर्थात् २ देखि ३ महिनाको माछाको भूरा २५ लाख उत्पादन लक्ष्य भएपनि ३४ लाख उत्पादन भएको सो कार्यालयले जनाएको छ । त्यस्तै, चालू वर्षमा मत्स्य विकास केन्द्रले ह्वाचलिङ २ करोड ५० लाख, फ्राई २० लाख र फिन्गर ३० लाख उत्पादन गर्ने लक्ष्य बनाएको छ ।

माछाको प्रजनन अवधि फागुनदेखि साउनसम्म हो । यसरी उत्पादित माछाको भूरा कम्तीमा ७ महिनामा बिक्रीको लागि तयार हुन्छन् ।

hAMROPATRO BELOW NEWS
TATA Below
माघ १८, २०८०

​सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...

कात्तिक २०, २०८०

शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए ।​​ सोमवार अपरान्ह उनको शव लिएर मलामी...

कात्तिक २०, २०८०

‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...

कात्तिक २०, २०८०

जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...

मंसिर २५, २०८०

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो ।  दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...

कात्तिक १८, २०८०

जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो ।  जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x