×

NMB BANK
NIC ASIA

कर्मचारीकै तलब उठाउन सक्दैन हुलाक, थोरथोरै टिकट बेच्न र बचतमै सीमित

माघ २२, २०७६

NTC
Premier Steels

कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा रहेको हुलाक निर्देशनालयका कर्मचारी काम नपाएर बसिरहेका भेटिन्छन् ।

Muktinath Bank

निर्देशनालयले ‘रजिस्ट्री’ चिठी आदानप्रदान र साधारण चिठी आदानप्रदानको काम गर्छ तर सेवाग्राही खासै आउँदैनन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

दैनिकरुपमा बढीमा ६ वटा मात्रै साधारण चिठी हुलाकबाट पठाउन सेवाग्राही आउने गरेका कार्यालयले जनाएको छ । अनलाइन माध्यमबाट चिठी दर्ता गर्ने गरेको हुलाकले २०७४ माघ २ देखि २०७५ माघ २ गतेको अवधिमा १४ हजार ४४१ वटा मात्र ‘रजिस्ट्री’ पत्र पठाएको छ । सोवापत ५ लाख १८ हजार ६६६ रुपैयाँ राजस्व संकलन गरेको छ ।


Advertisment
Nabil box
Kumari

कार्यालयले सो अवधिमा १७ हजार ३२९ वटा चिठी पठाएको छ । चिठी पठाएबापत हुलाकले ६ लाख ५६ हजार २५१ रुपैयाँ राजस्व संकलन गरेको छ । भेरी, राप्ती र कर्णालीका १५ जिल्लामा निजी कुरियर सर्भिस च्याउसरी उम्रिँदै फस्टाइरहेका बेला हुलाकको अवस्था दयनीय छ ।

Vianet communication

संघीय सरकारको अधिनमा रहेको निर्देशनालयले ‘हुलाक टिकट’ समेत बिक्री गर्दै आएको छ । आर्थिक वर्ष २०७४/०७५ मा २३ लाख ७७ हजार ९१० रुपैयाँको टिकट बिक्री गरेको निर्देशनालयले आर्थिक वर्ष २०७५/०७६ मा २५ लाख ८६ हजार ८६५ र चालू आर्थिक वर्षको पुस मसान्तसम्म १३ लाख ७२ हजार १०० रुपैयाँको टिकट बिक्री गरेको छ ।

सुर्खेत डाक सेवा कार्यालयले बचत बैंक खाता कार्यक्रम सञ्चालनमा ल्याएपनि आकर्षण देखिएको छैन । नागरिक तथा हुलाकका कर्मचारीले ५०० तिरेर बैंक खाता खोल्न सकिने र अन्य बैंकभन्दा बढी ६ प्रतिशत ब्याज दिने गरेको भएपनि सेवाग्राही खाता खोल्न आकर्षित हुन सकेका छैनन् । बचत खाता खोल्न शुरू गरिएको अवधिदेखि हालसम्म ७८० जनाले मात्रै हुलाकमा बचत खाता खोलेका छन् ।

हुलाका बचतमा आर्थिक वर्ष २०७४/०७५ मा ११ करोड ९८ लाख १० हजार १७ रुपैयाँ बचत भएको थियो । हुलाक बचत बैंकमा आर्थिक वर्ष २०७५/०७६ मा गत आर्थिक वर्षको बचत रकमभन्दा घटेर ९ करोड ३१ लाख ५ सय १७ रुपैयाँ मात्र जम्मा भएको थियो । चालू आर्थिक वर्षको हालसम्म आइपुग्दा बैंकमा २ करोड ४८ लाख २४ हजार ८९४ रुपैयाँ बचत भएको छ ।

हुलाक बचत बैंकमा हाल ३ करोड १० लाख रुपैयाँ निक्षेप रहेको छ । २ करोड ६० लाख रुपैयाँ जनताको निक्षेप रहेको छ । बैंक ५० लाख नाफामा देखिएको हुलाक बचत बैंक सुर्खेत शाखाका नासु टेकबहादुर दर्लामीले बताए ।

हुलाक निर्देशनालयका सूचना अधिकारी एवं शाखा अधिकृत ध्रुवप्रसाद अधिकारी हुलाक सेवाले जनताको विश्वास गुमाउँदै गएको बताउँछन् । ‘भारत तथा अन्य देशहरूमा हेर्नुभयो भने अहिले पनि सरकारी हुलाकप्रति जनताको भरोसा देखिन्छ । कुनै–कुनै देशमा त मानिसलाई पनि हुलाक सेवा दिइ सम्बन्धित स्थानमा पुर्‍याउने बरु त्यसको उचित रुपैयाँ लिने प्रचलन रहेको मैले सुनेको छु,’ उनले भने, ‘तर हाम्रो देशमा हुलाक सेवालाई ‘लक’ अवस्थामा राखिएको छ । सेवा प्रवाहमा ध्यान दिन नसक्दा र जनताको छिटो सेवा पाउने अपेक्षा पूरा गर्न नसक्दा टिकट बेच्ने थलोका रुपमा हुलाक कार्यालयहरू बनेका छन् ।’

आफू हुलाककै कर्मचारी भएपनि कर्मचारीकै तलब बराबरको राजस्व संकलन नहुँदा दुःख लागिरहेको बताए । ‘नीति निर्माण गर्ने तहले हुलाक सेवालाई प्रभावकारी बनाई छिटो भनेकै हुलाक सेवा भन्ने गरी अघि बढेको भए सायद यस्तो समस्या आउँदैनथ्यो,’ उनले भने, ‘कर्मचारीहरू काम नपाएर बस्नुपर्ने अवस्था छ । यदि जनतामा विश्वास बढाउँदै निजी क्षेत्रभन्दा पृथक ढंगबाट अघि बढ्न सकेको भए अहिले निजी क्षेत्रले पाइरहेको सफलता हुलाक सेवाकै काँधमा हुन्थ्यो ।’

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

x